मुख्य समाचार
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याएको छ
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याएको छ

— भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याएको छ।

उनीहरूलाई न्यूयोर्क राज्यस्थित स्टिवार्ट एयर नेशनल गार्ड बेसबाट हेलिकोप्टरमार्फत म्यानहट्टनस्थित डीईए (ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन) कार्यालय लगिएको थियो । त्यसपछि दुवैलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको आँखामा पट्टी बाँधिएको तस्बिर सार्वजनिक गरेका थिए। मदुरोलाई इवो जिमा नामक पानीजहाजमार्फत न्यूयोर्क ल्याइँदै गरिएको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इजरायलको हमलामा इरानका नयाँ सर्वोच्च नेता मोज्ताब खामेनी पनि घाइते भएको खुलेको छ । स्रोतका अनुसार, इरानका नयाँ सर्वोच्च नेता मोज्ताब खामेनी युद्धको पहिलो दिनमा खुट्टा भाँचिनुका साथै केही चोटपटक लागेको छ । अमेरिकाले र इजरायलले गरेको बमबारी अभियानको पहिलो दिन उनी घाइते भएको सीएनएनले जनाएको छ । ५६ वर्षीय खामेनीको खुट्टा भाँचिनुका ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशमा हुने औद्योगिक उत्पादन र आपूर्ति व्यवस्थालाई लिएर बुधबारदेखि नयाँ 'व्यापारिक अनुसन्धान' सुरु गरेको छ। अमेरिकाको सर्वोच्च अदालतले आर्थिक आपतकालको हवाला दिँदै लगाइएको ट्रम्पको पुरानो आयात शुल्क (इम्पोर्ट ट्यारिफ) लाई खारेज गरिदिएपछि यो नयाँ कदम चालिएको हो। यस अनुसन्धानको दायरामा भारतसहित विश्वका १६ ठूला अर्थतन्त्र भएका मुलुकहरूलाई राखिएको छ। अमेरिकी ...
: मध्यपूर्वमा चर्किएको युद्धको सिधा असर विश्व आर्थिक बजारमा देखिएको छ। बिहीबार सुरुवाती कारोबारका क्रममा प्रमुख एसियाली सेयर बजारहरू ओरालो लागेका छन्। जापानको निक्केई र अष्ट्रेलियाको सेयर बजार सूचकांक करिब १ प्रतिशतले घटेका छन्। त्यस्तै दक्षिण कोरियाको कोस्पी इन्डेक्स पनि करिब ०.४ प्रतिशतले तल झरेको छ। इरानले विश्व समुदायलाई चेतावनी दिँदै तेलको मूल्य प्रतिब्यारेल २०० अमेरिकी ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव र 'होर्मुज स्ट्रेट' मा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणका कारण विश्व बजारमा देखिएको इन्धन अभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) ले ऐतिहासिक कदम चालेको छ। आईईएका ३२ सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन भण्डारबाट कुल ४० करोड ब्यारेल कच्चा तेल विश्व बजारमा उपलब्ध गराउने सर्वसम्मत निर्णय गरेका छन्। एजेन्सीको उक्त निर्णयमा अमेरिकाले ...
: इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मुज्तबा खामेनीले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक सन्देश जारी गर्दै कडा रणनीति सार्वजनिक गरेका छन्। उनले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग 'हर्मुज जलडमरुमध्य' तत्काल नखोलिने घोषणा गर्दै शत्रु देशहरूमाथि दबाब बढाउने घोषणा गरेका हुन् । आफ्नो विशेष सन्देशमा सर्वोच्च नेता खामेनीले पश्चिम एसिया (मध्यपूर्व)क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरू तत्काल ...