मुख्य समाचार
इंग्ल्यान्डको लन्डनलाई केन्द्रित बनाएर व्यवसाय गर्दै आएको ‘माया ग्रुप’ ले ९ क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउँदै प्रायोजन सम्झौता
इंग्ल्यान्डको लन्डनलाई केन्द्रित बनाएर व्यवसाय गर्दै आएको ‘माया ग्रुप’ ले ९ क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउँदै प्रायोजन सम्झौता

— इंग्ल्यान्डको लन्डनलाई केन्द्रित बनाएर व्यवसाय गर्दै आएको ‘माया ग्रुप’ ले ९ क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउँदै प्रायोजन सम्झौता गरेको छ ।

व्यवसायसँगै नेपाली क्रिकेट र खेलकुदमा दीर्घकालीन योजनाहरू बनाएर कार्य गर्दै आएको ‘माया ग्रुप’ सन् २०१८ मा स्थापना भएको थियो ।

‘माया ग्रुप’ ले आइतबार एक कार्यक्रममार्फत नेपाली राष्ट्रिय टोली र उदीयमान खेलाडी गरी ९ खेलाडीसँग प्रायोजन सम्झौता गरेको छ । नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, यू–१६ का प्रसिद्ध जैसी, यू–१९ का सुशील रावल र नेपाली यू–१९ महिला क्रिकेट टोलीकी उपकप्तान सोनी पाख्रिनसँग ‘माया ग्रुप’ ले प्रायोजन सम्झौता गरेको हो ।

‘यसले यी क्रिकेट खेलाडीको प्रतिभालाई अझ परिस्कृत गराउन सहयोग गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं । हाई स्किल प्रशिक्षणका लागि खेलाडीले आर्थिक हिसाबमा कसैको मुख नताकून् भनेर हामीले यो प्रायोजन सम्झौता गरेका हौं,’ माया ग्रुपका निर्देशक राज पाण्डेले सम्झौतापछि भने । ‘माया ग्रुप’ ले प्रायोजनका साथै ग्रासरुटका कार्यक्रमहरू सञ्चालन गर्दै आएको र हेटौंडामा ‘स्पोर्ट्स एकेडेमी’ खोल्न लागेको जानकारी गराए ।

मे र जुनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले गरेको इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्ड भ्रमणमा त्यहाँ रहँदा ‘माया ग्रुप’ ले नै यसको व्यवस्थापन जिम्मा लिएको थियो । त्यसलाई पाण्डे आफ्नो जीवनको सबैभन्दा सन्तुष्टिपूर्ण एक महिना भएको जनाउँछन् । ‘माया ग्रुप’ का अर्का निर्देशक रक्षा थापाले यो सम्झौताले खेलाडीको स्किललाई मजबुत बनाउन सहयोग गर्ने आशा लिएको जनाउँदै आफ्नो कम्पनीलाई पनि प्रभाव पार्ने बताइन् ।


‘माया ग्रुप’ ले ‘माया’ नामबाट विभिन्न क्षेत्रमा कार्य गर्ने क्रममा माया क्रिकेट क्लब, माया इन्भेस्टमेन्ट प्रोपर्टी, माया सपोर्टेड लिभिङ, माया स्पोर्ट्स सेन्टर, राष्ट्रिय पोसाक घर (बेलायत), माया हेटौंडा रोयल्स सञ्चालन गरिरहेको र यी प्लाटफर्ममार्फत निरन्तर रूपमा नेपालमा खेलाडीहरू, एकेडेमीहरू र खेलकुद पूर्वाधारमा साथ र सहयोग गर्दै बेलायतमा रहेका नेपाली समुदायलाई जोड्ने कार्य गर्दै आएको एनआरएनए बेलायतकी उपाध्यक्षसमेत रहेकी थापाले जनाइन् ।

सोनी, प्रसिद्धलगायतका खेलाडीले आफूहरू जस्तो क्रिकेटमा स्थापित हुन संघर्ष गरिरहेका क्रिकेटरलाई यो सम्झौताले ठूलो टेवा पुग्ने जनाइन् । ‘माया ग्रुप’ कै पहलमा गत वर्ष अर्जुन साउद र दिनेश खरेलले इंग्ल्यान्डमा ‘ए’ डिभिजन लिग खेल्ने र यस पटक पनि त्यसका लागि पहल गर्ने राज पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आइसीसी टी २० विश्वकप २०२६ खेल्ने नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले आइसीसी विश्वकप २०२६ को ट्रफीसँगै विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको हो। नेपालको जर्सी गाढा निलो रंगमा चन्द्र र सूर्य अङ्कित रहेको छ। समर्थकहरूका लागि जर्सी नेपाली रुपैयाँ ७९९ रुपैयाँमा उपलब्ध गराउने भाटभटेनी होल्डिङका म्यानेजर आलोक ...
— राष्ट्रपति रामचन्द्र पौडेलले ट्वान्टी-२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति भवन, शीतल निवासमा सोमाबार आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, 'नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा ...
— बंगलादेशले अहिलेकै स्थिति कायम रहने हो भने अर्को महिना हुने ट्वान्टी–२० विश्वकपका लागि आफ्नो टिम भारत नजाने आइतबार जनाएको छ । बंगलादेशी क्रिकेट बोर्ड (बीसीबी) ले आफ्ना खेल अन्यत्र सार्न भने अनुरोध गरेको छ । दुई देशबीच तनाव उत्पन्न भएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को अनुरोधमा इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कोलकाता नाइटराइडर्सले बंगलादेशी ...
— इन्जो फर्नान्डेजले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गरेको गोलको मदतले चेल्सीले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ । इतिहाडमा भएको खेलमा टिजानी रेजिन्डर्सको गोलले सिटीले पहिलो हाफमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । यो नतिजापछि सिटी ४२ अंकमा दोस्रो स्थानमा उक्लेको छ । आर्सनल ४८ अंकमा शीर्षमा ...
— गोन्जालो गार्सियाको ह्याट्रिकको मदतले रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा रियल बेटिसलाई सजिलै ५–१ ले हराएको छ । यो जितपछि रियल शीर्षमा रहेको बार्सिलोनासँगको दूरी चार अंकमा कायम राख्न सफल रह्यो । रियलको १९ खेलबाट ४५ अंक भएको छ । बार्सिलोना ४९ अंकमा शीर्षमा छ । भिल्लारियल ३८ अंकमा तेस्रोमा छ । एटलेटिको म्याड्रिड ३८ अंकमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम