मुख्य समाचार
नेपालले खेलेको पहिलो ओलम्पिकका प्रतिस्पर्धी बक्सर नामसिंह थापाको शनिबार ७९ वर्षको उमेरमा निधन
नेपालले खेलेको पहिलो ओलम्पिकका प्रतिस्पर्धी बक्सर नामसिंह थापाको शनिबार ७९ वर्षको उमेरमा निधन

— नेपालले खेलेको पहिलो ओलम्पिकका प्रतिस्पर्धी बक्सर नामसिंह थापाको शनिबार ७९ वर्षको उमेरमा निधन भएको छ ।

गोर्खा सेमेट्री ट्रस्ट हङकङका सचिव अमोद राईका अनुसार थापाको हङकङमै दिउँसो निधन भएको हो । तीन महिनाअघि घरमा लडेपछि उनलाई प्यारालाइसिस भएको र पछिल्लो महिनादेखि थला परेको राईले जानकारी गराए ।

सन् १९६४ मा भएको टोकियो ओलम्पिकमा नेपाली खेलाडीले पहिलो पटक सहभागिता जनाएका थिए । धावकद्वय भूपेन्द्र सिलवाल र गंगाबहादुर थापामगरसहित बक्सरहरू नामसिंह, भीमबहादुर गुरुङ, रामप्रसाद गुरुङ, ओमप्रसाद पुनले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । बक्सरहरू सबै हङकङबाटै जापान पुगेका थिए ।

५१ केजी फ्लाइवेटमा पहिलो चरण बाइ पाएका नामसिंह राउन्ड अफ १६ मा अमेरिकाका रोबर्ट जोन कारमेडीसँग आरएससीका आधारमा पराजित भएका थिए । उनले रिङमा २ मिनेट ४५ सेकेन्ड प्रतिस्पर्धा गरे । उनी ओलम्पिकमा खेल्दा १८ वर्षका मात्र थिए ।

२७ वर्ष गोर्खा आर्मीमा काम गरेका उनी गोर्खा क्याप्टेनको रूपमा अवकाश भए । त्यसपछि उनले वेलफेयर अफिसियरका रूपमा तत्कालीन राप्ती अञ्चलमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको आइची–नागोयामा जारी एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलमा नेपालले पहिलो खेलमै जापानसँग सोझो सेटमा हार बेहोरेको छ । नेपाल जापानसँग २५–८, २५–१२ र २५–११ ले पराजित भयो । एफआईभीबी विश्व वरियतामा महिलातर्फ छैटौं स्थानमा तथा एसियाको शीर्षस्थानमा रहेको जापानसामू नेपाल निरीह देखिएको थियो । नेपालले अब प्रतियोगिताको दोस्रो खेल इन्डोनेसियासँग बिहीबार खेल्नेछ । यदि उक्त ...
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेले आईसीसी ओडीआई बलिङ वरियतामा स्थान सुधार गरेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार बाँयाहाते स्पीनर ललितले पाँच स्थान सुधार गर्दा लेग स्पीनर सन्दीपले ३ स्थान सुधार गरेका हुन् । नयाँ वरियतामा ललित ४०औं स्थानमा छन् भने सन्दीप ४६औं स्थानमा छन् ...
। नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा ५ स्थान माथि उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र ५ स्थान सुधार गर्दै १७औं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर १७१ भएको छ । यसअघि उनको रेटिङ अंक १५९ थियो । गत शनिबार सम्पन्न एसीसी प्रिमियर ...
: नेपाल क्रिकेट संघ (क्यान)ले २० औं एसियन गेम्स खेल्ने टोलीको नाम सार्वजनिक गरेको छ। मंगलबार साँझ क्यानले टोलीको नाम सार्वजनिक गरेको हो। घाइते नन्दन यादवको टिममा पुनरागमन भएको छ भने एकदिवसीय फर्म्याटमा एसीसी प्रिमियर कप खेल्दा टिमबाट ड्रप भएका कुशल भुर्तेल पनि टिममा फर्किएका छन।
: नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा ब्याटर रोहित पौडेलसहित युएईका दुई ब्याटर आदिब उस्मानी र खुजैमा तनविरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले कारबाही गरेको छ। मलेसियामा भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा मैदानभित्र भएको विवादमा आचर संहिता उल्लङ्घन गरेको भन्दै तीन खेलाडीलाई आइसीसीले कारबाहीको घोषणा गरेको हो। फाइनल खेलको ३१ औं ओभरमा मैदानमा भएको विवादमा रोहित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम