मुख्य समाचार
बढ्दो तनावका बीच भेनेजुएलामाथि अमेरिकी आक्रमण, आपतकाल घोषणा
बढ्दो तनावका बीच भेनेजुएलामाथि अमेरिकी आक्रमण, आपतकाल घोषणा

: अमेरिकाले भेनेजुएलाको राजधानीमा आक्रमण गरेको छ। बढ्दो तनावका बीच अमेरिकाले भेनेजुएलाको राजधानीस्थित सैनिक क्षेत्रहरूमा आक्रमण गरेको हो।


प्रत्यक्षदर्शीहरूका अनुसार शहरको बीचभागमा रहेको सैन्य हवाई अड्डा ‘ला कार्लोटा’ र मुख्य सैन्य अड्डा ‘फुएर्ते तिउना’मा आक्रमण गरिएको हो। यी दुवै स्थानमा भएको भनिएका धमाकाका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।


बीबीसीका अमेरिकास्थित समाचार साझेदार सीबीएस न्युजले स्रोतहरूलाई उद्धृत गर्दै शनिबार बिहान सबेरै काराकासको आकाशमा धमाका र विमान उडेको गतिविधिबारे ट्रम्प प्रशासनका अधिकारीहरूलाई जानकारी रहेको जनाएको छ।



यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि केही सातादेखि बढाउँदै आएको दबाबपछि देखिएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले मादुरो अमेरिकाभित्र लागूऔषध तस्करी र आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएका छन्।

अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई दिएको जानकारीअनुसार राष्ट्रपति ट्रम्पले भेनेजुएलाभित्रका सैन्य ठिकानासहित विभिन्न स्थानमा आक्रमणको आदेश दिएका छन्।

यसबीच भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशभर राष्ट्रिय आपतकाल घोषणा गरेका छन्। उनले अमेरिकी आक्रमणको कडा निन्दा गर्दै यसलाई भेनेजुएलाको तेल र खनिज स्रोतमा कब्जा जमाउने प्रयासको रूपमा व्याख्या गरेका छन्।

सरकारी विज्ञप्तिमा राजधानी काराकासमा भएका आक्रमणहरूको उद्देश्य 'भेनेजुएलाका रणनीतिक स्रोत, विशेषगरी तेल र खनिजमा नियन्त्रण जमाउनु' र 'देशको राजनीतिक स्वतन्त्रतालाई बलपूर्वक कमजोर पार्नु' रहेको उल्लेख गरिएको छ।

राष्ट्रपति मादुरोले 'सम्पूर्ण देशमा बाह्य उथलपुथलको अवस्था' घोषणा गर्ने आदेशमा हस्ताक्षर गर्दै त्यसलाई तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिएका छन्। साथै, सबै राष्ट्रिय रक्षा योजनाहरू 'उचित समय र उपयुक्त परिस्थितिमा' लागू गर्न आदेश दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...