मुख्य समाचार
नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनसुन सुरु हुनु अघि दुई टेस्ट राष्ट्रसँग घरेलु शृंखला खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनसुन सुरु हुनु अघि दुई टेस्ट राष्ट्रसँग घरेलु शृंखला खेल्ने

— नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनसुन सुरु हुनु अघि दुई टेस्ट राष्ट्रसँग घरेलु शृंखला खेल्ने भएको छ । वर्ष २०२६ का लागि क्यालेन्डर सार्वजनिक गर्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले दुई टेस्ट राष्ट्र नेपाल आएर खेल्न लागेको जानकारी गराएका छन् ।

क्यानको क्यालेन्डर अनुसार नेपालले मार्च १० देखि २५ सम्म ओमान र यूएई तथा मे ५ देखि १८ सम्म अमेरिका र स्कटल्यान्डसम्मिलित क्रिकेट विश्वकप लिग–२ का दुई शृंखला आयोजना गर्दै छ । एकदिवसीय विश्वकप छनोटको आधार रहेको लिग–२ का अगाडि र पछाडि नेपालले टेस्ट राष्ट्रलाई बोलाएर खेलाउने तयारी गरेको हो ।

‘विभिन्न टेस्ट राष्ट्रसँग समन्वय गरिररहेका छौं, यही टेस्ट राष्ट्र आउँछ भन्ने भन्दा पनि वर्षा सुरु हुनु अगाडि कम्तीमा दुई टेस्ट राष्ट्रलाई बोलाउने प्रयत्न गरिरहेका छौं,’ खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘क्रिकेट विश्वकप लिग–२ सुरु हुनु अगाडि र पछाडि दुई एकदिवसीय द्विपक्षीय शृंखला हुनेछ ।’

क्यान सचिव खड्काले कुन टेस्ट राष्ट्र भनेर भने खुलाएनन् । नेपाल लिग–२ मा २० खेलमा १२ अंकमात्र जोड्न सकेको छ र आठ राष्ट्रसम्मिलित प्रतियोगितामा सातौं स्थानमा छ । जसका कारण नेपालको एकदिवसीय अनतर्राष्ट्रिय मान्यता संकटमा छ । आउँदो दुई घरेलु शृंखलाले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय भविष्यको निर्क्योल गर्न सक्छ । सोक्रममा नेपाल ‘ए’ टिमले काठमाडौं आउने टोलीसँग अभ्यास खेल खेल्ने भएको छ ।

क्यानको क्यालेन्डरअनुसार ओमान र यूएईसँग घरेलु मैदानमा लिग–२ को शृंखला खेल्नु अगाडि नेपालले टेस्ट राष्ट्रसँग खेल्ने तालिका छ । अमेरिका र स्कटल्यान्डसँग घरेलु मैदानमा लिग–२ को शृंखला खेलेपछि चौथो टोली टेस्ट राष्ट्र समावेश गरेर ट्वान्टी–२० शृंखला आयोजना गर्ने तयारी क्यानको छ ।

जुलाईमा नेदरल्यान्ड्स गएर नेदरल्यान्ड्स र नामिबिया तथा अक्टोबरमा ओमान गएर ओमान र क्यानडासँग खेलेर नेपालले लिग–२ को यात्रा टुंग्याउने छ । तीन वर्षको लिग–२ साइकलमा सहभागी सबै टोलीले समान ३६ खेल खेल्ने छन् ।

जनवरीमा नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोट आयोजना गर्दै छ । १० राष्ट्रसम्मिलित प्रतियोगितामा नेपाली महिला क्रिकेट टोली व्यस्त हुनेछ भने पुरुष टोली अर्को महिना भारतमा हुने ट्वान्टी–२० विश्वकपको तयारीमा छ । ट्वान्टी–२० विश्वकप तयारीको खाका १–२ दिनमै घोषणा हुने खड्काले बताए । नेपाल ट्वान्टी–२० विश्वकपको तयारीका लागि श्रीलंका जाने सम्भावना रहेको बताइएको छ ।



त्यस्तै नेपालले वर्ष २०२७ मा बंगलादेशसँग मिलेर आईसीसी यू–१९ विश्वकप क्रिकेट आयोजना गर्दै छ । त्यसका लागि नेपालले विशेषलक्षित गरी क्यालेन्डर तयार पारेको क्यानका क्रिकेट म्यानेजर विनोद दासले जनाए । क्यानले त्यसका लागि अप्रिलमा यू–१९ महिला त्रिकोणात्मक शृंखला आयोजना गर्दै छ भने यू–१९ राष्ट्रिय प्रतियोगिता सेप्टेम्बरमा हुनेछ । नेपालका नवनियुक्त महिला प्रशिक्षक हर्शल पाठक सबै प्रदेश गएर खेलाडी छनोट गरेर नेपालको यू–१९ टोली पनि हेर्नेछन् ।

नेपाल प्रिमियर लिग यसपालि एक महिना अगाडि अक्टोबर–नोभेम्बरमा हुनेछ । ‘हाम्रो क्यालेन्डर निकै व्यस्त छ, हामीले धेरै गृहकार्य गरेर यो तयार पारेका छौं,’ सचिव खड्काले भने, ‘हाम्रो क्यालेन्डर यति व्यस्त छ कि राष्ट्रिय खेलाडीले सबै प्रतियोगिता खेल्न नभ्याउन पनि सक्छन् ।’

मेमा महिला अन्तर्राष्ट्रिय शृंखला हुनेछ । राजधानीबाहिर पनि मैदानहरू निर्माण भइरहेकाले यो प्रतियोगिता मोफसलमा आयोजना गर्ने खड्काले जानकारी दिए । क्यानको क्यालेन्डरअनुसार सोमबारदेखि प्रधानमन्त्री कपका लागि जिल्ला छनोट सुरु हुँदै छ । राष्ट्रिय प्रतियोगिता मार्चमा हुनेछ । जय ट्रफी फेब्रुअरीमा हुनेछ । वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अप्रिलमा हुनेछ ।

महिला राष्ट्रिय प्रतियोगिता मे २ देखि २० सम्म हुनेछ । क्यानले जुलाईमा लेभल–२ कोचिङ कोर्स र अगस्टमा लेभल १ अम्पायरिङ कोर्स गर्ने जनाएको छ । अगस्टमा नेपालले एसीसी प्रिमियर कप खेल्ने छ भने कुवेतसँगको शृंखला पनि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम