मुख्य समाचार
सन् २०२५ मा विश्वभर १२८ जना सञ्चारकर्मी मारिएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले जनाएको छ
सन् २०२५ मा विश्वभर १२८ जना सञ्चारकर्मी मारिएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले जनाएको छ

— सन् २०२५ मा विश्वभर १२८ जना सञ्चारकर्मी मारिएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले जनाएको छ ।

यसमध्ये आधाभन्दा बढी मध्यपूर्व र अरब क्षेत्रमा मारिएका हुन् ।

सर्वाधिक धेरै पत्रकार प्यालेस्टाइनमा मारिएका छन् । गाजामा ५६ जना पत्रकारको मृत्यु दर्ता भएको आइएफजेले जनाएको छ ।

आइएफजेका अनुसार यमन, युक्रेन, सुडान, पेरु, भारत लगायतका देशमा पनि युद्ध, आन्तरिक अशान्ति र सङ्गठित अपराधको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार विशेष जोखिममा छन् ।

आइएफजेका महासचिव एन्टोनी बेलाञ्जरले यस अवस्थालाई 'पत्रकारितामाथिको वैश्विक रेड अलर्ट' टिप्पणी गरे । उनले पत्रकार हत्यामा कायम दण्डहीनताले अपराधीहरूको हौसला बढएको बताए ।


सोही रिपोर्टअनुसार अहिले विश्वभर ५३३ पत्रकार जेलमा छन्, जुन पाँच वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी हो ।

सबैभन्दा धेरै पत्रकार कैद गर्ने देशको सुचीमा चीन पहिलो नम्बरमा छ, पमा पहिचान भएको छ, जहाँ १४३ पत्रकार (हङकङसहित) जेलमा छन् । हङकङमा लागू भएका राष्ट्रिय सुरक्षा कानुन सम्बन्धी कडा कानुनलाई यसको मुख्य आधार मानिएको छ ।

आइएफजेको किल्ड लिस्टमा युद्ध क्षेत्रबाहिरका, दुर्घटनाजन्य र कामसँग परोक्षरूपमा जोडिएका मृत्युसमेत गनिने गरिन्छ । त्यहीकारण यसले निकाल्ने संख्या रिपोर्टर्स विदाउट बर्डर्स (RSF) वा युनेस्को जस्ता संस्थाभन्दा उच्च देखिन्छ।​

आरएफएसले यो वर्ष आफ्नो कामकै क्रममा मारिएका पत्रकारको संख्या ६७ रहेको जनाएको छ । त्यस्तै, युनेस्कोले ९३ पत्रकारको मृत्यु दर्ता गरेको छ ।

तीनै निकायले पत्रकारितामाथिको आक्रमण बढ्दै गइरहेको छ र सरकारले सुरक्षा, न्याय र प्रेस स्वतन्त्रता सुनिश्चित गर्न तत्काल कडा कदम चाल्न जरुरी रहेको निष्कर्ष निकालेका छन् । ​

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...