मुख्य समाचार
अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकैसाथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या
अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकैसाथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या

— अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकैसाथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् ।

उत्तर–पश्चिम नर्थ किभु प्रान्तमा राति सात किलोमिटरको क्षेत्रमा विद्रोहीले हमला गरेको स्थानीय नेता माकाएर सिभिकुनुलाले बताए । उनले भने, “तीन गाउँमा एकसाथ हमला भयो। राति ८ बजेदेखि १० बजेसम्म गोलीबारी भयो । १५ जनाको मृत्यु भयो र १३ घर जले ।”

स्थानीय बासिन्दाहरूले पनि यस आक्रमणलाई पुष्टि गरेका छन् । सेनाले दुई जना सैनिकको पनि मृत्यु भएको जनाएको छ ।

यो समूह प्रारम्भमा युगान्डाका पूर्व बिद्रोहीहरूले गठन गरेका थिए र १९९० दशकदेखि उत्तरपूर्वी कङ्गोमा सक्रिय छन् । यसले हजारौँ सर्वसाधारणको हत्या गरिसकेको छ ।

सन् २०२१ देखि युगान्डाका सैनिकहरू कङ्गोको सेनासँग मिलेर यस समूहविरुद्ध लडेका छन्, तर हिंसा रोक्न सफल भएका छैनन् ।


विद्रोही प्रायः असहाय नागरिकमाथि आक्रमण गर्छन् र त्यसपछि जङ्गलतर्फ भाग्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...