मुख्य समाचार
यूएनडीपीको कर्मचारी भनी ठगी गर्दै हिँडेको आरोपमा युवक पक्राउ
यूएनडीपीको कर्मचारी भनी ठगी गर्दै हिँडेको आरोपमा युवक पक्राउ

— संयुक्त राष्ट्रसंघअन्तर्गतको यूएनडीपी (संयुक्त राष्ट्र विकास कार्यक्रम) को कर्मचारी भन्दै विभिन्न निकायबाट रकम असुली ठगी गर्दै हिँडेको आरोपमा लमजुङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–१३ घर भई हाल विभिन्न स्थानमा आवतजावत गर्दै आएका २५ वर्षीय सुजन सिलवाल रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार सिलवालले पछिल्ला केही दिनदेखि आफू यूएनडीपीको कर्मचारी भएको दाबी गर्दै अन्य सहयोगीसहित लमजुङका विभिन्न वडा कार्यालय, कृषि फर्म तथा विद्यालयमा पुग्ने गरेका थिए । शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग उपलब्ध गराइदिने बहानामा उनले निवेदन तथा प्रतिलिपि सेवा शुल्क, दस्तुरलगायतका रकम उठाउँदै ठगी गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रेशम बोहराका अनुसार खोजतलासका क्रममा पुस १८ गते बेलुकी दोर्दी गाउँपालिका–४ बाट उनलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियो । उनको साथबाट संयुक्त राष्ट्रसंघ नेपाललाई सहयोग तथा भौतिक पूर्वाधार विकासका लागि लेखिएका विभिन्न निवेदन पत्र, वडा कार्यालय तथा विद्यालयका नाममा तयार गरिएका कागजात, विभिन्न व्यक्तिहरूका फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान) दर्ता प्रमाणपत्र, नागरिकताको प्रतिलिपिहरू तथा ठगीबाट संकलन गरिएको नगद रकम बरामद गरिएको छ ।

प्रहरीले ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत लमजुङबाट आइतबार ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट सिलवालले यूएनडीपीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक जनालाई सहयोगीका रुपमा प्रयोग गरेको र सवारीसाधन भाडामा लिएर चालकसहित हिँडेको समेत खुलेको छ ।


प्रहरीले यस प्रकृतिको ठगीमा परेका अन्य व्यक्ति वा संस्था भए आवश्यक प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको ...
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पूर्ण रूपमा पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीसहित सरकारको नयाँ संरचना तयार गरेका छन्। यसअघि रहेका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिअनुसार नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा ...
: स्रोत नखुलेको करिब ४ लाख रूपैयाँसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१० का ३६ वर्षीय उमेश साह पक्राउ परेका हुन्। साह प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकलमा भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै थिए। शंकास्पद देखेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यस क्रममा स्रोत नखुलेको रकम साथबाट बरामद ...
: रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका शंकास्पद सवारी साधनको चेकजाँच बढाएको छ । चेकजाँचको पहिलो दिन सोमबार प्रहरीले शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले कागजपत्र नभएका ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएर सवारी साधनबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी ...
: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् । मंगलबार बिहान सचिवालयमा भेट्न पुगेका ३० केन्द्रीय सदस्यसँग उनले सहमतिमा विशेष महाधिवेशन गर्ने भए पनि माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए। उनले भने,'अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुंग्याउनु पर्नेछ । यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम