मुख्य समाचार
नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनसुन सुरु हुनुअघि दुई टेस्ट राष्ट्रसँग घरेलु शृंखला खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनसुन सुरु हुनुअघि दुई टेस्ट राष्ट्रसँग घरेलु शृंखला खेल्ने

— नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनसुन सुरु हुनुअघि दुई टेस्ट राष्ट्रसँग घरेलु शृंखला खेल्ने भएको छ । वर्ष २०२६ का लागि शनिबार क्यालेन्डर सार्वजनिक गर्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले दुई टेस्ट राष्ट्र नेपाल आएर खेल्न लागेको जानकारी गराएका हुन् ।

क्यानको क्यालेन्डर अनुसार नेपालले मार्च १० देखि २५ सम्म ओमान र यूएई तथा मे ५ देखि १८ सम्म अमेरिका र स्कटल्यान्डसम्मिलिन क्रिकेट विश्वकप लिग–२ का दुई शृंखला आयोजना गर्दैछ । एकदिवसीय विश्वकप छनोटका आधार रहेको लिग–२ का अगाडि र पछाडि नेपालले टेस्ट राष्ट्रलाई बोलाएर खेलाउने तयारी गरेको हो ।

‘विभिन्न टेस्ट राष्ट्रहरूसँग समन्वय गरिररहेका छौं, यही टेस्ट राष्ट्र आउँछ भन्ने भन्दा पनि वर्षा सुरु हुनअगाडि कम्तीमा दुई टेस्ट राष्ट्रलाई बोलाउने प्रयत्न गरिरहेका छौं,’ पारसले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘क्रिकेट विश्वकप लिग–२ सुरु हुनु अगाडि र पछाडि दुई एकदिवसीय द्विपक्षीय शृंखला हुनेछ ।’

क्यान सचिव पारसले कुन टेस्ट राष्ट्र भनेर भने खुलाएनन् । नेपाल लिग–२ मा २० खेलमा १२ अंकमात्र जोड्न सकेको छ र आठ राष्ट्र सम्मिलित प्रतियोगितामा सातौं स्थानमा छ । जसको कारण नेपालको एकदिवसीय अनतर्राष्ट्रिय मान्यता संकटमा रहेको छ । आउँदो दुई घरेलु शृंखलाले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय भविष्यको निर्क्यौल गर्न सक्छ ।

जनवरीमा नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोट आयोजना गर्दैछ । १० राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाली महिला क्रिकेट टोली व्यस्त हुनेछ भने पुरुष टोली अर्को महिना भारतमा हुने ट्वान्टी–२० विश्वकपको तयारीमा रहेको छ । ट्वान्टी–२० विश्वकपको तयारीको खाका १–२ दिनमै घोषणा हुने पारसले बताए । नेपाल ट्वान्टी–२० विश्वकपको तयारका लागि श्रीलंका जाने सम्भावना रहेको पनि बताइएको छ ।

त्यस्तै नेपालले २०२७ सालमा बंगलादेशसँग मिलेर आईसीसी यू–१९ विश्वकप क्रिकेट आयोजना गर्दैछ । त्यसका लागि नेपालले विशेष लक्षित गरेर क्यालेन्डर तयार पारेको क्यानका क्रिकेट म्यानेजर विनोद दासले जनाए । क्यानले त्यसका लागि अप्रिलमा यू–१९ महिला त्रिकोणात्मक शृंखला आयोजना गर्दैछ भने यू–१९ राष्ट्रिय प्रतियोगिता सेप्टेम्बरमा हुनेछ ।

नेपाल प्रिमियर लिग अब अक्टोबर–नोभेम्बरमा हुने

नेपाल प्रिमियर लिग अबदेखि एक महिनाअगाडि अक्टोबर–नोभेम्बरमा हुनेछ । ‘हाम्रो क्यालेन्डर निकै व्यस्त छ, हामीले धेरै गृहकार्य गरेर यो तयार पारेका छौं,’ पारसले भने, ‘हाम्रो क्यालेन्डर यति व्यस्त छ कि राष्ट्रिय खेलाडीले सबै प्रतियोगिता खेल्न नभ्याउन पनि सक्छन् ।’

त्यस्तै मेमा महिला अन्तर्राष्ट्रिय शृंखला हुनेछ । राजधानीबाहिर पनि मैदानहरू निर्माण भइरहेकाले यो प्रतियोगिता अब मोफसलमा आयोजना गर्ने पारसले जानकारी दिए । क्यानको क्यालेन्डरअनुसार सोमबारबाट प्रधानमन्त्री कपका लागि जिल्ला छनोट सुरु हुदैछ । राष्ट्रिय प्रतियोगिता मार्चमा हुनेछ । जय ट्रफी फेब्रुअरीमा हुनेछ । त्यस्तै वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अप्रिलमा हुनेछ ।

महिला राष्ट्रिय प्रतियोगिता मे २ देखि २० सम्म हुनेछ । क्यानले जुलाईमा लेभल २ कोचिङ कोर्ष र अगस्टमा लेभल १ अम्पायरिङ कोर्ष गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर इमरान ताहिरले ४७ वर्षको उमेरमा टी–२० क्रिकेटमा ५-विकेट प्रदर्शन गर्दै नयाँ कीर्तिमान बनाएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा गयाना अमेजन वारियर्सका लागि सेन्ट लुसिया किंग्सविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् । प्रोभिडेन्समा बुधबार भएको खेलमा ताहिरले चार ओभरमा १७ रन खर्चिएर ५ विकेट लिए । यो उनको टी–२० ...
: नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो। मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई पराजित गरेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो। एसीसी प्रिमियर कपको शिर्ष ३ टोलीले इमर्जिङ टिम्स एसिया कपमा खेल्न पाउनेछन्। नेपालले ओमानलाई पराजित गरेसँगै फाइनल पुगेको हो। ओमान र हङकङबिच तेस्रो स्थानको ...
: नेपाल भलिबल लिग (एनभीएल) को बिहीबार भएको खेलमा सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किंग्स फाइनलमा प्रवेश गरेको छ। लिग चरणको आ–आफ्नो अन्तिम खेल जित्दै अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान रहेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड ...
: एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित, वायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो। नेपालले दिएको १४८ रनको विजयी लक्ष्य पछाएको ओमान २८.१ ओभरमा ६० रन बनाउँदै अलआउट भएको हो। ओमानलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछाने र ...
: नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई २५–२०,२५–२०, २१–२५ र २५–१९‌ले पराजित गरेको हो। मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णाली शिवराजले प्लेअफमा काठमाडौं रेड्ससँग खेल्नेछ। यी दुवै टोली मध्ये विजयी टोलीले ...