मुख्य समाचार
इरानमा बढ्दो महँगी र बिग्रँदो आर्थिक अवस्थाविरुद्ध पछिल्ला तीन वर्षयताकै ठूलो प्रदर्शन
इरानमा बढ्दो महँगी र बिग्रँदो आर्थिक अवस्थाविरुद्ध पछिल्ला तीन वर्षयताकै ठूलो प्रदर्शन

: इरानमा बढ्दो महँगी र बिग्रँदो आर्थिक अवस्थाविरुद्ध पछिल्ला तीन वर्षयताकै ठूलो प्रदर्शन भएको छ। बीबीसी अरबी सेवाका अनुसार प्रदर्शनको पाँचौं दिन बिहीबार देशका विभिन्न शहरमा भएका घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ।




प्रदर्शनका क्रममा केही प्रदर्शनकारीहरूले इरानका सर्वोच्च नेताको शासन अन्त्यको माग गरेका छन् भने केहीले राजशाही पुनःस्थापनाको नारा लगाएका छन्।


बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा सवारीसाधनमा आगजनी गरिएको देखिन्छ। उक्त झडपमा प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए भने सुरक्षाकर्मीहरूले जवाफी कारबाहीस्वरूप गोली र अश्रुग्यास प्रयोग गरेका थिए।



इरानको सरकारी समाचार एजेन्सी फार्स र मानवअधिकार संस्था हेंगावका अनुसार दक्षिण-पश्चिमी इरानको लोरेस्तान शहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा तीन जनाको मृत्यु भएको छ।

फार्सले देशको पश्चिमी क्षेत्रमा पर्ने अंजना शहरमा थप तीन जना र कुहदाश्तमा एक जनाको ज्यान गएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी अर्थ मन्त्रालयले बुधबार भेनेजुएलाको तेल कारोबारमा संलग्न चार कम्पनीमाथि प्रतिबन्ध लगाउनुका साथै चारवटा तेल ट्यांकरलाई अवरुद्ध सम्पत्तिका रूपमा सूचीकृत गरेको हो। उक्त मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार यी प्रतिबन्धहरू भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि दबाब बढाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासको हिस्सा हुन्। भेनेजुएलाको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्य अवस्थाबारे दिएको एक अन्तर्वार्तामा डाक्टरहरूको सल्लाहभन्दा बढी एस्पिरिन सेवन गर्ने र हातमा देखिने नीलडाम लुकाउन मेकअप प्रयोग गर्ने गरेको बताएका छन्। ‘द वल स्ट्रिट जर्नल’सँगको अन्तर्वार्तामा ट्रम्पले आफू नियमित रूपमा कसरत नगर्ने पनि स्वीकार गरेका छन्। ट्रम्पले अक्टुबर महिनामा आफूले सीटी स्क्यान गराएको जानकारी पनि दिएका छन्। यसअघि उनले ...
: भेनेजुएलाले पछिल्ला केही महिनामा कम्तीमा पाँच जना अमेरिकी नागरिकलाई हिरासतमा लिएको अमेरिकी अधिकारीले बताएका छन्। सीएनएनसँग कुरा गर्दै उक्त विषयमा जानकारी राख्ने एक अमेरिकी अधिकारीका अनुसार हिरासतमा लिइएका व्यक्तिहरूका घटनागत अवस्था फरक-फरक छन्। तीमध्ये केही लागूऔषध तस्करीमा संलग्न हुनसक्ने आशंका गरिएको छ। ती अमेरिकी नागरिकहरू भेनेजुएलामा के गर्दै थिए र कुन अवस्थामा पक्राउ परे भन्ने ...
— बंगलादेशमा १२ फेब्रुअरीमा हुने चुनावका लागि दलहरु तयारीमा जुटेका छन् । निर्वाचन आयोगमा दर्ता भएका ५९ वटामध्ये ५१ वटा दलले यस निर्वाचनका लागि आफ्ना उम्मेदवार उठाएका छन् । उम्मेदवारी दर्ताको अन्तिम समयसीमा २९ डिसेम्बरभित्र ती दलबाट २ हजार ९१ जना तथा ४ सय ७८ जना स्वतन्त्रगरी कुल २५ सय ६९ जनाको मनोनयन दर्ता भएको निर्वाचन ...
— सन् २०२५ मा विश्वभर १२८ जना सञ्चारकर्मी मारिएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले जनाएको छ । यसमध्ये आधाभन्दा बढी मध्यपूर्व र अरब क्षेत्रमा मारिएका हुन् । सर्वाधिक धेरै पत्रकार प्यालेस्टाइनमा मारिएका छन् । गाजामा ५६ जना पत्रकारको मृत्यु दर्ता भएको आइएफजेले जनाएको छ । आइएफजेका अनुसार यमन, युक्रेन, सुडान, पेरु, भारत लगायतका देशमा पनि युद्ध, आन्तरिक ...