मुख्य समाचार
बंगलादेश विश्वकप खेल्न भारत नजाने
बंगलादेश विश्वकप खेल्न भारत नजाने

— बंगलादेशले अहिलेकै स्थिति कायम रहने हो भने अर्को महिना हुने ट्वान्टी–२० विश्वकपका लागि आफ्नो टिम भारत नजाने आइतबार जनाएको छ । बंगलादेशी क्रिकेट बोर्ड (बीसीबी) ले आफ्ना खेल अन्यत्र सार्न भने अनुरोध गरेको छ ।

दुई देशबीच तनाव उत्पन्न भएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को अनुरोधमा इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कोलकाता नाइटराइडर्सले बंगलादेशी बलर मुस्तफिजुर रहमानलाई हटाएको थियो । त्यसपछि बीसीबीको आपत्कालीन बैठकले बंगलादेशले भारतमा खेल्ने भनिएका विश्वकपका खेल अन्यत्र सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सामु औपचारिक रूपमा अनुरोध गरेको जनाएको छ ।

बीसीबीले भनेको छ, ‘खेलाडी, पदाधिकारी र अन्य सरोकारावालाको सुरक्षा र भनाइका निम्ति खेल अन्यत्र सार्नुपर्ने देखिएको छ । टिमलाई सहभागी हुनका लागि उपयुक्त वातावरणको आवश्यकता पर्छ ।’ यसबीच अन्तरिम सरकारका युवा तथा खेलमन्त्री आसिफ नजरुलले सरकारी समाचार संस्था बीएसएसलाई भनेका छन्, ‘हामी कुनै पनि स्थितिमा बंगलादेशी क्रिकेट र खेलाडीको अपहेलना हेर्न सक्दैनौं । अब दासलाई गर्नेजस्तो व्यवहार स्विकार्य हुन्न ।’

उनले नै बीसीबीलाई बंगलादेशका खेल अन्यत्र सार्न अनुरोध गर्न आदेश दिएका थिए । उनले भनेका छन्, ‘जहाँ कोही बंगलादेशी खेलाडीलाई अनुबन्धका बाबजुद टिमबाट हटाइन्छ, त्यहाँ पूरा बंगलादेशी टिम जानु सुरक्षित हुन्न । त्यसैले मैले बंगलादेशका खेल श्रीलंका सार्न अनुरोध गर्न भनेको छुं ।’

ट्वान्टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुनेछ । बंगलादेशका लिग चरणका सबै चारै खेल भारतमा हुनेछन् । पाकिस्तानले भने आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ । भारत र पाकिस्तानले धेरै देशको सहभागी हुने प्रतियोगिताका खेल तटस्थ भूमिमा खेल्ने सम्झौताअनुसार यो निर्णय गरिएको हो । सन् २०२४ मा ढाकामा भएको जनप्रदर्शनपछि भारत र बंगलादेशबीचको सम्बन्ध चिस्सिएको छ ।

त्यसै जनप्रदर्शनका कारण तात्कालीन प्रधानमन्त्री सेख हसिनाले सत्ता गुमाएकी थिइन् र उनी भारतको शरणमा पुगेकी थिइन् । भारतले भने पछिल्लो समय मुस्लिम बाहुल्य बंगलादेशमा अल्पसंख्यकमाथि भइरहेको अन्याय र अत्याचारको विरोध गरेको थियो । बंगलादेशको अन्तरिम सरकारका प्रमुख तथा नोबल पुरस्कार विजेता मुहमद युनिसले भारतले घटनाको बढाइचढाइ प्रचार गरेको आरोप पनि लगाएका थिए ।

बीसीबी अध्यक्ष इमानुल इस्लाम बुलबुलले भने विश्वकपलाई लिएर सबै प्रकारको सम्भावनाबारे छलफल भइरहेको बताएका छन् । उनले भनेका छन्, ‘बंगलादेशी खेलाडीको सुरक्षा र स्वाभिमान नै हाम्रो पहिलो प्राथमिकता हो । यसै तथ्यलाई ध्यानमा राखेर हामीले उपयुक्त समयमा ठीक निर्णय गरेका छौं ।’



कोलकाताले मुस्तफिजुरलाई गत डिसेम्बर भएको अक्सनबाट दस लाख डलरभन्दा बढीको अनुबन्ध गरेको थियो । तर बीसीसीआई सचिव देवजित सैकियाले कोलकातालाई ३० वर्षीय बंगलादेशी बलरलाई दुई पक्षबीचको अनुबन्धबाट फुकुवा गर्न आदेश दिएका थिए । आईपीएलको सन् २०२६ को संस्करण मार्च २६ बाट सुरु हुनेछ । नजरुलले आईपीएलको प्रत्यक्ष प्रशारण बंगलादेशमा रोक्नका लागि पनि बंगलादेशी प्रसारकलाई आदेश दिएका बताएका छन् । उनले थपेका छन्, ‘आईपीएलको प्रसारण रोक्नका लागि पनि मैले आदेश दिएको छु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम