: खोटाङको हलेशी महादेवको मन्दिरबाट एक चिनियाँ नागरिक पक्राउ परेकी छिन । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी मन्दीर क्षेत्रमा गैरकानुनीरुपमा बसोबास गर्दै आएकी जियायो जियायीन नामकी चिनियाँ महिला पक्राउ परेकी हुन् ।
इलाका प्रहरी कार्यालय हलेसीले अवैधरुपमा बसोबास गर्दै आएको गोप्य सूचनाको आधारमा चिनियाँ महिलालाई पक्राउ गरेको प्रहरी निरीक्षक आकाश उप्रेतीले बताए।
महिलालाई काठमाडौं पठाइएको जिल्ला प्रहरीले बताएको छ । पक्राउ परेकी महिलाले आफू चीनको सेन्झेन ग्वाङडोङ प्रदेश नन्याङ रोड जिङसुइ जिल्लाबासी भएको बताएकी छन् ।