मुख्य समाचार
कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश
कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश

— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् ।

कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको भने हैन । केही दिनअघि मात्र मलाई पार्टीबाट प्रस्ताव गरिएको थियो,’ लक्ष्मीले भनिन् ।

उनको नाम सुरुमा समानुपातिकका लागि सिफारिस गरिएको थियो । तर कुलमान घिसिङ नेतृत्वको पार्टी पनि रास्वपामा समाहित भएपछि लक्ष्मीको नाम काटिएको थियो । त्यसपछि उनको नाम केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको थियो । उनी अब फिल्म र राजनीतिलाई सँगसँगै लिएर जाने बताउँछिन् ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवारमा उठ्ने विषयमा आफूले कुनै योजना नबाएको बताइन् । ‘पछि के हुन्छ थाहा छैन । अहिलेसम्म योजना बनाएको छैन । चुनावमै नउठे पनि पार्टीमा म मेरो भूमिकालाई बलियोसँग प्रस्तुत गर्छु,’ उनले भनिन् ।

लक्ष्मी नेपाली फिल्म र रंगमञ्चमा सशक्त अभिनय गर्ने स्थापित अनुहार हुन् । उनको मुख्य भूमिका रहेको फिल्म ‘अभिमन्यु’ कही समयअघि मात्र रिलिज भएको थियो ।


फिल्म ‘बुलबुल’मा लक्ष्मीको सशक्त अभिनयको तारिफ अहिलेसम्म पनि भइरहन्छ । सहायक भूमिकामा पनि आफूलाई जरबर्जस्त प्रस्तुत गर्ने उनको राजनीतिमा उपस्थिति कस्तो देखिएला ? ‘म आफ्ना मुद्दाहरू पार्टीमा बलियोसँग राख्नेछु । जातीय विभेदशको मुद्दालाई प्राथमिकतामा राख्नेछु । दलित आरक्षणलाई लिएर समाजमा रहेको भ्रम र विवादलाई चिर्न प्रयत्न गर्नेछु,’ उनी थप्छिन्, ‘चलचित्र क्षेत्रमा महिलाको उपस्थिति र सो क्षेत्रका समस्याहरूका बारेमा पनि उनले आवाज उठाउनेछु ।’

रास्वपामा लक्ष्मीसँग अन्य कलाकार पनि सक्रिय छन् । गायक प्रकाश सपुत,गायिका सत्यकला राई, गायिका त्रिशला गुरुङ, कलाकार आशिफ शाह, अभिनेत्री रिमा विश्वकर्मा र पूर्व मिस नेपाल अनुष्का श्रेष्ठको नाम रास्वपाबाट समानुपातिकमा सिफारिस भएको थियो । सामाजिक सञ्जालमा आलोचना भएपछि आशिफ शाह र त्रिशला गुरुङले नाम फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...
। बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ । टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा ...
। लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ । विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्‍याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ । रोचक के छ भने के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ ...
। युनिभर्सल स्टुडियोले क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘द ओडिसी’ को पहिलो ट्रेलर रिलिज गरेको छ । यो फिल्म होमरको पौराणिक गाथाबाट प्रेरित छ । यो फिल्मले ग्रीक नायक ओडिसियसलाई पछ्याउँछ, जसको भूमिकामा म्याट डेमनले अभिनय गरेका छन् । उक्त पात्र ट्रोजन युद्ध पछि घर फर्कने लामो र घुमाउरो बाटो यात्रा तय गर्छ । युनिभर्सलले फेब्रुअरीमा डेमनको पहिलो-लुक ...
। हलिउडको बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को टिजर अन्ततः युट्युबमा सार्वजनिक भएको छ । निर्माताले मंगलबार बेलुका सार्वजनिक गरेको टिजरमा केही सरप्राइज अवश्य छ । ‘क्याप्टेन अमेरिका’ को भूमिकामा चर्चित अभिनेता क्रिस इभान्स यो मार्वल सिनेम्याटिक युनिभर्समा फर्किएका छन् । उनलाई यो श्रृंखलामा स्टिभ रोजर्सको भूमिकामा देख्न पाइनेछ । चारमध्ये यो पहिलो टिजर भएको बताइएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम