मुख्य समाचार
भेनेजुएलाले पछिल्ला केही महिनामा कम्तीमा पाँच जना अमेरिकी नागरिकलाई हिरासतमा लिएको अमेरिकी अधिकारीले बताएका छन्
भेनेजुएलाले पछिल्ला केही महिनामा कम्तीमा पाँच जना अमेरिकी नागरिकलाई हिरासतमा लिएको अमेरिकी अधिकारीले बताएका छन्

: भेनेजुएलाले पछिल्ला केही महिनामा कम्तीमा पाँच जना अमेरिकी नागरिकलाई हिरासतमा लिएको अमेरिकी अधिकारीले बताएका छन्।




सीएनएनसँग कुरा गर्दै उक्त विषयमा जानकारी राख्ने एक अमेरिकी अधिकारीका अनुसार हिरासतमा लिइएका व्यक्तिहरूका घटनागत अवस्था फरक-फरक छन्। तीमध्ये केही लागूऔषध तस्करीमा संलग्न हुनसक्ने आशंका गरिएको छ। ती अमेरिकी नागरिकहरू भेनेजुएलामा के गर्दै थिए र कुन अवस्थामा पक्राउ परे भन्ने विषयमा अमेरिकी अधिकारीहरूले थप जानकारी संकलन गरिरहेको जनाइएको छ।


ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार राष्ट्रपति निकोलस मादुरोको नेतृत्वमा रहेको भेनेजुएला सरकारले अमेरिकामाथि दबाब सिर्जना गर्न अमेरिकी नागरिकलाई ‘दबाबको साधन’का रूपमा प्रयोग गरिरहेको छ। पछिल्ला महिनाहरूमा मादुरोविरुद्ध अमेरिकी दबाब अभियान तीव्र बनेको छ, जसमा लागूऔषध तस्करीमा संलग्न जहाजमाथि अमेरिकी आक्रमण, भेनेजुएलाको बन्दरगाहमा सीआईएद्वारा गरिएको ड्रोन आक्रमण तथा तेल नाकाबन्दीसमेत छन्।



विश्लेषकहरूका अनुसार यो रणनीति भेनेजुएलाको दीर्घकालीन सहयोगी राष्ट्र रूसको अभ्याससँग मिल्दोजुल्दो छ। रूसले पनि पछिल्ला वर्षहरूमा अमेरिकासँगको तनावपूर्ण सम्बन्धमा अमेरिकी नागरिकहरूलाई दबाबको साधनका रूपमा प्रयोग गर्दै आएको आरोप लाग्दै आएको छ।

हालै हिरासतमा परेका अमेरिकी नागरिकबारे ‘द न्युयोर्क टाइम्स’ले पहिलोपटक समाचार सार्वजनिक गरेको हो। यस विषयमा अमेरिकी विदेश मन्त्रालयले प्रतिक्रिया दिन अस्वीकार गरेको छ भने ह्वाइट हाउसले पनि तत्काल कुनै टिप्पणी गरेको छैन।

ट्रम्प प्रशासनले भेनेजुएलामा सत्ता परिवर्तन खोजिरहेको औपचारिक रूपमा स्वीकार नगरे पनि राष्ट्रपति मादुरोलाई अवैध शासक र लागूऔषध तस्करको आरोप लगाउँदै आएको छ। प्रशासनले प्रतिबन्धित तेल जहाजहरूको नाकाबन्दीसहित विभिन्न आर्थिक र वित्तीय उपायमार्फत मादुरोमाथि दबाब बढाउँदै आएको छ।

गत डिसेम्बरमा अमेरिकी विदेश मन्त्रालयले मादुरोका तीन भतिजा, उनकी भाउजू र अन्य आफन्तलाई लक्षित गर्दै दुई चरणमा प्रतिबन्ध घोषणा गरेको थियो। सोही महिनामा अमेरिकाले भेनेजुएलामा पहिलोपटक स्थल लक्ष्यमा आक्रमण गर्दै सीआईए ड्रोनमार्फत एक बन्दरगाहमा प्रहार गरेको सीएनएनले जनाएको थियो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले डिसेम्बरमा आयोजित पत्रकार सम्मेलनमा 'वर्तमान भेनेजुएला शासनसँगको यथास्थिति अमेरिका लागि असह्य छ' भन्दै मादुरोविरुद्धको दबाब जारी रहने संकेत दिएका थिए।

यसैबीच, भेनेजुएलाका राष्ट्रपति मादुरोले हालैको बन्दरगाह आक्रमणबारे केही दिनमा छलफल हुन सक्ने बताउँदै देश सुरक्षित रहेको दाबी गरेका छन्। राज्य सञ्चालित टेलिभिजन च्यानल भीटीभीमा प्रसारित अन्तर्वार्तामा उनले राष्ट्रिय रक्षा प्रणालीले देशको भौगोलिक अखण्डता र शान्ति सुनिश्चित गरिरहेको बताएका छन्।

मानवअधिकारकर्मीहरूका अनुसार भेनेजुएलामा सयौँ व्यक्ति राजनीतिक बन्दीका रूपमा हिरासतमा छन्। तीमध्ये केहीलाई २०२४ को निर्वाचनपछि पक्राउ गरिएको हो, जसमा मादुरोले जितको दाबी गरे पनि स्वतन्त्र पर्यवेक्षकहरूले निर्वाचन अलोकतान्त्रिक भएको बताएका थिए। भेनेजुएलाका मानवअधिकार संस्थाहरूका अनुसार बिहीबार दर्जनौँ बन्दीलाई रिहा गरिएको छ। तर तीमध्ये कुनै पनि अमेरिकी नागरिक नभएको मानवअधिकार संस्था ‘फोरो पेनाल’का प्रमुख आल्फ्रेडो रोमेरोले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...