मुख्य समाचार
संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा
संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा

: संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी अर्थ मन्त्रालयले बुधबार भेनेजुएलाको तेल कारोबारमा संलग्न चार कम्पनीमाथि प्रतिबन्ध लगाउनुका साथै चारवटा तेल ट्यांकरलाई अवरुद्ध सम्पत्तिका रूपमा सूचीकृत गरेको हो।


उक्त मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार यी प्रतिबन्धहरू भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि दबाब बढाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासको हिस्सा हुन्। भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको आरोपमा ती कम्पनी र तिनीसँग सम्बन्धित ट्यांकरहरूलाई लक्षित गरिएको विज्ञप्तिमा उल्लेख छ।



अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले विज्ञप्तिमा भने, ‘राष्ट्रपति ट्रम्प स्पष्ट हुनुहुन्छ—अवैध मदुरो शासनले तेल निर्यातबाट नाफा कमाउन पाउँदैन, विशेष गरी जब त्यसले अमेरिकामा घातक लागुपदार्थको बाढी ल्याइरहेको छ।’ उनले अर्थ मन्त्रालय राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार मदुरो शासनमाथि दबाब बढाउने अभियान कार्यान्वयन गर्न निरन्तर लागिरहने स्पष्ट पारे।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्यावधि निर्वाचन नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय घटनाक्रम व्यवस्थापन गर्न थप चुनौती देखिएको छ । रुससँगको डिजेल सम्झौताले आफ्नै दलभित्र असन्तुष्टि, युक्रेनसँगको ऊर्जा युद्धविराम कार्यान्वयनमा अन्योल र मध्यपूर्वको तनावले विश्व बजारमा तेलको मूल्य बढ्ने जोखिम लगायतका समस्या व्यवस्थापनका चुनौती ट्रम्पसामु छन् । इन्धनको मूल्य घटाएर अमेरिकी मतदाताको असन्तुष्टि कम गर्ने प्रयासमा रहेका ट्रम्पका लागि ...
। अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, अपराधका केही अन्य श्रेणीमा भने कमी आएको सोमबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ। दक्षिण अस्ट्रेलिया प्रहरीद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार, सन् २०२६ को अगस्टमा समाप्त भएको पछिल्लो १२ महिनाको अवधिमा ड्युटीमा खटिएका प्रहरी अधिकारीमाथि आक्रमणका घटना ६३५ बाट बढेर ७९३ पुगेका ...
। स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका छन् । आक्रमणमा परेको अर्को जहाजमा सवार सबै ११ भारतीय नाविकको भने सुरक्षित उद्धार गरिएको छ । भारतको विदेश मन्त्रालयका अनुसार अक्टोबर ११ मा दुई छुट्टाछुट्टै तेल ट्यांकरमाथि आक्रमण भएको हो । निकारागुआको झण्डा रहेको ‘एमटी पेट्रो डल्फिन’ ...
। युद्ध अन्त्यका लागि अमेरिकाले दिएको पछिल्लो जवाफप्रति इरानले असन्तुष्टि व्यक्त गरेको छ । इरानले उक्त जवाफलाई अपर्याप्त ठहर गर्दै युद्ध पुनः चर्किएमा क्षेत्रीय डेटा सेन्टर, सञ्चार केबल तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी पूर्वाधारलाई लक्षित गर्न सक्ने चेतावनी दिएको छ । यसैबीच, इजरायलका पूर्व महान्यायाधिवक्ता अविचाई म्यान्डेलब्लिटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध चलिरहेको भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतसमक्ष बयान दिएका छन् । ...
। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ । दुई प्रहरी अधिकारीका अनुसार खानको रिहाइको माग गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपत्कालीन शासन घोषणा गरिएको थियो । नाम सार्वजनिक नगर्ने सर्तमा उनीहरूले आइतबारदेखि पार्टीका सदस्यहरूलाई हिरासतमा लिइएको जानकारी ...