मुख्य समाचार
राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश
राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश

— पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हिनामिना प्रपञ्चमा घूस लेनदेनको अभियोग लागेका पूर्वमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार गुप्तालाई थुनामा पठाउन आदेश गरेको हो ।

विशेष अदालतमा बुधबार बिहान ११ बजे हाजिर भएका गुप्ताको दिनभर बयान भएको थियो । बयानमा उनले आफूमाथि लागेको आरोप झूटो भएको र कसैसँग घूस नलिएको दाबी गरेका थिए । तर अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष मान्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

अदालतले गुप्तालाई थुनामा पठाउने पहिलो आधार फोन संवादको अडियो रेकर्ड र त्यसको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनलाई मानेको छ । तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र बिचौलिया सुजनकुमार तामाङले गुप्तालाई पठाएका ‘मेसेज’ लाई अदालतले दोस्रो आधारका रूपमा लिएको छ ।

पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने प्रपञ्चमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरुद्ध २३ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बिचौलिया सुजनकुमार तामाङका साथै खेमबहादुर पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढामगरलाई पनि प्रतिवादी बनाइएको थियो । एमाले नेतासमेत रहेका पूर्वसामान्य प्रशासनमन्त्री गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँका दरले बिगो मागदाबी गरिएको थियो । पूर्वमन्त्री श्रेष्ठ भने अदालतमा हाजिर भएकी छैनन् ।

लिची बगानको १ सय ३४ रोपनी जग्गा हडप्ने योजनासहित घूस डिल गरिएको अडियो गत असारमा सार्वजनिक भएको थियो । केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा रहेका गुप्ताले अडियो सार्वजनिकपछि ३१ असारमा राजिनामा दिएका थिए । पुस २०८१ मा घूस लेनदेन हुँदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा एमाले नेता बलराम अधिकारी थिए । उनलाई पनि रकम बुझाएको बिचौलिया तामाङले दाबी गरेका थिए । तर अधिकारीमाथि छुट्टै अनुसन्धान भइरहेको भन्दै मुद्दा चलाइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक निर्वाचन आचारसंहिता सजायमुखी हुने बताएका छन्। उनले भने, ‘अब आचारसंहिता उल्लंघन भयो भने उम्मेदवारी खारेज गर्नेसम्म आयोग बाध्य हुन्छ।’ अघिल्लो पटक सचेतनामुखी कार्यान्वयनका कारण उल्लंघन बढेको स्वीकार गर्दै उनले यसपटक कडाइ गरिने बताए। हालै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता स्वीकृत गरेको छ। माघ पहिलो हप्तादेखि अचारसंहिता लागू पर्ने ...
— माइती नेपालले नेपालगन्जस्थित सीमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय ४५ जनाको उद्धार गरेको छ । नेपालगन्ज सन् २०२५ मा भारतका विभिन्न सहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बाल बालिकाको उद्वार गरिएको छ । जसमध्ये तीनजना तीनजना बाँकेका रहेका छन् । माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार खोज ...
: झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक भित्रि पक्की सडक खण्डमा धरमपुर चोकबाट चर्चावारि घरतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा ...
— अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक ´विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली´लागू गरेको छ । विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संल्लग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको हो । विभागका अनुसार पहिलो ...
— नेपाल-भारत सीमावर्ती वनमा भैंसी गोठालो गएकी एक महिलाको हात्तीले ज्यान लिएको छ । बुधबार दिउँसो राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षिया बालिका पुरीको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँग तीनजना भैंसी गोठालो गएका थिए । हात्ती देख्नासाथ दुईजना भने ज्यान जोगाएर भागेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार ...