मुख्य समाचार
संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा
संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा

: संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी अर्थ मन्त्रालयले बुधबार भेनेजुएलाको तेल कारोबारमा संलग्न चार कम्पनीमाथि प्रतिबन्ध लगाउनुका साथै चारवटा तेल ट्यांकरलाई अवरुद्ध सम्पत्तिका रूपमा सूचीकृत गरेको हो।


उक्त मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार यी प्रतिबन्धहरू भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि दबाब बढाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासको हिस्सा हुन्। भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको आरोपमा ती कम्पनी र तिनीसँग सम्बन्धित ट्यांकरहरूलाई लक्षित गरिएको विज्ञप्तिमा उल्लेख छ।



अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले विज्ञप्तिमा भने, ‘राष्ट्रपति ट्रम्प स्पष्ट हुनुहुन्छ—अवैध मदुरो शासनले तेल निर्यातबाट नाफा कमाउन पाउँदैन, विशेष गरी जब त्यसले अमेरिकामा घातक लागुपदार्थको बाढी ल्याइरहेको छ।’ उनले अर्थ मन्त्रालय राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार मदुरो शासनमाथि दबाब बढाउने अभियान कार्यान्वयन गर्न निरन्तर लागिरहने स्पष्ट पारे।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इजरायलको हमलामा इरानका नयाँ सर्वोच्च नेता मोज्ताब खामेनी पनि घाइते भएको खुलेको छ । स्रोतका अनुसार, इरानका नयाँ सर्वोच्च नेता मोज्ताब खामेनी युद्धको पहिलो दिनमा खुट्टा भाँचिनुका साथै केही चोटपटक लागेको छ । अमेरिकाले र इजरायलले गरेको बमबारी अभियानको पहिलो दिन उनी घाइते भएको सीएनएनले जनाएको छ । ५६ वर्षीय खामेनीको खुट्टा भाँचिनुका ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशमा हुने औद्योगिक उत्पादन र आपूर्ति व्यवस्थालाई लिएर बुधबारदेखि नयाँ 'व्यापारिक अनुसन्धान' सुरु गरेको छ। अमेरिकाको सर्वोच्च अदालतले आर्थिक आपतकालको हवाला दिँदै लगाइएको ट्रम्पको पुरानो आयात शुल्क (इम्पोर्ट ट्यारिफ) लाई खारेज गरिदिएपछि यो नयाँ कदम चालिएको हो। यस अनुसन्धानको दायरामा भारतसहित विश्वका १६ ठूला अर्थतन्त्र भएका मुलुकहरूलाई राखिएको छ। अमेरिकी ...
: मध्यपूर्वमा चर्किएको युद्धको सिधा असर विश्व आर्थिक बजारमा देखिएको छ। बिहीबार सुरुवाती कारोबारका क्रममा प्रमुख एसियाली सेयर बजारहरू ओरालो लागेका छन्। जापानको निक्केई र अष्ट्रेलियाको सेयर बजार सूचकांक करिब १ प्रतिशतले घटेका छन्। त्यस्तै दक्षिण कोरियाको कोस्पी इन्डेक्स पनि करिब ०.४ प्रतिशतले तल झरेको छ। इरानले विश्व समुदायलाई चेतावनी दिँदै तेलको मूल्य प्रतिब्यारेल २०० अमेरिकी ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव र 'होर्मुज स्ट्रेट' मा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणका कारण विश्व बजारमा देखिएको इन्धन अभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) ले ऐतिहासिक कदम चालेको छ। आईईएका ३२ सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन भण्डारबाट कुल ४० करोड ब्यारेल कच्चा तेल विश्व बजारमा उपलब्ध गराउने सर्वसम्मत निर्णय गरेका छन्। एजेन्सीको उक्त निर्णयमा अमेरिकाले ...
: इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मुज्तबा खामेनीले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक सन्देश जारी गर्दै कडा रणनीति सार्वजनिक गरेका छन्। उनले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग 'हर्मुज जलडमरुमध्य' तत्काल नखोलिने घोषणा गर्दै शत्रु देशहरूमाथि दबाब बढाउने घोषणा गरेका हुन् । आफ्नो विशेष सन्देशमा सर्वोच्च नेता खामेनीले पश्चिम एसिया (मध्यपूर्व)क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरू तत्काल ...