मुख्य समाचार
अमेरिकाले शनिबार भेनेजुएलामाथि गरेको आक्रमणका क्रममा कम्तीमा ४० जनाको मृत्यु
अमेरिकाले शनिबार भेनेजुएलामाथि गरेको आक्रमणका क्रममा कम्तीमा ४० जनाको मृत्यु

— अमेरिकाले शनिबार भेनेजुएलामाथि गरेको आक्रमणका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

भेनेजुएलाका एक शीर्ष अधिकारीले न्युयोर्क टाइम्स लाई यस्तो जानकारी दिएका हुन् ।

उक्त आक्रमणमा अमेरिकी सेनाका कुनै पनि सदस्यको मृत्यु नभएको जनाइएको छ। यद्यपि केही व्यक्ति घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको सीबीएस न्युज ले जनाएको छ।

आक्रमणपछि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई शनिबार दिउँसो न्युयोर्क ल्याइएको अमेरिकी पक्षले जानकारी दिएको छ।

मदुरो पक्राउ परेपछि भेनेजुएलाको सर्वोच्च अदालतले शनिबार उपराष्ट्रपति डिल्सी रोड्रिग्वेजलाई कार्यकारी राष्ट्रपति नियुक्त गरेको छ।

राष्ट्रपतिको अनुपस्थितिमा सरकार सञ्चालन गर्ने अधिकार उनलाई प्रदान गरिएको अदालतको फैसलामा उल्लेख छ।



यसैबीच, शनिबार फ्लोरिडाको मियामीस्थित आफ्नै रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति कायम नभएसम्म भेनेजुएलाको शासनसत्ता अमेरिका स्वयंले सञ्चालन गर्ने दाबी गरेका छन्। तर भेनेजुएलाका अधिकारीहरूले अमेरिकासँग आत्मसमर्पण नगर्ने अडान दोहोर्‍याउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ओमानको मस्कटमा शुक्रबार अमेरिकी र इरानी प्रतिनिधिबीच भएको अप्रत्यक्ष वार्ता सकारात्मक रूपमा टुंगिएको छ । दुवै देशका अधिकारीले वार्ता निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक भएको बताएका छन् । इरानका विदेशमन्त्री अब्बास अराग्चीले पनि वार्ता निकै राम्रो सुरुवात भएको जानकारी दिएका छन् । इरानी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अमेरिकाले इरानसँगको अविश्वास कम ...
इरानी क्रान्तिताका समाजशास्त्री अली सारियाती भन्थे, ‘धर्मले मानिसलाई ब्युँझाउनुपर्छ, सुताउने होइन 
: मलेसिया भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई विस्तार गर्न भारतले मलेसियामा नयाँ वाणिज्य दूतावास खोल्ने बताए। प्रधानमन्त्री मोदीले भने ,'भारत र मलेसिया बीचको सम्बन्ध धेरै विशेष छ। हामी समुद्री छिमेकी हौं। शताब्दीयौंदेखि हाम्रा जनता बीच ...
: रसी सेनाका जनरलमाथि गोली प्रहार गरेको आरोपमा एकजना बन्दुकधारी दुबइमा पक्राउ परेका छन्। लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेयेभमाथि आक्रमण गरेको आशंकामा एकजना बन्दुकधारीलाई दुबईबाट पक्राउ गरिएको रुसी सरकारी सञ्चारमाध्यमले जनाएको छ। शुक्रबार बिहान मस्कोको उत्तरपश्चिमी बाहिरी क्षेत्रमा रहेको भोलोकोलाम्स्कोय राजमार्ग नजिकैको एक आवासीय भवनमा सैन्य गुप्तचर विभागका उपप्रमुख भ्लादिमिर अलेक्सेभमाथि आक्रमण भएको थियो। रुसी सुरक्षा सेवाले ...
इरानस्थित अमेरिकी भर्चुअल दूतावासले अमेरिकी नागरिकहरूका लागि सुरक्षा सतर्कता जारी गरेको छ। अमेरिकाले जारी गरेको सुरक्षा सतर्कतामा आर्मेनिया वा टर्की हुँदै इरान छोड्न कुरामा पनि विचार गर्न आग्रह गरिएको छ। अमेरिकाले त्यहाँ रहेका नागरिकलाई सञ्चारका वैकल्पिक उपायका बारेमा सोच्न तथा सुरक्षित रहन पनि आग्रह गरेको छ। इरानमा हाल सडक बन्द, सार्वजनिक यातायात र इन्टरनेट सेवामा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम