मुख्य समाचार
एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको शारीरिक विजेता टिपटप हेल्प नेपालले उपाधि रक्षा गरेको छ।
एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको शारीरिक विजेता टिपटप हेल्प नेपालले उपाधि रक्षा गरेको छ।

: एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको शारीरिक विजेता टिपटप हेल्प नेपालले उपाधि रक्षा गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको पुरुषतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै उपाधि रक्षा गरेको छ।

टिपटपले आर्मीलाई २५-२१, २५-२१ र २५-२१मा पराजित गरेको हो। त्रिभुवन आर्मी क्लब लगातार दुईपटक उपविजेतामा सीमित बनेको हो। गत संस्करणमा पनि टिपटप हेल्प नेपालसँग पराजित हुँदै आर्मी उपविजेतामा सीमित बनेको थियो। यसअघि महिला तर्फको फाइनल खेलमा न्यु डाइमण्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।


महिला र पुरुष दुवैतर्फको आज बिहान भएको तेस्रो स्थानको खेलमा महिला तर्फ नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-०को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। पुरुषतर्फ नेपाल पुलिस क्लबले रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरलाई ३-२ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो।



महिला तर्फको विजेता न्यु डायमण्ड स्पोर्ट्स क्लब तथा पुरुष दुवैतर्फको विजेता टिपटप हेल्प नेपालले ट्रफीसहित समान नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन्।
उपविजेता महिला तर्फको नेपाल पुलिस क्लब र पुरुष तर्फको उपविजेता त्रिभुवन आर्मी क्लबले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो हुने महिला तर्फको नेपाल एपिएफ क्लब र पुरुष तर्फको नेपाल पुलिस क्लबले टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यसैगरी, उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। विधागततर्फ उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल भलिबल संघ (एनभीए) ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम