मुख्य समाचार
दाङ २ बाट पोखरेल एकल सिफारिस
दाङ २ बाट पोखरेल एकल सिफारिस

— एमालेले दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महासचिव शंकर पोखरेललाई एकल उम्मेद्वार बनाउने निर्णय गरेको छ।

एमाले क्षेत्रीय समन्वय कमिटिको आइतबारको बैठकले पोखरेललाई एकल उम्मेद्वार सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए।

पोखरेल यस क्षेत्रबाट २०७९ को निर्वाचनमा १ सय ९३ मतान्तरले पराजित भएका थिए। २०७९ मा तत्कालीन माओवादी केन्द्र र कांग्रेस गठबन्धनकी उम्मेद्वार रेखा शर्मा २६ हजार ८ सय ८० मतले विजयी भएकी थिइन् भने पोखरेलले २६ हजार ६ सय ८७ मत प्राप्त गरेका थिए।

महासचिव पोखरेल २०७४ मा दाङ २ क बाट प्रदेशसभा सदस्यमा निर्वाचित भई लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पूर्ण रूपमा पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीसहित सरकारको नयाँ संरचना तयार गरेका छन्। यसअघि रहेका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिअनुसार नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा ...
: स्रोत नखुलेको करिब ४ लाख रूपैयाँसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१० का ३६ वर्षीय उमेश साह पक्राउ परेका हुन्। साह प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकलमा भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै थिए। शंकास्पद देखेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यस क्रममा स्रोत नखुलेको रकम साथबाट बरामद ...
: रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका शंकास्पद सवारी साधनको चेकजाँच बढाएको छ । चेकजाँचको पहिलो दिन सोमबार प्रहरीले शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले कागजपत्र नभएका ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएर सवारी साधनबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी ...
: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् । मंगलबार बिहान सचिवालयमा भेट्न पुगेका ३० केन्द्रीय सदस्यसँग उनले सहमतिमा विशेष महाधिवेशन गर्ने भए पनि माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए। उनले भने,'अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुंग्याउनु पर्नेछ । यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग ...
: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनलाई असर पार्ने कुनै पनि काम नगर्न प्रमुख दललाई चेतावनी दिएका छन्। सोमबार काठमाडौंमा नागरिक उन्मुक्ति पार्टीका नेताहरूलगायत थरुहट थारुवान अभियन्ताहरूलाई रास्वपामा प्रवेश गराउँदै लामिछानेले मुलुकले धेरै कठिनाइ भोगिसकेकाले निर्वाचनमार्फत सहज निकास दिनुपर्ने बताए। उनले निर्वाचनलाई असर पार्ने कुनै पनि काम नगर्न प्रमुख दललाई चेतावनी दिए। केही दलहरू जेनजी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम