मुख्य समाचार
अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकैसाथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या
अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकैसाथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या

— अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकैसाथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् ।

उत्तर–पश्चिम नर्थ किभु प्रान्तमा राति सात किलोमिटरको क्षेत्रमा विद्रोहीले हमला गरेको स्थानीय नेता माकाएर सिभिकुनुलाले बताए । उनले भने, “तीन गाउँमा एकसाथ हमला भयो। राति ८ बजेदेखि १० बजेसम्म गोलीबारी भयो । १५ जनाको मृत्यु भयो र १३ घर जले ।”

स्थानीय बासिन्दाहरूले पनि यस आक्रमणलाई पुष्टि गरेका छन् । सेनाले दुई जना सैनिकको पनि मृत्यु भएको जनाएको छ ।

यो समूह प्रारम्भमा युगान्डाका पूर्व बिद्रोहीहरूले गठन गरेका थिए र १९९० दशकदेखि उत्तरपूर्वी कङ्गोमा सक्रिय छन् । यसले हजारौँ सर्वसाधारणको हत्या गरिसकेको छ ।

सन् २०२१ देखि युगान्डाका सैनिकहरू कङ्गोको सेनासँग मिलेर यस समूहविरुद्ध लडेका छन्, तर हिंसा रोक्न सफल भएका छैनन् ।


विद्रोही प्रायः असहाय नागरिकमाथि आक्रमण गर्छन् र त्यसपछि जङ्गलतर्फ भाग्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण कोरिया र चीनले औद्योगिक आदान-प्रदान, प्रविधि, वातावरणलगायत विभिन्न क्षेत्रमा सहकार्यका लागि १४ वटा समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेका छन्। सोमबार बेइजिङमा दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भएको शिखर भेटवार्ताका अवसरमा यी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चेओङ वा डेले यसबारे जानकारी दिएको छ। १४ वटा ...
: क्युबाली सरकारले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीमा ३२ जना आफ्नो सेना र प्रहरी अधिकारीको मृत्यु भएको पहिलोपटक आधिकारिक रूपमा पुष्टि गरेको छ । क्युबाली अधिकारीहरू भेनेजुएलाको सरकारको अनुरोधमा त्यहाँ सुरक्षा र सैन्य कार्यमा संलग्न थिए । क्युबाली सरकारी टेलिभिजनमार्फत जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा नागरिकहरूले आफ्नो जिम्मेवारी इमानदारी र वीरतापूर्वक पूरा गरे । उहाँहरू प्रत्यक्ष लडाइँ वा सुविधामा भएको ...
: भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी अदालतमा आफूलाई अपहरण गरेर ल्याइएको दाबी गरेका छन्। उनले आफू अझै पनि भेनेजुएलाको वैध राष्ट्रपति भएको र सबै आरोपहरू निराधार रहेको बताएका छन्। न्यूयोर्क सहरस्थित संघीय अदालतमा सोमबार उपस्थित हुँदा न्यायाधीश एल्भिन हेलरस्टाइनले पहिचान पुष्टि गर्न आग्रह गरेपछि मादुरोले स्पेनी भाषामा भने, हो, म निकोलस मादुरो हुँ। म भेनेजुएला गणराज्यको ...
: संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा पाकिस्तानले भेनेजुएलामा विकसित अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसले विश्वव्यापी शान्ति र स्थिरतामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानका कार्यवाहक स्थायी प्रतिनिधि उस्मान जादुनले बैठकमा विश्व अहिले धेरै अन्तर्राष्ट्रिय संकटहरूको सामना गरिरहेको उल्लेख गर्दै बढ्दो तनावले नयाँ खतराहरू सिर्जना गर्न सक्ने बताए। 'विश्व पहिले नै ...
: भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले संयुक्त राज्य अमेरिकासँग सहकार्य र संवादका लागि तयार रहेको बताएकी छन्। कार्यवाहक राष्ट्रपतिको रूपमा पहिलोपटक मन्त्रिपरिषद् बैठक बोलाएर उनले सार्वजनिक विज्ञप्ति जारी गर्दै भेनेजुएलाको विदेश नीति शान्ति र कूटनीतिक संवादमा केन्द्रित रहने स्पष्ट पारेकी हुन्। विज्ञप्तिमा रोड्रिगेजले भेनेजुएला शान्तिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै अमेरिकासँग 'सन्तुलित र सम्मानजनक' सम्बन्ध विकास गर्नु ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम