मुख्य समाचार
देशभरका तालतलैया, नदी र सिमसारमा पाइने चरा गणना गर्न ४ सय चराविद्, नेचरगाइड, वाइल्डलाइफ फोटोग्राफर र स्वयंसेवक खटिए
देशभरका तालतलैया, नदी र सिमसारमा पाइने चरा गणना गर्न ४ सय चराविद्, नेचरगाइड, वाइल्डलाइफ फोटोग्राफर र स्वयंसेवक खटिए

— देशभरका तालतलैया, नदी र सिमसारमा पाइने चरा गणना गर्न ४ सय चराविद्, नेचरगाइड, वाइल्डलाइफ फोटोग्राफर र स्वयंसेवक खटिएका छन् । शनिबार सुरु गणना ४ माघसम्म हुनेछ ।

वेटल्यान्ड इन्टरनेसनलको संयोजन र नेपाल पन्छीविद् संघको समन्वयमा गणना थालिएको हो । यसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र पन्छी संरक्षण संघ (बीसीएन) को पनि सहकार्य छ ।

पूर्वको कोशीदेखि पश्चिममा शुक्लाफाँटासम्मको स्थानमा जलपन्छीको गणना हुनेछ । त्यस्तै तराईको जगदीशपुर पन्छी आरक्षदेखि उत्तरमा हिमाली क्षेत्र रारा तालसम्म गणना गरिनेछ । १८ प्रमुख सिमसार क्षेत्रअन्तर्गत ८० भन्दा बढी ठाउँमा गणना गरिने वेटल्यान्ड इन्टरनेसनलका पानी चरा गणना राष्ट्रिय संयोजक लक्ष्मण पौड्यालले बताए ।

पानी, तालतलैया, सिमसार र आसपासको क्षेत्रमा आहारविहार, प्रजनन र समय बिताउने चराका प्रजातिलाई जलपन्छी भनिन्छ । जलपन्छी मुख्य रूपमा कुन क्षेत्रमा बस्छन् भन्ने जानकारीपछि निश्चित दूरीबाट गणना गरिन्छ ।


चराको रङ, बनोट र आवाजबारे जानकारी भएका चराविज्ञ, नेचरगाइड दूरबिन र वाइनाकुलर लिएर गणनामा खटिन्छन् । अगाडि देखिने चराको संख्या र प्रजाति टिपोट गरिन्छ । कुनै चराले गणकलाई नाघेर अगाडि गए, संख्या नदोहोरियोस् भनेर उनीहरू त्यसलाई घटाउँछन् ।

गन्तव्यसम्म पुग्न चराले दिशा र बाटो पहिचानका लागि सूर्य तथा ताराको सहारा लिने चराविद् राजेन्द्र गुरुङ बताउँछन् । बसाइँसराइका बेला चराले प्रयोग गर्ने बाटोलाई ‘फ्लाइ वे’ भनिन्छ । विश्वमा ८ वटा यस्ता बाटा छन् । तीमध्ये नेपाल मध्यएसियाको बाटोमा पर्छ । वेटल्यान्ड इन्टरनेसनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपन्छी गणना हुने गरेको छ ।



पाहुना चराको अवस्था र अन्य चराबारे स्थानीय सचेतनाका लागि पनि गणना आवश्यक भएको चराविद् कृष्णप्रसाद भुसालको भनाइ छ । उत्तरी ध्रुवमा हिमपातको सुरुवात सुरु भएसँगै चरा बसाइँ सर्न थाल्छन् । बढी चिसोले आहारविहार र खानपानमा समस्या हुँदा हिउँदयामको बढ्दो जाडो छल्न यता आउँछन् । रुस, कजाकिस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान, अजरबैजान, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रहरूबाट नेपाल आउने पाहुना चरा यहाँका सिमसारमा हिउँद बिताउँछन् ।

तर, सिमसार क्षेत्र संकुचित र नासिँदै जाँदा हिउँदे जलपन्छी पछिल्ला वर्षमा घट्दै गएको चराविद् अंकितविलास जोशीले बताए । उडान मार्गमा हुने अवरोध र बढ्दो विषादी प्रयोगले जलपन्छी जोखिममा पर्दै गएको उनको भनाइ छ । ‘असुरक्षित बिजुलीका तार र अवैध चोरी/सिकारले पनि समस्या थपेको छ,’ उनले भने ।

अहिले गरिएको गणनाको रिपोर्ट वैशाखमा मनाइने वन्यजन्तु सप्ताहका बेला सार्वजनिक गरिनेछ । गत वर्ष मुलुकका १८ स्थानका ७८ क्षेत्रमा गरिएको चरा गणनामा ९६ प्रजातिका ९६ हजार ५ सय ६५ चरा गणना गरिएको थियो । नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपन्छी नै छन् । नेपालमा ९ सय ३ प्रजातिका चरा पाइएको अभिलेख छ । त्यसमध्ये १ सय ५० बढी हिउँदमा र ६० बढी ग्रीष्ममा आगन्तुक चरा आउँछन् । हिउँदमा आउने चरामा मुख्यतया हाँस, जलेवा, चखेवा, डुबुल्की चरा र गंगाचिललगायत प्रजातिका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको ...
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पूर्ण रूपमा पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीसहित सरकारको नयाँ संरचना तयार गरेका छन्। यसअघि रहेका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिअनुसार नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा ...
: स्रोत नखुलेको करिब ४ लाख रूपैयाँसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१० का ३६ वर्षीय उमेश साह पक्राउ परेका हुन्। साह प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकलमा भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै थिए। शंकास्पद देखेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यस क्रममा स्रोत नखुलेको रकम साथबाट बरामद ...
: रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका शंकास्पद सवारी साधनको चेकजाँच बढाएको छ । चेकजाँचको पहिलो दिन सोमबार प्रहरीले शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले कागजपत्र नभएका ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएर सवारी साधनबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी ...
: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् । मंगलबार बिहान सचिवालयमा भेट्न पुगेका ३० केन्द्रीय सदस्यसँग उनले सहमतिमा विशेष महाधिवेशन गर्ने भए पनि माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए। उनले भने,'अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुंग्याउनु पर्नेछ । यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम