— माइती नेपालले एक वर्षको अवधिमा २ सय ८४ महिला तथा बालबालिकालाई बर्दियाका विभिन्न सीमा नाकाबाट उद्धार गरेको गरेको जनाएको छ ।
गुलरियामा बिहीबार आयोजित मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा माइती नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२५ मा जोखिमपुर्ण यात्रामा रहेका २ सय ८४ महिला तथा बालबालिकालाई सीमाबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको माइती नेपाल, बर्दियाकी प्रमुख गायत्री रिमालले बताइन ।
उद्धार गरिएकामध्ये बर्दियाका २ सय ८ जना र अन्य विभिन्न जिल्लाका रहेका छन् । ‘१८ वर्षमुनिका २ सय ४ र ८० जना १८ वर्षमाथिका महिला तथा बालबालिका रहेका थिए,’ उनले भनिन्, ‘सोही अवधिमा श्रम र यौन शोषणमा परेका ३ जनाको पनि उद्धार गरिएको छ ।’
एक वर्षको अवधिमा महिला तथा बालिका हराएका ६६ वटा निवेदन परेका थिए, खोजतलासका क्रममा हालसम्म १६ जना फेला परेपछि परिवारको जिम्मा लगाइएको छ ।