मुख्य समाचार
कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश
कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश

— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् ।

कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको भने हैन । केही दिनअघि मात्र मलाई पार्टीबाट प्रस्ताव गरिएको थियो,’ लक्ष्मीले भनिन् ।

उनको नाम सुरुमा समानुपातिकका लागि सिफारिस गरिएको थियो । तर कुलमान घिसिङ नेतृत्वको पार्टी पनि रास्वपामा समाहित भएपछि लक्ष्मीको नाम काटिएको थियो । त्यसपछि उनको नाम केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको थियो । उनी अब फिल्म र राजनीतिलाई सँगसँगै लिएर जाने बताउँछिन् ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवारमा उठ्ने विषयमा आफूले कुनै योजना नबाएको बताइन् । ‘पछि के हुन्छ थाहा छैन । अहिलेसम्म योजना बनाएको छैन । चुनावमै नउठे पनि पार्टीमा म मेरो भूमिकालाई बलियोसँग प्रस्तुत गर्छु,’ उनले भनिन् ।

लक्ष्मी नेपाली फिल्म र रंगमञ्चमा सशक्त अभिनय गर्ने स्थापित अनुहार हुन् । उनको मुख्य भूमिका रहेको फिल्म ‘अभिमन्यु’ कही समयअघि मात्र रिलिज भएको थियो ।


फिल्म ‘बुलबुल’मा लक्ष्मीको सशक्त अभिनयको तारिफ अहिलेसम्म पनि भइरहन्छ । सहायक भूमिकामा पनि आफूलाई जरबर्जस्त प्रस्तुत गर्ने उनको राजनीतिमा उपस्थिति कस्तो देखिएला ? ‘म आफ्ना मुद्दाहरू पार्टीमा बलियोसँग राख्नेछु । जातीय विभेदशको मुद्दालाई प्राथमिकतामा राख्नेछु । दलित आरक्षणलाई लिएर समाजमा रहेको भ्रम र विवादलाई चिर्न प्रयत्न गर्नेछु,’ उनी थप्छिन्, ‘चलचित्र क्षेत्रमा महिलाको उपस्थिति र सो क्षेत्रका समस्याहरूका बारेमा पनि उनले आवाज उठाउनेछु ।’

रास्वपामा लक्ष्मीसँग अन्य कलाकार पनि सक्रिय छन् । गायक प्रकाश सपुत,गायिका सत्यकला राई, गायिका त्रिशला गुरुङ, कलाकार आशिफ शाह, अभिनेत्री रिमा विश्वकर्मा र पूर्व मिस नेपाल अनुष्का श्रेष्ठको नाम रास्वपाबाट समानुपातिकमा सिफारिस भएको थियो । सामाजिक सञ्जालमा आलोचना भएपछि आशिफ शाह र त्रिशला गुरुङले नाम फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् । योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ...
। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ । प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग ...
घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि ...
। बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् । उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए । अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। ...
। फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए । निर्मात्री ...