मुख्य समाचार
परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशका पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का अध्यक्ष बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी
परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशका पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का अध्यक्ष बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी

— परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशका पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का अध्यक्ष बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी भएका छन् । पूर्वप्रधानमन्त्री जियाको उपचारका क्रममा यही पुस १५ गते ८० वर्षको उमेरमा निधन भएको हो ।

बंगलादेशको ढाकामा बुधबार परराष्ट्रमन्त्री शर्माले पूर्वप्रधानमन्त्री जियाको पार्थिव शरीर राखिएको समाधिस्थल पुगेर नेपाल सरकारकोतर्फबाट पुष्पगुच्छा अर्पण गरेको बंगलादेशस्थित नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्रमन्त्री शर्माले जियाका पुत्र तथा बंगलादेश नेशनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमानसँग भेटगरी नेपाल सरकार तथा नेपाली जनताकोतर्फबाट समवेदना व्यक्त गरेका थिए । सो अवसरमा मन्त्री शर्माले पूर्वप्रधानमन्त्री जिया बंगलादेशको राजनीतिक तथा लोकतान्त्रिक यात्रामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विशिष्ट राजनेत्री रहेको उल्लेख गरे ।

जवाफमा रहमानले अन्त्येष्टिमा उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरेकामा परराष्ट्रमन्त्री शर्मालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा दुई देशबीचको उत्कृष्ट मित्रता र सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए । आजै दिउँसो परराष्ट्रमन्त्री शर्माले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार महामहिम प्रा डा मुहम्मद युनुससँग शिष्टाचार भेट गरेका थिए । सो अवसरमा उनले नेपालका प्रधानमन्त्री सुशीला कार्कीबाट स्व जियाको निधनप्रति समवेदना व्यक्त गरिएको सन्देश प्रमुख सल्लाहकारलाई हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्रीको सन्देशमा जियाले विशेषगरी आफ्नो तीन कार्यकालको प्रधानमन्त्रीत्वकालमा नेपाल–बंगलादेश सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाको कृतज्ञतापूर्वक स्मरण गरिएको छ । परराष्ट्रमन्त्री शर्माले स्व जियालाई बंगलादेशको विकास र समृद्धिमा पुर्‍याएको योगदानका साथै क्षेत्रीय सहकार्य र ऐक्यबद्धताको प्रवल पक्षपोषकका रूपमा सधैँ सम्झिइने उल्लेख गरेका थिए ।

प्रमुख सल्लाहकार युनुसले बंगलादेशको स्वतन्त्रतापछि विभिन्न कठिन समयहरूमा समेत बंगलादेश सरकार र जनताप्रति नेपालले देखाउँदै आएको सच्चा मित्रता र निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गरे । भेटका क्रममा दुवै पक्षले नेपाल–बंगलादेश सम्बन्धको उत्कृष्ट अवस्थाबारे चर्चा गर्दै व्यापार, ऊर्जा, कनेक्टिभिटी, पर्यटन तथा जनस्तरको आदानप्रदानलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने उपायहरूबारे विचारविमर्श गरेका थिए ।

परराष्ट्रमन्त्री शर्माले बंगलादेशका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार एमडी तौहिद होसैनसँग पनि भेटगरी व्यक्तिगत समवेदना पत्र हस्तान्तरण गरेका थिए । परराष्ट्र सल्लाहकार होसैनले अन्त्येष्टिमा सहभागी भएकामा परराष्ट्रमन्त्री शर्मालाई धन्यवाद दिँदै सबै अवसरमा नेपाल सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगप्रति प्रशंसा व्यक्त गरेका थिए । यही पुस १५ गते बंगलादेश प्रस्थान गरेका परराष्ट्रमन्त्री शर्मा बिहीबार दिउँसो ढाकाबाट काठमाडौँ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक निर्वाचन आचारसंहिता सजायमुखी हुने बताएका छन्। उनले भने, ‘अब आचारसंहिता उल्लंघन भयो भने उम्मेदवारी खारेज गर्नेसम्म आयोग बाध्य हुन्छ।’ अघिल्लो पटक सचेतनामुखी कार्यान्वयनका कारण उल्लंघन बढेको स्वीकार गर्दै उनले यसपटक कडाइ गरिने बताए। हालै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता स्वीकृत गरेको छ। माघ पहिलो हप्तादेखि अचारसंहिता लागू पर्ने ...
— माइती नेपालले नेपालगन्जस्थित सीमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय ४५ जनाको उद्धार गरेको छ । नेपालगन्ज सन् २०२५ मा भारतका विभिन्न सहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बाल बालिकाको उद्वार गरिएको छ । जसमध्ये तीनजना तीनजना बाँकेका रहेका छन् । माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार खोज ...
: झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक भित्रि पक्की सडक खण्डमा धरमपुर चोकबाट चर्चावारि घरतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा ...
— अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक ´विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली´लागू गरेको छ । विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संल्लग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको हो । विभागका अनुसार पहिलो ...
— नेपाल-भारत सीमावर्ती वनमा भैंसी गोठालो गएकी एक महिलाको हात्तीले ज्यान लिएको छ । बुधबार दिउँसो राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षिया बालिका पुरीको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँग तीनजना भैंसी गोठालो गएका थिए । हात्ती देख्नासाथ दुईजना भने ज्यान जोगाएर भागेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार ...