मुख्य समाचार
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ वनभोज खान हेलिकप्टर चढेर सिरहा आए
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ वनभोज खान हेलिकप्टर चढेर सिरहा आए

— बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ वनभोज खान हेलिकप्टर चढेर सिरहा आएका छन् । सिरहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोज खान मुख्यमन्त्री बानियाँ यहाँ आएका हुन् ।

अंग्रेजी नयाँ वर्षको अवसर सभापति यादवले धनगढीमाई नगरपालिका-१४ स्थित सर्रेअम्बासमा वनभोज आयोजना गरेका थिए । मुख्यमन्त्री बानियाँ सोही वनभोजमा माउन्टेन एयरको हेलिकप्टर चढेर हेटौंडाबाट यहाँ आएका थिए ।
यसका अलावा वनभोजमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल राय पनि आइपुगेका थिए । उनीहरू भने सरकारी गाडी प्रयोग गरी वनभोज खान आइपुगेका हुन् ।
यस विषयमा मुख्यमन्त्री बानियाँसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । बानियाँका स्वकीय सचिव मिलन पुडासैनीले भने आफ्नो व्यक्तिगत खर्चमा उनी हेलिकप्टर चढेर सिरहा गएको दाबी गरे ।
'मुख्यमन्त्रीज्यू र सभापतिज्यूको संविधानसभा सदस्य हुँदादेखि निकटता छ, त्यसै हिसाबले उहाँ त्यहाँ जानुभएको हो,' पुडासैनीले कान्तिपुरसित भने, 'तर, उहाँले व्यक्तिगत खर्चमा हेलिकप्टर प्रयोग गर्नुभएको हो ।'

Chief Minister Baniya arrives in Siraha by helicopter from Hetauda for a forest feastवनभोज कार्यक्रममा सभापति यादवनिकट जिल्लाका नेता कार्यकर्ता पनि आएका थिए । हेलिकप्टरमा मुख्यमन्त्री आउने भएपछि हेर्नका लागि आमन्त्रित नगरिएका आसपासका बस्तीका सर्वसाधारण पनि आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्च अदालत पाटनले वैदेशिक रोजगारमा जाने श्रमिकको विस्तार गरिएको स्वास्थ्य परीक्षण र शुल्क खारेज गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीको निणर्यविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय ऋषिराज भण्डारी र शिवबहादुर रानाभाटको संयुक्त इजलासले बिहीबार अन्तरिम आदेश दिनु नपर्ने आदेश दिएको हो । नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले श्रममन्त्री ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी (सीडिओ) कुमान सिंह गुरुङसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पर्वतको कुस्मा नगरपालिका-७ को खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनको भुक्तानी गर्दा वदनियतपूर्ण साँठगाँठमा गैरकानूनी लाभ र स्वार्थको आधारमा भएको भन्दै अख्तियारले उनीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। गुरुङ तत्कालीन समयमा कुस्मा ...
— सुनसरीको कोशी गाउँपालिका–१, पुरी टोलका ४५ वर्षीय विजय साहको जीविकोपार्जनको एक मात्र आधार थियो, सिटी रिक्सा । त्यही रिक्सा चलाएर उनी ६ जनाको परिवार पाल्थे । बुधबार मध्यराति सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको गोलीबाट उनी ढले । उनको मृत्युले परिवारमा शोक मात्रै थपेको छैन, घर चलाउने एक मात्र आधार नै खोसिएको छ । पुरी टोल भारतीय ...
— माइती नेपालले एक वर्षको अवधिमा २ सय ८४ महिला तथा बालबालिकालाई बर्दियाका विभिन्न सीमा नाकाबाट उद्धार गरेको गरेको जनाएको छ । गुलरियामा बिहीबार आयोजित मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा माइती नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२५ मा जोखिमपुर्ण यात्रामा रहेका २ सय ८४ महिला तथा बालबालिकालाई सीमाबाट उद्धार गरी ...
: झापाको सदरमुकाम भद्रपुरमा सञ्चालित औषधि पसलहरूमा म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने गरेको पाइएको छ। भद्रपुर नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले नगर क्षेत्रका औषधि पसलहरूको अनुगमन गर्ने क्रममा त्यस्तो पाएको हो। औषधि पसलहरूले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्देश्यले म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने र सरसफाइमा समेत ध्यान नदिएको अनुगमनको क्रममा फेला परेको ...