मुख्य समाचार
अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ १० जना सिफारिस
अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ १० जना सिफारिस

— अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ १० जना सिफारिस भएका छन् ।

आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि नेकपाबाट एक जना समानुपातिक र नौ जना प्रत्यक्षतर्फ सिफारिस भएको अखिल (क्रान्तिकारी) सुदूरपश्चिम अध्यक्ष वीरबहादुर थापाले जानकारी दिए । उनले सङ्गठनप्रतिको निरन्तर योगदान, निष्ठा र क्षमताको कदरस्वरूप नवयुवा तथा युवा वर्गबाट प्रतिनिधित्वका लागि सिफारिस भएको जानकारी दिए ।

सिफारिस हुनेहरूमा केन्द्रीय उपाध्यक्ष दिपा जैसी (कैलाली क्षेत्र नं. ४), सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर थापा (डोटी जिल्ला), केन्द्रीय सचिव वीरेन्द्र जी.सी. (कैलाली क्षेत्र नं. ३), निवर्तमान कैलाली अध्यक्ष शिवराज सञ्ज्याल (कैलाली क्षेत्र नं. २) रहेका छन् ।

त्यस्तै अछाम जिल्ला इन्चार्ज चन्द्र भण्डारी (अछाम क्षेत्र नं. १), सुदूरपश्चिम प्रदेश सचिव मनोज पुन मगर (कैलाली क्षेत्र नं. ५), केन्द्रीय सदस्य राजीव नेपाली (कञ्चनपुर क्षेत्र नं. ३), सुदूरपश्चिम प्रदेश विभागीय इन्चार्ज हेमराज अवस्थी (कञ्चनपुर क्षेत्र नं. २), कैलाली जिल्ला अध्यक्ष तपेन्द्रबहादुर शाह (कैलाली क्षेत्र नं. १) र कैलाली जिल्ला उपाध्यक्ष बम बहादुर विश्वकर्मा (कैलाली क्षेत्र नं. ४) सिफारिस भएका छन् । दीपा जैसी समानुपातिक र अन्य सबै प्रत्यक्षतर्फ सिफारिस भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले इजरायलको कृषि र घरमा आधारित सहायक श्रमिक (केयरगिभर) क्षेत्रमा नेपाली पठाउने बाटो सोमबार खुल्ला गरेको छ । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषिका नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमा र घरमा आधारित सहायक श्रमिक (केयरगिभर)लाई ५ वर्षको दीर्घकालीन रोजगारी दिन भन्दै इजरायलद्वारा पठाईएको थप दुई वटा नयाँ प्रोटोकलको मस्यौदालाई पारित गरेको हो । अब यी ...
— सरकारले जेन-जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय ...
— सरकारले जेन-जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेन-जी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
कांग्रेस संस्थापन पक्षले नियमित महाधिवेशनका लागि यसअघि निर्धारित २७–२९ पुसको कार्यतालिका संशोधन गरी २८–३१ वैशाख २०८३ मा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गराइसकेको छ
— नक्कली योजना बनाएर रकम भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिका पूर्वअध्यक्षसहित ६ जनालाई विषेश अदालत दोषी ठहर गरेको छ। विशेष अदालतले पालिकाका तत्कालीन अध्यक्ष, वडाध्यक्ष र कर्मचारीसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष बर्कबहादुर रोकाया, वडा ४ ...