: फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोग शुक्रबारबाट मतदाता नामावली छपाइको काम सुरु भएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले आयोगको छापाखानाको मेसिनका लागि जडान गरिएको ल्यापटपको माउस क्लिक गरी मतदाता नामावली छपाइको काम सुरु गरिएको हो।
मतदाता नामावली विवरण रंगिन छापिएको हो। आयोगका प्रवक्ता नारायण प्रसाद अधिकारीले माघ ४ गतेभित्र मतदाता नामावली पत्र जिल्लामा पठाइने बताए।