मुख्य समाचार
कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर कांग्रेसका तीनवटै क्षेत्रले असन्तुष्टि जनाए
कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर कांग्रेसका तीनवटै क्षेत्रले असन्तुष्टि जनाए

: नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर कांग्रेसका तीनवटै क्षेत्रले असन्तुष्टि जनाएका छन्।




प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूची ललितपुरबाट एकजनालाई पनि समावेश नगरिएको भन्दै कांग्रेस ललितपुरका तीनवटै क्षेत्रिका सभापतिहरुले बिहीबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र बुझाएका हुन्।


उनीहरूले सूची संशोधन गर्ने म्यादभित्र ललितपुरबाट कम्तीमा प्रत्येक क्षेत्रबाट एकजनाको दरले तीनजनाको नाम सिफारिस गर्न माग गरेका छन्। आफ्नो मागको सुनुवाई नभए ललितपुरको तीनवटै निर्वाचन क्षेत्रमा समानुपातिक मत घट्न गएमा जिम्मेवार नहुने चेतावनी दिए।



असन्तुष्ट समूहको ध्यानाकर्षण बुझ्दै कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ध्यानाकर्षणका विषयमा पार्टी नेतृत्वलाई जानकारी गराइने बताए। उनले पार्टीको महाधिवेशनको तयारीका बीच हतारमा समानुपातिक सूची बनाउँदा केही कमजोरी भएको हुनसक्ने भन्दै यसका कारण आगामी निर्वाचन पार्टीको भूमिकालाई कमजोर हुने काम नगर्न आग्रह गरे।

कांग्रेस ललितपुरका तीनवटै क्षेत्रका सभापतिले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा आफूहरूले राखेको विषयमा कांग्रेस जिल्ला कार्यसमितिको पनि समर्थन रहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक निर्वाचन आचारसंहिता सजायमुखी हुने बताएका छन्। उनले भने, ‘अब आचारसंहिता उल्लंघन भयो भने उम्मेदवारी खारेज गर्नेसम्म आयोग बाध्य हुन्छ।’ अघिल्लो पटक सचेतनामुखी कार्यान्वयनका कारण उल्लंघन बढेको स्वीकार गर्दै उनले यसपटक कडाइ गरिने बताए। हालै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता स्वीकृत गरेको छ। माघ पहिलो हप्तादेखि अचारसंहिता लागू पर्ने ...
— माइती नेपालले नेपालगन्जस्थित सीमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय ४५ जनाको उद्धार गरेको छ । नेपालगन्ज सन् २०२५ मा भारतका विभिन्न सहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बाल बालिकाको उद्वार गरिएको छ । जसमध्ये तीनजना तीनजना बाँकेका रहेका छन् । माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार खोज ...
: झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक भित्रि पक्की सडक खण्डमा धरमपुर चोकबाट चर्चावारि घरतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा ...
— अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक ´विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली´लागू गरेको छ । विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संल्लग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको हो । विभागका अनुसार पहिलो ...
— नेपाल-भारत सीमावर्ती वनमा भैंसी गोठालो गएकी एक महिलाको हात्तीले ज्यान लिएको छ । बुधबार दिउँसो राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षिया बालिका पुरीको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँग तीनजना भैंसी गोठालो गएका थिए । हात्ती देख्नासाथ दुईजना भने ज्यान जोगाएर भागेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार ...