मुख्य समाचार
गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग बेवारिसे हुन नदिने बताए
गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग बेवारिसे हुन नदिने बताए

: नेपाली कांग्रेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग बेवारिसे हुन नदिने बताएका छन्। कानुनविद्हरूसँग शनिबार छलफल गर्दै उनीहरूले केन्द्रले नबोलाए पनि आफूहरूले माग बेवारिसे हुन नदिने बताएका हुन्।

'विधानबमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा हामी स्पष्ट छौं। अझै पनि हाम्रो प्रयास केन्द्रले आफैं बोलाउनुपर्छ भन्ने छ। त्यसका लागि अन्तिमम्म लाग्नेछौं। केन्द्रले बोलाएन भने यो माग बेवारिसे हुन सक्दैन। विधान र कानुनबमोजिम पूरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्य हामीले सचेततापूर्वक पूरा गर्नुपर्छ,' छलफलमा उनीहरूको निष्कर्ष थियो।


फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्ने र नयाँ ऊर्जा, नीति, संकल्पसहित पार्टी निर्वाचनमा जानुपर्ने उनीहरूको बुझाइ छ। 'हामीले बारम्बार भनेका छौं, नेतृत्वमा हामी को रहने भन्ने विषय गौण हो। पार्टीको अस्तित्व, पद्धतिको विषय महत्वपूर्ण हो,' उनीहरूले भनेका छन्।



विधानको धारा १७ (२) आफैंमा केन्द्रीय महाधिवेशनको कार्यविधि भएको र थप कार्यविधि र एजेण्डा आवश्यक परे स्वयं विशेष महाधिवेशन आफैंले नै तय गर्नुपर्ने सुझाव कानुनविद्हरूको छ।

'विधान बमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनू, विधानको पालना नगर्नू, विधानको उल्लंघन हो। केन्द्रले प्राप्त जिम्मेवारी बमोजिम काम नगर्नू विधान र राजनीतिक दलसमबन्धी कानुनको समेत विपरीत हो। यसो नगरेमा संविधान र प्रचलित कानुन नमानेको ठहर्छ र त्यस अनुसार सजाय भोग्न तयार रहनुपर्छ,' कानुनविद्हरूले सुझाव दिए।
विधान बमोजिम बहुमत महाधिवेशन प्रतिनिधिले माग गरेपछि केन्द्रले विशेष महाधिवेशन बोलाउनैपर्छ। केन्द्र भनेको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालय रहेको कानुनविद्हरूको तर्क छ।

'केन्द्रीय कार्यसमितिले बोलाएन भने विशेष महाधिवेशन बोलाउने दुई वटा विधि छन्। एक केन्द्रको तर्फबाट केन्द्रीय कार्यालय अर्थात् महामन्त्रीले बोलाउन सक्छन्। दोस्रो विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरू स्वयंले नै बोलाउन सक्छन्। किनकि विधानले केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले भनेको केन्द्रले आवश्यक नठाने पनि महाधिवेशन प्रतिनिधिले स्वयंले विशेष महाधिवेशन बोलाउन सक्छन्। त्यो महाधिवेशनको ५१ प्रतिशतले गरेको निर्णय गणपुरक हुन्छ, वैधानिक हुन्छ। दोस्रो अवस्थामा विशेष महाधिवेशनमा सहभागी हुने नहुने महामन्त्री लगायत केन्द्रका पदाधिकारीको राजनीतिक निर्णय हो,' कानुनविद्हरूको भनाइ छ।

कानुनको व्याख्याको सिद्धान्तले स्पष्ट गरेको विषय उदाहरण दिँदै उनीहरूले भनेका छन्, 'गर्नु पर्नेछ भनेपछि गर्नैपर्छ। कानुनत: 'Shall and May' मा Shall Mandatory हो May Optional हो। विधानको १७(२) Shall हो। यो सक्नेछ होइन पर्नेछ हो। अर्थात् बाध्यात्मक हो। निवेदन परेपछि कुनै छनोटको विषय हुँदैन।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— केन्द्रीय सुरक्षा समितिले निर्वाचन सम्बन्धमा सुरक्षा निकायले गरिरहेको अन्तिम तयारीबारे जानकारी लिने भएको छ । गृह मन्त्रालयमा आइतबार बसेको समितिको बैठकले निर्वाचनको सन्दर्भमा सुरक्षा निकायहरूले अहिलेसम्ममा के-कस्ता तयारी गरेको छ र त्यसमा मन्त्रालयले गर्नु पर्ने समन्वयको पाटोमा छलफल भएको गृह प्रवक्ता तथा सह-सचिव आनन्द काफ्लेले बताए । उनले जेन-जी आन्दोलनपछि फरार रहेका कैदीबन्दीहरूको पक्राउ ...
२३ र २४ भदौको घटनामा छानबिन गर्न गठन भएको जाँचबुझ आयोगमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो भनाइ राखेका छन् ।
— देशका ९ वटा जिल्ला साक्षर हुन बाँकी रहँदा डोल्पा सारक्षता घोषणाको तरखरमा छ भने मधेशका ८ वटै जिल्ला निरक्षरमै दरिएका छन् । आउँदो वैखभित्र मधेश प्रदेशका ८ वटै जिल्लालाई साक्षर घोषणा गर्ने प्रतिवद्धता भने जनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार जनकपुरमा आयोजना गरेको साक्षर मधेश फ्रदेश घोषणा तयारी अन्तरक्रिया कार्यत्रममा मधेश प्रदेशको साक्षरता ...
— निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ । आयोगले ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । आगामी फागुन २१ का लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ...
— बाजुराको बूढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पालिकाका तत्कालीन मेयर दीपकबिक्रम शाहसहित १६ विरुद्ध मुद्दा दायर भएको छ । आब २०७८/७९ मा विनियोजित बजेटबाट भवन निर्माण गर्दा मिलेमतोमै लागत अनुमान तयदेखि मिलेमतोमै ठेक्का सम्झौता र निर्माण गरी सरकारी सम्पत्ति हानीनोक्सानी गरेको तत्कालीन अभियोगमा मेयर शाहसहित १५ व्यक्ति र एक निर्माण कम्पनीविरुद्ध अख्तियार दुरुपयोग ...