मुख्य समाचार
नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनसुन सुरु हुनुअघि दुई टेस्ट राष्ट्रसँग घरेलु शृंखला खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनसुन सुरु हुनुअघि दुई टेस्ट राष्ट्रसँग घरेलु शृंखला खेल्ने

— नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनसुन सुरु हुनुअघि दुई टेस्ट राष्ट्रसँग घरेलु शृंखला खेल्ने भएको छ । वर्ष २०२६ का लागि शनिबार क्यालेन्डर सार्वजनिक गर्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले दुई टेस्ट राष्ट्र नेपाल आएर खेल्न लागेको जानकारी गराएका हुन् ।

क्यानको क्यालेन्डर अनुसार नेपालले मार्च १० देखि २५ सम्म ओमान र यूएई तथा मे ५ देखि १८ सम्म अमेरिका र स्कटल्यान्डसम्मिलिन क्रिकेट विश्वकप लिग–२ का दुई शृंखला आयोजना गर्दैछ । एकदिवसीय विश्वकप छनोटका आधार रहेको लिग–२ का अगाडि र पछाडि नेपालले टेस्ट राष्ट्रलाई बोलाएर खेलाउने तयारी गरेको हो ।

‘विभिन्न टेस्ट राष्ट्रहरूसँग समन्वय गरिररहेका छौं, यही टेस्ट राष्ट्र आउँछ भन्ने भन्दा पनि वर्षा सुरु हुनअगाडि कम्तीमा दुई टेस्ट राष्ट्रलाई बोलाउने प्रयत्न गरिरहेका छौं,’ पारसले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘क्रिकेट विश्वकप लिग–२ सुरु हुनु अगाडि र पछाडि दुई एकदिवसीय द्विपक्षीय शृंखला हुनेछ ।’

क्यान सचिव पारसले कुन टेस्ट राष्ट्र भनेर भने खुलाएनन् । नेपाल लिग–२ मा २० खेलमा १२ अंकमात्र जोड्न सकेको छ र आठ राष्ट्र सम्मिलित प्रतियोगितामा सातौं स्थानमा छ । जसको कारण नेपालको एकदिवसीय अनतर्राष्ट्रिय मान्यता संकटमा रहेको छ । आउँदो दुई घरेलु शृंखलाले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय भविष्यको निर्क्यौल गर्न सक्छ ।

जनवरीमा नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोट आयोजना गर्दैछ । १० राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाली महिला क्रिकेट टोली व्यस्त हुनेछ भने पुरुष टोली अर्को महिना भारतमा हुने ट्वान्टी–२० विश्वकपको तयारीमा रहेको छ । ट्वान्टी–२० विश्वकपको तयारीको खाका १–२ दिनमै घोषणा हुने पारसले बताए । नेपाल ट्वान्टी–२० विश्वकपको तयारका लागि श्रीलंका जाने सम्भावना रहेको पनि बताइएको छ ।

त्यस्तै नेपालले २०२७ सालमा बंगलादेशसँग मिलेर आईसीसी यू–१९ विश्वकप क्रिकेट आयोजना गर्दैछ । त्यसका लागि नेपालले विशेष लक्षित गरेर क्यालेन्डर तयार पारेको क्यानका क्रिकेट म्यानेजर विनोद दासले जनाए । क्यानले त्यसका लागि अप्रिलमा यू–१९ महिला त्रिकोणात्मक शृंखला आयोजना गर्दैछ भने यू–१९ राष्ट्रिय प्रतियोगिता सेप्टेम्बरमा हुनेछ ।

नेपाल प्रिमियर लिग अब अक्टोबर–नोभेम्बरमा हुने

नेपाल प्रिमियर लिग अबदेखि एक महिनाअगाडि अक्टोबर–नोभेम्बरमा हुनेछ । ‘हाम्रो क्यालेन्डर निकै व्यस्त छ, हामीले धेरै गृहकार्य गरेर यो तयार पारेका छौं,’ पारसले भने, ‘हाम्रो क्यालेन्डर यति व्यस्त छ कि राष्ट्रिय खेलाडीले सबै प्रतियोगिता खेल्न नभ्याउन पनि सक्छन् ।’

त्यस्तै मेमा महिला अन्तर्राष्ट्रिय शृंखला हुनेछ । राजधानीबाहिर पनि मैदानहरू निर्माण भइरहेकाले यो प्रतियोगिता अब मोफसलमा आयोजना गर्ने पारसले जानकारी दिए । क्यानको क्यालेन्डरअनुसार सोमबारबाट प्रधानमन्त्री कपका लागि जिल्ला छनोट सुरु हुदैछ । राष्ट्रिय प्रतियोगिता मार्चमा हुनेछ । जय ट्रफी फेब्रुअरीमा हुनेछ । त्यस्तै वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अप्रिलमा हुनेछ ।

महिला राष्ट्रिय प्रतियोगिता मे २ देखि २० सम्म हुनेछ । क्यानले जुलाईमा लेभल २ कोचिङ कोर्ष र अगस्टमा लेभल १ अम्पायरिङ कोर्ष गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको विधान अनुसार नै एन्फाको निर्वाचन गर्ने निर्णय गरेको बताएका छन्। एन्फाको अर्लि इलेक्सन गर्ने निर्णयप्रति विरोध भएपछि शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासचिव राईले विधान अनुसार नै चार वर्षको कार्यकाल सकिनु अघि नै निर्वाचन गर्ने निर्णय गरेको बताएका हुन्। उनले वर्तमान कार्यसमितिका बारेमा धेरै प्रश्न ...
: एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको शारीरिक विजेता टिपटप हेल्प नेपालले उपाधि रक्षा गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको पुरुषतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै उपाधि रक्षा गरेको छ। टिपटपले आर्मीलाई २५-२१, २५-२१ र २५-२१मा पराजित गरेको हो। त्रिभुवन आर्मी क्लब ...
नवौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि न्यू डाइमण्ड स्पोर्ट्स क्लबले जितेको छ
: आइसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफार्सका लागि राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार महिलाको अन्तिम टोली घोषणा गरेको हो। क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टोलीको उपकप्तानमा पूजा महतो रहेकी छन्‌। दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम १५ जना खेलाडी छानिएका हुन्। दोस्रो चरणबाट ...
— नेपालले खेलेको पहिलो ओलम्पिकका प्रतिस्पर्धी बक्सर नामसिंह थापाको शनिबार ७९ वर्षको उमेरमा निधन भएको छ । गोर्खा सेमेट्री ट्रस्ट हङकङका सचिव अमोद राईका अनुसार थापाको हङकङमै दिउँसो निधन भएको हो । तीन महिनाअघि घरमा लडेपछि उनलाई प्यारालाइसिस भएको र पछिल्लो महिनादेखि थला परेको राईले जानकारी गराए । सन् १९६४ मा भएको टोकियो ओलम्पिकमा नेपाली खेलाडीले पहिलो ...