मुख्य समाचार
मकवानपुर प्रहरीले गाँजासहित सात जनालाई पक्राउ
मकवानपुर प्रहरीले गाँजासहित सात जनालाई पक्राउ

— मकवानपुर प्रहरीले गाँजासहित सात जनालाई पक्राउ गरेको छ । ५३ किलो ५ सय ७० ग्राम गाँजासहित बुधबार उनीहरू पक्राउ परेका हुन् ।

राक्सिराङ गाउँपालिका—९ अठारे घर भई चितवन राप्ती नगरपालिका-१ का ४८ वर्षीय होमबहादुृर अधिकारी, राक्सिराङ गाउँपालिका-९ अठारेका १९ वर्षीय हीरालाल चेपाङ, सोही स्थानका १९ वर्षीयद्वय सुकराम चेपाङ र रामशरण चेपाङ, २५ वर्षीया विन्दीमाया चेपाङ, २९ वर्षीया रन्जिता चेपाङ र ३० वर्षकी शुक्रमाया चेपाङ पक्राउ परेका हुन ।

चितवनवाट हेटौंडातर्फ आउँदै गरेको बाप्र ०१-००६ ख ७७०१ नम्बरको यात्रुवाहक बसलाई इलाका प्रहरी कार्यालय मनहरीमा रोकेर चेकचाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।

पक्राउ परेका सातै जनाले बोकेको झोला खानतलासी गर्दा प्लास्टिकमा प्याक गरिएको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए ।

पक्राउ परेकामध्ये एकै परिवारका चार जना रहेका छन । पक्राउ परेका सातै जनालाई जिल्ला अदालत मकवानपुरवाट लागू औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक निर्वाचन आचारसंहिता सजायमुखी हुने बताएका छन्। उनले भने, ‘अब आचारसंहिता उल्लंघन भयो भने उम्मेदवारी खारेज गर्नेसम्म आयोग बाध्य हुन्छ।’ अघिल्लो पटक सचेतनामुखी कार्यान्वयनका कारण उल्लंघन बढेको स्वीकार गर्दै उनले यसपटक कडाइ गरिने बताए। हालै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता स्वीकृत गरेको छ। माघ पहिलो हप्तादेखि अचारसंहिता लागू पर्ने ...
— माइती नेपालले नेपालगन्जस्थित सीमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय ४५ जनाको उद्धार गरेको छ । नेपालगन्ज सन् २०२५ मा भारतका विभिन्न सहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बाल बालिकाको उद्वार गरिएको छ । जसमध्ये तीनजना तीनजना बाँकेका रहेका छन् । माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार खोज ...
: झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक भित्रि पक्की सडक खण्डमा धरमपुर चोकबाट चर्चावारि घरतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा ...
— अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक ´विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली´लागू गरेको छ । विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संल्लग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको हो । विभागका अनुसार पहिलो ...
— नेपाल-भारत सीमावर्ती वनमा भैंसी गोठालो गएकी एक महिलाको हात्तीले ज्यान लिएको छ । बुधबार दिउँसो राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षिया बालिका पुरीको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँग तीनजना भैंसी गोठालो गएका थिए । हात्ती देख्नासाथ दुईजना भने ज्यान जोगाएर भागेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार ...