मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको विधान अनुसार नै एन्फाको निर्वाचन गर्ने निर्णय
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको विधान अनुसार नै एन्फाको निर्वाचन गर्ने निर्णय

: अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको विधान अनुसार नै एन्फाको निर्वाचन गर्ने निर्णय गरेको बताएका छन्।

एन्फाको अर्लि इलेक्सन गर्ने निर्णयप्रति विरोध भएपछि शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासचिव राईले विधान अनुसार नै चार वर्षको कार्यकाल सकिनु अघि नै निर्वाचन गर्ने निर्णय गरेको बताएका हुन्। उनले वर्तमान कार्यसमितिका बारेमा धेरै प्रश्न उठे पनि ताजा निर्वाचनमा जान विधान अनुसार अघि बढ्न खोजेको स्पष्ट पारे। आफू नियुक्त भएदेखि धेरै ठूला आरोप र आलोचना खेप्दै नेपाली फुटबललाई अहिलेको अवस्थामा ल्याउन सफल भएको उनको भनाइ छ।


एन्फा कार्यसमितिको पुस १६ गते बसेको बैठकले आगामी माघ २८ गते झापामा निर्वाचन गर्ने निर्णय गरेको थियो। तर, केही सदस्यहरूले उक्त निर्णय विधानविपरीत, अलोकतान्त्रिक र स्वेच्छाचारी भएको आरोप लगाउदै विरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेले आईसीसी ओडीआई बलिङ वरियतामा स्थान सुधार गरेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार बाँयाहाते स्पीनर ललितले पाँच स्थान सुधार गर्दा लेग स्पीनर सन्दीपले ३ स्थान सुधार गरेका हुन् । नयाँ वरियतामा ललित ४०औं स्थानमा छन् भने सन्दीप ४६औं स्थानमा छन् ...
। नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा ५ स्थान माथि उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र ५ स्थान सुधार गर्दै १७औं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर १७१ भएको छ । यसअघि उनको रेटिङ अंक १५९ थियो । गत शनिबार सम्पन्न एसीसी प्रिमियर ...
: नेपाल क्रिकेट संघ (क्यान)ले २० औं एसियन गेम्स खेल्ने टोलीको नाम सार्वजनिक गरेको छ। मंगलबार साँझ क्यानले टोलीको नाम सार्वजनिक गरेको हो। घाइते नन्दन यादवको टिममा पुनरागमन भएको छ भने एकदिवसीय फर्म्याटमा एसीसी प्रिमियर कप खेल्दा टिमबाट ड्रप भएका कुशल भुर्तेल पनि टिममा फर्किएका छन।
: नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा ब्याटर रोहित पौडेलसहित युएईका दुई ब्याटर आदिब उस्मानी र खुजैमा तनविरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले कारबाही गरेको छ। मलेसियामा भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा मैदानभित्र भएको विवादमा आचर संहिता उल्लङ्घन गरेको भन्दै तीन खेलाडीलाई आइसीसीले कारबाहीको घोषणा गरेको हो। फाइनल खेलको ३१ औं ओभरमा मैदानमा भएको विवादमा रोहित ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को एक फ्रेन्चाइज टोली विराटनगर किंग्सले एसीसी प्रिमियर कपको विजेता हरेक खेलाडी तथा अफिसियललाई नगद सहित सम्मान गर्ने भएको छ। विराटनगरले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा हरेक खेलाडी तथा अफिसियललाई ५० हजार तथा विराटनगर किंग्स तथा नेपाल राष्ट्रिय टोलीका कप्तान सन्दीप लामीछानेलाई १ लाख दिने घोषणा गरेको हो। राष्ट्रिय टोलीले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम