मुख्य समाचार
सिन्धुलीमा एक जना युवकको गोली लागेर मृत्यु
सिन्धुलीमा एक जना युवकको गोली लागेर मृत्यु

: सिन्धुलीमा एक जना युवकको गोली लागेर मृत्यु भएको छ। सुनकोसी गाउँपालिका-५ बन्दिपुरका भिमबहादुर तामाङका छोरा २२ वर्षीय आशमान तामाङको गोली लागेर मृत्यु भएको हो।




जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार मृतक आशमानलाई सोमबार आफ्नो घरभन्दा करिब ३ किमि दक्षिणमा रहेको सिन्धुलीको घ्याङलेख गाउँपालिका १ पिउरी खोलाको जङ्गलमा उत्तानो परी नाईटोबाट रगत बगी मृत अवस्थामा फेला परिएको थियो।


घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा मृतक आशमान तामाङको पेटको भागमा गोली लागेको अवस्थामा रहेको, मृतकको लास नजिक एक थान भरुवा बन्दुकबिच भागमा भाँचिएको अवस्थामा फेला परेको र मृतकले भिरेको अवस्थामा रहेकोले उनको गोली लागी मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको हो।



उनले भिरेको झोलामा निलो रङको बिर्को भएको बट्टामा बारुद जस्तो देखिने कालो रङको धुलो र रातो बिर्को भएको बट्टा भित्र बारुद जस्तो फलाम र सिसाको टुक्रा समेत फेला परेको प्रहरीको भनाई छ। घटनास्थलमा लास जाँच मुचुल्का पश्चात मृतक तामाङको शव पोष्टमार्टमको लागि सिन्धुली अस्पताल ल्याई राखि घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरी प्रमुख सुवेदीको भनाई छ। उक्त घटना हेर्दा मृतक तामाङ आफैँले बन्दुक चलाउँदा पड्किएर दुर्घटना भएको वा अरु कसैले कर्तव्य गरि हत्या गरेको हुन सक्ने आशंका गरिएको छ। उक्त घटनाका सम्बन्धमा प्रहरीको टोली अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको पछिल्लो सुरक्षा अवस्था र जेनजी आन्दोलनका नाममा भएका हिंसात्मक घटनाको छानबिन गर्न सरकारले गठन गरेको आयोगको कामकारबाही एवं भूमिकाप्रति अविश्वास व्यक्त गरेका छन्। उनले आयोगको निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठाए। विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार स्वयं र उसले गठन गरेको छानबिन ...
: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै उनले राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको बताए। ‘राष्ट्रिय एकता र मेलमिलापको लागि आज सत्ता राजनीति भन्दा माथी सार्वभौम सम्पुर्ण नेपालीहरुको जागरुक सतर्कता सहित ऐक्यवद्धताको खाँचो रहेको छ।’ ...
: बूढीगण्डकी नदीमा करेन्ट तथा विषादी प्रयोग गरी माछा मार्न नपाइने भएको छ। आरुघाट गाउँपालिकाले बुधबार सूचना प्रकाशित गरी करेन्ट लगाएर तथा विषादी प्रयोग गरी बूढीगण्डकीको माछा मार्न कडा प्रतिबन्ध लगाएको जनाएको हो। ‘यस्ता घातक विधिको प्रयोगबाट जलचरको विनाश हुनुका साथै वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने र मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्तिने भएकाले खोला वा जलाशयमा ...
: भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौबीसै घण्टा आयात गर्न अनुमति नवीकरण गरेको हो। यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिंदै थियो। नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० ...
: निर्वाचन आयोगले गत निर्वाचनमा जरिवाना तिर्नेलाई उम्मेदवार बन्‍नबाट नरोक्ने जनाएको छ। अन्नपूर्ण पोस्ट्ले निर्वाचन आयोगले तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको थियो। आयोगका अनुसार तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेपछि आयोगले १५/१५ हजार जरिवानासमेत गरेको छ। आयोगका प्रवक्ता/ सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा ...