मुख्य समाचार
डोल्पामा स्थानीय युवक बेपत्ता भएको घटनामा असईसहित ५ जना प्रहरीविरुद्ध मुद्दा दायर
डोल्पामा स्थानीय युवक बेपत्ता भएको घटनामा असईसहित ५ जना प्रहरीविरुद्ध मुद्दा दायर

— डोल्पामा स्थानीय युवक बेपत्ता भएको घटनामा असईसहित ५ जना प्रहरीविरुद्ध मुद्दा दायर गरिएको छ । इलाका प्रहरी कार्यालय खदाङमा कार्यरत चौकी इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक(असई) हेमराज कार्कीसहित ५ जना प्रहरीविरुद्ध मुद्दा दायर गरिएको हो ।

कार्कीसँगै कार्यरत प्रहरी जवान लालबहादुर घर्ती,भगिरथ जैसी,जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी जवान अशोक साउद र जिल्ला प्रहरी कार्यालयमै कार्यरत घुमुवा प्रहरी नरेन्द्र खड्का विरुद्ध मुद्दा दर्ता गरिएको स्रोतले जनाएको छ । उनीहरू सबैलाई व्यक्ति बेपत्तासम्बन्धी कसूरमा मुद्दा चलाइने प्रहरी स्रोतको भनाइ छ ।

पाँचै जनाविरुद्ध बेपत्ता युवक जुन रोकायकी श्रीमती धनमतीले किटानी जाहेरी दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा जाहेरी दर्ता भएसँगै स्थानीयले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएका छन् । आज बिहानैदेखि डोल्पामा सवारीसाधन चल्न थालेका छन् ।

आइतबार बेलुकी त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित प्रहरी चौकी त्रिपुराकोटमा स्थानीय र प्रहरी प्रशासनबीच भएको वार्तामा घटनामा संलग्न सम्पूर्ण प्रहरीविरुद्ध मुद्वा चलाउने मौखिक सहमति भएको थियो ।

शुक्रबार साँझ ल्हाँ गाउँका ३४ वर्षीय युवा जुन रोकाय चेकिङका क्रममा आत्तिएर ठूलीभेरी नदीमा हाम फालेको प्रहरीको दाबी छ । चार जना प्रहरी नै चेकिङका लागि खदाङस्थित प्रहरी चौकीभन्दा तीन किलोमिटर टाढा पर्ने छेप्के पुलमा पुगेका थिए भने इप्रकाको नेतृत्व असई कार्कीले गरेका थिए ।


दुई दिनदेखि बेपत्ता रोकायको खोजीकार्य भइरहे पनि केही पत्ता लाग्न सकेको छैन । अहिले पनि ११ जना प्रहरीको टोलीले छिमेकी जिल्ला रुकुम पश्चिम र जाजरकोटस्थित भेरी नदी किनारमा खोजी गरिरहेको छ ।

प्रहरीकै कारण बेपत्ता भएको जुनका आफन्तले आरोप लगाएका छन् । प्रहरीले भने लागुऔषधको ओसारपसारको आशंकामा चेक गर्न खोजेपछि आत्तिएर भेरी नदीमा हाम फालेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको ...
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पूर्ण रूपमा पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीसहित सरकारको नयाँ संरचना तयार गरेका छन्। यसअघि रहेका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिअनुसार नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा ...
: स्रोत नखुलेको करिब ४ लाख रूपैयाँसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१० का ३६ वर्षीय उमेश साह पक्राउ परेका हुन्। साह प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकलमा भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै थिए। शंकास्पद देखेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यस क्रममा स्रोत नखुलेको रकम साथबाट बरामद ...
: रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका शंकास्पद सवारी साधनको चेकजाँच बढाएको छ । चेकजाँचको पहिलो दिन सोमबार प्रहरीले शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले कागजपत्र नभएका ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएर सवारी साधनबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी ...
: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् । मंगलबार बिहान सचिवालयमा भेट्न पुगेका ३० केन्द्रीय सदस्यसँग उनले सहमतिमा विशेष महाधिवेशन गर्ने भए पनि माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए। उनले भने,'अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुंग्याउनु पर्नेछ । यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम