: झापामा जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी २८ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-१० पत्थरभिट्टा बस्ने ५५ वर्षीय कमल खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार जिउ मास्ने बेच्ने कसुरमा २०५४ फागुन १४ गते जिल्ला प्रहरी कार्यालय भक्तपुरमा मुद्दा दर्ता भएर लुकीछिपी बस्दै आएका खतिवडालाई खोजतलास गर्ने क्रममा बिहीबार साँझ ६ बजे बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई आज जिल्ला प्रहरी परिसर भक्तपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।