मुख्य समाचार
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका बासुदेव घिमिरेले पार्टी परित्याग गरेको घोषणा
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका बासुदेव घिमिरेले पार्टी परित्याग गरेको घोषणा

: नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका बासुदेव घिमिरेले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनी विघटित प्रतिनिधिसभा सदस्य समेत हुन् ।


रुपन्देही क्षेत्र नम्बर ५ बाट घिमिरेले एमालेबाट चुनाव जितेका थिए । तिलोत्तमा नगरपालिका रुपन्देहीको पूर्व नगरप्रमुख समेत रहेका घिमिरे नगरपालिकाको नेतृत्व गर्दा राम्रो काम गरेकै कारण प्रतिनिधिसभामा विजयी भएका थिए । उनी एमालेको पूर्व लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । जेनजी आन्दोलनमा घिमिरेको तिलोत्तमा नगरपालिकास्थित ड्राइभरटोलमा रहेको टुलिप होटल र घर जलेको थियो । उनी निकट स्रोतका अनुसार घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारी छ ।


पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आफूले एमाले परित्याग गरेको उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको पछिल्लो सुरक्षा अवस्था र जेनजी आन्दोलनका नाममा भएका हिंसात्मक घटनाको छानबिन गर्न सरकारले गठन गरेको आयोगको कामकारबाही एवं भूमिकाप्रति अविश्वास व्यक्त गरेका छन्। उनले आयोगको निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठाए। विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार स्वयं र उसले गठन गरेको छानबिन ...
: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै उनले राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको बताए। ‘राष्ट्रिय एकता र मेलमिलापको लागि आज सत्ता राजनीति भन्दा माथी सार्वभौम सम्पुर्ण नेपालीहरुको जागरुक सतर्कता सहित ऐक्यवद्धताको खाँचो रहेको छ।’ ...
: बूढीगण्डकी नदीमा करेन्ट तथा विषादी प्रयोग गरी माछा मार्न नपाइने भएको छ। आरुघाट गाउँपालिकाले बुधबार सूचना प्रकाशित गरी करेन्ट लगाएर तथा विषादी प्रयोग गरी बूढीगण्डकीको माछा मार्न कडा प्रतिबन्ध लगाएको जनाएको हो। ‘यस्ता घातक विधिको प्रयोगबाट जलचरको विनाश हुनुका साथै वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने र मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्तिने भएकाले खोला वा जलाशयमा ...
: भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौबीसै घण्टा आयात गर्न अनुमति नवीकरण गरेको हो। यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिंदै थियो। नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० ...
: निर्वाचन आयोगले गत निर्वाचनमा जरिवाना तिर्नेलाई उम्मेदवार बन्‍नबाट नरोक्ने जनाएको छ। अन्नपूर्ण पोस्ट्ले निर्वाचन आयोगले तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको थियो। आयोगका अनुसार तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेपछि आयोगले १५/१५ हजार जरिवानासमेत गरेको छ। आयोगका प्रवक्ता/ सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा ...