मुख्य समाचार
सन् २०२५ मा विश्वभर १२८ जना सञ्चारकर्मी मारिएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले जनाएको छ
सन् २०२५ मा विश्वभर १२८ जना सञ्चारकर्मी मारिएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले जनाएको छ

— सन् २०२५ मा विश्वभर १२८ जना सञ्चारकर्मी मारिएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले जनाएको छ ।

यसमध्ये आधाभन्दा बढी मध्यपूर्व र अरब क्षेत्रमा मारिएका हुन् ।

सर्वाधिक धेरै पत्रकार प्यालेस्टाइनमा मारिएका छन् । गाजामा ५६ जना पत्रकारको मृत्यु दर्ता भएको आइएफजेले जनाएको छ ।

आइएफजेका अनुसार यमन, युक्रेन, सुडान, पेरु, भारत लगायतका देशमा पनि युद्ध, आन्तरिक अशान्ति र सङ्गठित अपराधको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार विशेष जोखिममा छन् ।

आइएफजेका महासचिव एन्टोनी बेलाञ्जरले यस अवस्थालाई 'पत्रकारितामाथिको वैश्विक रेड अलर्ट' टिप्पणी गरे । उनले पत्रकार हत्यामा कायम दण्डहीनताले अपराधीहरूको हौसला बढएको बताए ।


सोही रिपोर्टअनुसार अहिले विश्वभर ५३३ पत्रकार जेलमा छन्, जुन पाँच वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी हो ।

सबैभन्दा धेरै पत्रकार कैद गर्ने देशको सुचीमा चीन पहिलो नम्बरमा छ, पमा पहिचान भएको छ, जहाँ १४३ पत्रकार (हङकङसहित) जेलमा छन् । हङकङमा लागू भएका राष्ट्रिय सुरक्षा कानुन सम्बन्धी कडा कानुनलाई यसको मुख्य आधार मानिएको छ ।

आइएफजेको किल्ड लिस्टमा युद्ध क्षेत्रबाहिरका, दुर्घटनाजन्य र कामसँग परोक्षरूपमा जोडिएका मृत्युसमेत गनिने गरिन्छ । त्यहीकारण यसले निकाल्ने संख्या रिपोर्टर्स विदाउट बर्डर्स (RSF) वा युनेस्को जस्ता संस्थाभन्दा उच्च देखिन्छ।​

आरएफएसले यो वर्ष आफ्नो कामकै क्रममा मारिएका पत्रकारको संख्या ६७ रहेको जनाएको छ । त्यस्तै, युनेस्कोले ९३ पत्रकारको मृत्यु दर्ता गरेको छ ।

तीनै निकायले पत्रकारितामाथिको आक्रमण बढ्दै गइरहेको छ र सरकारले सुरक्षा, न्याय र प्रेस स्वतन्त्रता सुनिश्चित गर्न तत्काल कडा कदम चाल्न जरुरी रहेको निष्कर्ष निकालेका छन् । ​

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने तयारीस्वरूप नयाँ कानुन ल्याउने प्रक्रिया अघि बढाएको छ । बालबालिका र किशोरकिशोरीमा बढ्दो मानसिक स्वास्थ्य जोखिमसँग सामाजिक सञ्जालको प्रयोग जोडिँदै गएको निष्कर्षलाई आधार बनाउँदै फ्रान्स सरकारले यो कदम चाल्न लागेको जनाएको छ । सन् २०२६ को सुरुवातमा संसद्मा छलफलका लागि पेश हुने भनिएको विधेयक सेप्टेम्बर ...
युक्रेनी राष्ट्रपति भ्यालिदिमिर जेलेन्स्कीले राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा युक्रेनले ड्रोन आक्रमण गरेको भन्ने रुसको आरोपलाई अस्वीकार गरेका छन्। जेलेन्स्कीले रुसले जारी शान्ति वार्तालाई तोडमोड गर्न खोजिरहेको आरोप लगाए। बीबीसीका अनुसार रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले रातको समयमा ९१ वटा लामो दूरीको मानवरहित हवाई सवारी साधन प्रयोग गरेर रुसको नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासमा आक्रमण गरेको ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टिनी शान्ति प्रक्रियाको दोस्रो चरण लागु गर्न हमासले तत्कालै आफुलाई निशस्त्रीकरण गर्नुपर्ने बताएका छन् । हमासले हतियार नछाडे उसको हालत निकै खराब हुने चेतावनी उनले दिएका छन् । राष्ट्रपति ट्रम्पले फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेटेपछि सोमबार यस्तो धारणा अघि सारेका हुन् ।‘उनीहरूले निशस्त्रीकरण गरेनन् भने नर्कको मूल्य चुकाउनु पर्नेछ,’ ...
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ। बंगलादेश नेशनलिस्ट पार्टीको मिडिया सेलका अनुसार उनको आज बिहान ६ बजे निधन भएको हो। खालिदा जिया केही महिनादेखि ढाकाको एभरकेयर अस्पतालमा उपचार गराइरहेकी थिइन्। खालिदा जिया चार दशकभन्दा बढी समयदेखि बंगलादेशी राजनीतिमा संलग्न थिइन्। आफ्ना पतिको हत्यापछि जियाले बीएनपीको नेतृत्व सम्हालिन्। सन् १९८१ मा ...
। मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८ जनामध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ । अधिकारीहरूका अनुसार रेल निजाना शहर नजिकै ...