मुख्य समाचार
इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार सिफारिस
इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार सिफारिस

— एमालेले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ ।

शनिबार धार्मिक तथा पर्यटकीय क्षेत्र गजुरमुखी धाममा सम्पन्न एमाले इलाम क्षेत्र नम्बर २ प्रतिनिधि क्षेत्र समन्वय कमिटीको बैठकले उक्त क्षेत्रबाट सुहाङको नाम सिफारिस गरेको हो ।

नेम्वाङको एकल नाम सर्वसम्मत सिफारिस भएसँगै अब पुनः एक पटक नेम्वाङ प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने पक्का भएको छ । नेम्वाङ २०८१ वैशाख १५ गते सम्पन्न इलाम-२ को उपनिर्वाचनबाट पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मुगुमा सेनाको बोलेरो जिप दुर्घटनामा एक अमलदारको मृत्यु भएको छ । हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्‍याउन गएको जिप फर्किने क्रममा दुर्घटनामा परेको हो । मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मृत्यु हुनेमा हनुमान ध्वज गुल्मका अमलदार चालक हरिसिंह ऐडी छन् । बैतडीको पाटन-४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले ...
— अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ १० जना सिफारिस भएका छन् । आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि नेकपाबाट एक जना समानुपातिक र नौ जना प्रत्यक्षतर्फ सिफारिस भएको अखिल (क्रान्तिकारी) सुदूरपश्चिम अध्यक्ष वीरबहादुर थापाले जानकारी दिए । उनले सङ्गठनप्रतिको निरन्तर योगदान, निष्ठा र क्षमताको कदरस्वरूप नवयुवा तथा युवा वर्गबाट ...
— बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड, २०८२ लागू भएसँगै विभिन्न मन्त्रालय र मातहतका निकायले राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजना अघि सार्न थालेका छन् । अर्थ मन्त्रालयले १३ पुसमा बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड लागू गरेसँगै चालु आर्थिक वर्षमा काम हुने ठूला आयोजनाका लागि स्रोत सहमति माग्न थालिएको हो । अर्थले राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट र ...
: मोरङको सुन्दरहरैँचामा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सुन्दरहरैँचा नगरपालिका–६ चन्द्रसूर्य टोल रिङरोडस्थित भित्री सडक खण्डमा साँझ ६:३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। गछियाबाट चन्द्रसूर्य टोलतर्फ जाँदै गरेको को ३४ प ६४५४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीवन गिरी ...
: नेपाली कांग्रेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग बेवारिसे हुन नदिने बताएका छन्। कानुनविद्हरूसँग शनिबार छलफल गर्दै उनीहरूले केन्द्रले नबोलाए पनि आफूहरूले माग बेवारिसे हुन नदिने बताएका हुन्। 'विधानबमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा हामी स्पष्ट छौं। अझै पनि हाम्रो प्रयास केन्द्रले आफैं बोलाउनुपर्छ ...