मुख्य समाचार
भद्रपुरका औषधि पसलमा म्याद गुज्रिएका औषधि फेला
भद्रपुरका औषधि पसलमा म्याद गुज्रिएका औषधि फेला

: झापाको सदरमुकाम भद्रपुरमा सञ्चालित औषधि पसलहरूमा म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने गरेको पाइएको छ। भद्रपुर नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले नगर क्षेत्रका औषधि पसलहरूको अनुगमन गर्ने क्रममा त्यस्तो पाएको हो।



औषधि पसलहरूले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्देश्यले म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने र सरसफाइमा समेत ध्यान नदिएको अनुगमनको क्रममा फेला परेको समितिका संयोजक तथा नगर उपप्रमुख राधा कार्कीले बताइन्। विभिन्न प्रकारका म्याद गुज्रिएका औषधिहरू जफत गर्नुका साथै पसल सञ्चालकहरूलाई एक पटकका लागि सचेत गराइएको छ। व्यवसाय दर्ता तथा नवीकरण नगरेका पसलहरूलाई सात दिनभित्र दर्ता तथा नवीकरण गरी पसल सञ्चालन गर्न निर्देशनसमेत दिइएको उनले बताइन्।


अनुगमनको क्रममा चन्द्रगढीस्थित कृपा फार्मेसीमा ठुलो मात्रामा म्याद गुज्रिएका औषधिहरू फेला परेको, सरसफाइमा ध्यान नदिएको र औषधि स्टोर कक्षमा खाजा बनाउने कार्य गरेको पाइएको छ। चन्द्रगढीकै प्रभु कृपा फार्मेसीले २०७८/०७९ सम्म नवीकरण गरेकोले ३ दिनभित्र नवीकरण गर्ने र सरसफाइमा ध्यान नदिएको, भद्रपुरस्थित तिम्सिना फार्मेसीले २०६९/७० यता व्यवसाय नवीकरण नगरेको र औषधिहरूको प्रकार अनुसार छुट्टा छुट्टै नराखी बिक्री गरेको पाइएको छ।



त्यस्तै गीता फार्मेसीले व्यवसाय दर्ता नवीकरण नगरेकोले सात दिनभित्र नगरपालिकामा आएर नवीकरण गर्न निर्देशन दिएको छ। रिदम हेल्थ केयर सेन्टरले नगरपालिकामा व्यवसाय दर्ता नगरेको, दर्ता भएका कागजातहरू नवीकरण नभएको, नभएका डाक्टरहरूको नाम लेखेर राखेको, दररेट नभएको र नागरिक बडापत्र नभएको पाइएको छ। चन्द्रगढी मानव डेन्टलले २०७९/०८० देखि व्यवसाय दर्ता नवीकरण नगरेको, न्यु साझा डेन्टल होमले नगरपालिकामा व्यवसाय दर्ता नगरेको र सरसफाइमा ध्यान नदिएको राजश्व शाखा प्रमुख सुशील कर्णले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्च अदालत पाटनले वैदेशिक रोजगारमा जाने श्रमिकको विस्तार गरिएको स्वास्थ्य परीक्षण र शुल्क खारेज गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीको निणर्यविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय ऋषिराज भण्डारी र शिवबहादुर रानाभाटको संयुक्त इजलासले बिहीबार अन्तरिम आदेश दिनु नपर्ने आदेश दिएको हो । नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले श्रममन्त्री ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी (सीडिओ) कुमान सिंह गुरुङसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पर्वतको कुस्मा नगरपालिका-७ को खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनको भुक्तानी गर्दा वदनियतपूर्ण साँठगाँठमा गैरकानूनी लाभ र स्वार्थको आधारमा भएको भन्दै अख्तियारले उनीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। गुरुङ तत्कालीन समयमा कुस्मा ...
— सुनसरीको कोशी गाउँपालिका–१, पुरी टोलका ४५ वर्षीय विजय साहको जीविकोपार्जनको एक मात्र आधार थियो, सिटी रिक्सा । त्यही रिक्सा चलाएर उनी ६ जनाको परिवार पाल्थे । बुधबार मध्यराति सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको गोलीबाट उनी ढले । उनको मृत्युले परिवारमा शोक मात्रै थपेको छैन, घर चलाउने एक मात्र आधार नै खोसिएको छ । पुरी टोल भारतीय ...
— माइती नेपालले एक वर्षको अवधिमा २ सय ८४ महिला तथा बालबालिकालाई बर्दियाका विभिन्न सीमा नाकाबाट उद्धार गरेको गरेको जनाएको छ । गुलरियामा बिहीबार आयोजित मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा माइती नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२५ मा जोखिमपुर्ण यात्रामा रहेका २ सय ८४ महिला तथा बालबालिकालाई सीमाबाट उद्धार गरी ...
: नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस अन्तिम सातादेखि हुने भनिएको नियमित १५औं महाधिवेशन स्थगित गरेका छन्। महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गरेर अबको विकल्प विशेष महाधिवेशन रहेको उल्लेख गरेका छन्। 'मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी ...