मुख्य समाचार
नेपाल क्रिकेट सङ्घ (क्यान) राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता समेटिएको वार्षिक खेल तालिका सार्वजनिक
नेपाल क्रिकेट सङ्घ (क्यान) राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता समेटिएको वार्षिक खेल तालिका सार्वजनिक

— नेपाल क्रिकेट सङ्घ (क्यान) राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता समेटिएको वार्षिक खेल तालिका सार्वजनिक गरेको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेका हुन्।

क्यालेन्डरको राष्ट्रिय प्रतियोगितामा जनवरीमा पुरुष प्रधानमन्त्री कपबाट हुनेछ। जसअन्तर्गत जनवरी ५ देखि २५ तारिखसम्म जिल्ला चरण र जनवरी २५ देखि फेब्रुअरी १० सम्म प्रदेश चरणका खेलहरू आयोजना गरिनेछन् ।

त्यस्तै, फेब्रुअरीमा पुरुष प्रधानमन्त्री कप प्रदेश चरण निरन्तरता पाउनेछ भने फेब्रुअरी १२ देखि २२ सम्म जय ट्रफी आयोजना हुनेछ। यही महिनामा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको जिल्ला चरण पनि सञ्चालन हुनेछ ।

त्यस्तै मार्चमा पुरुष प्रधानमन्त्री कपको राष्ट्रिय चरण मार्च २८ देखि अप्रिल २२ सम्म सञ्चालन हुनेछ । यसै अवधिमा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको प्रदेश चरण तथा महिला प्रधानमन्त्री कपको जिल्ला चरण आयोजना गरिने क्यालेन्डरमा उल्लेख छ ।

अप्रिलमा महिला प्रधानमन्त्री कपको प्रदेश चरण, पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको जिल्ला तथा प्रदेश चरण र अन्य क्यान कार्यक्रम सञ्चालन हुनेछन् ।

मे महिनामा महिला प्रधानमन्त्री कपको राष्ट्रिय चरण मे २ देखि २० सम्म आयोजना हुनेछ । यहीमहिना राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको राष्ट्रिय चरण तथा यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता र क्यान युथ क्याम्प आयोजना हुनेछन् ।



जून महिनामा सातै प्रदेशमा क्यान लेभल १ कोचिङ कोर्स सञ्चालन गरिनेछ भने जून १५ देखि २५ सम्म राष्ट्रिय टी–२० च्याम्पियनसिप आयोजना गरिनेछ ।

जुलाईमा क्यान लेभल २ कोचिङ कोर्स तथा पिच क्युरेटर कोर्स सञ्चालन हुनेछन् । अगस्ट महिनामा क्यान लेभल १ अम्पायरिङ कोर्स आयोजना गरिनेछ । सेप्टेम्बरदेखि अक्टोबरसम्म महिला लङ्गर फर्म्याट प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुने क्यालेन्डरमा समावेश गरिएको छ ।

अक्टोबरमै यू–१६ बोइज/गर्ल्सको राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप, अन्तरविद्यालय तथा कलेजस्तरीय लङ्गर फम्र्याट प्रतियोगिता र क्षेत्रीय टुर्नामेन्टहरू आयोजना हुनेछन् । डिसेम्बर महिनामा पनि क्षेत्रीय टुर्नामेन्टहरू सञ्चालन हुनेछन् ।

त्यसैगरी, अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा जनवरीमा आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमै आयोजना हुँदैछ। फेब्रुअरीमा नेपाली पुरुष टोलीले टी–२० विश्वकप खेल्दैछ।

मार्चमा पुरुष टिमले आइसिसी लिग २ को शृङ्खला खेल्नेछ। महिला टोलीले पनि बाइल्याटरल सिरिज खेल्ने क्यानले जनाएको छ । यू–१९ टिमले भुटानको भ्रमण गर्ने पनि उल्लेख छ ।

अप्रिलमा नेपाल ‘ए’को शृङ्खला हुनेछ भने महिलाको पनि शृङ्खला हुनेछ । यू–१९ महिलाको पनि शृङ्खला समावेश छ । जुलाइमा पुरुष टोलीको लिग २ शृङ्खला हुनेछ । महिला एसिया कप पनि हुनेछ । यू–१६ इस्ट जोन कप पनि यसै महिना हुनेछ ।

अगस्टमा पुरुषको एसीसी प्रिमियर कप हुनेछ भने कुवेतसँग टी–२०आई शृङ्खला पनि हुनेछ । टप एन्डमा यस वर्ष पनि सहभागिता जनाउने उल्लेख छ । सेप्टेम्बरमा पुरुष टोलीको बाइल्याटरल सिरिज हुनेछ भने महिलाको पनि युएईसँग शृङ्खला हुनेछ ।

अक्टोबरमा पुरुष टिमको लिग २ शृङ्खला हुनेछ भने महिला टिमको पनि त्रिदेशीय शृङ्खला हुने उल्लेख छ। नोभेम्बरमा नेपाल प्रिमियर लिग क्रिकेट हुनेछ भने डिसेम्बरमा महिला र पुरुष दुवैको अन्तरराष्ट्रिय शृङ्खला हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको विधान अनुसार नै एन्फाको निर्वाचन गर्ने निर्णय गरेको बताएका छन्। एन्फाको अर्लि इलेक्सन गर्ने निर्णयप्रति विरोध भएपछि शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासचिव राईले विधान अनुसार नै चार वर्षको कार्यकाल सकिनु अघि नै निर्वाचन गर्ने निर्णय गरेको बताएका हुन्। उनले वर्तमान कार्यसमितिका बारेमा धेरै प्रश्न ...
: एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको शारीरिक विजेता टिपटप हेल्प नेपालले उपाधि रक्षा गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको पुरुषतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै उपाधि रक्षा गरेको छ। टिपटपले आर्मीलाई २५-२१, २५-२१ र २५-२१मा पराजित गरेको हो। त्रिभुवन आर्मी क्लब ...
नवौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि न्यू डाइमण्ड स्पोर्ट्स क्लबले जितेको छ
: आइसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफार्सका लागि राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार महिलाको अन्तिम टोली घोषणा गरेको हो। क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टोलीको उपकप्तानमा पूजा महतो रहेकी छन्‌। दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम १५ जना खेलाडी छानिएका हुन्। दोस्रो चरणबाट ...
— नेपालले खेलेको पहिलो ओलम्पिकका प्रतिस्पर्धी बक्सर नामसिंह थापाको शनिबार ७९ वर्षको उमेरमा निधन भएको छ । गोर्खा सेमेट्री ट्रस्ट हङकङका सचिव अमोद राईका अनुसार थापाको हङकङमै दिउँसो निधन भएको हो । तीन महिनाअघि घरमा लडेपछि उनलाई प्यारालाइसिस भएको र पछिल्लो महिनादेखि थला परेको राईले जानकारी गराए । सन् १९६४ मा भएको टोकियो ओलम्पिकमा नेपाली खेलाडीले पहिलो ...