मुख्य समाचार
शितगंगा नगरपालिका–३ ठाडामा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने माग गर्दै विभिन्न दलका नेतासहित स्थानीय बासिन्दाले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
शितगंगा नगरपालिका–३ ठाडामा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने माग गर्दै विभिन्न दलका नेतासहित स्थानीय बासिन्दाले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

— शितगंगा नगरपालिका–३ ठाडामा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने माग गर्दै विभिन्न दलका नेतासहित स्थानीय बासिन्दाले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

नगर प्रमुख छविलाल पौडेल, जनप्रतिनिधि, पूर्वजनप्रतिनिधिलगायत सबै दलका नेताले आइतबार काठमाडौं पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

सुशीला कार्की सरकारले देशका विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गर्दा अर्घाखाँचीको शितगंगा छुटेको स्थानीयको गुनासो छ । गृहमन्त्री अर्यालले इलाका प्रशासन कार्यालय स्थापनार्थ पहल गर्ने आवश्वासन दिएको शितगंगा नगर उपप्रमुख गीता भाट क्षेत्रीले बताइन् ।

शितगंगाको सर्वदलीय र सरोकारवालाले तत्कालीन गृहमन्त्री रमेश लेखकसमक्ष पनि ज्ञापनपत्र बुझाउँदै ठाडामा इलाका प्रशासन कार्यालयको माग गरेका थिए । त्यतिबेला लेखकले पहल गर्ने विश्वास दिलाएका थिए । नगर प्रमुख पौडेलले भौगालिक हिसाबले विकट गाउँबाट जिल्ला सदरमुकाम सन्धिखर्क पुग्न दुई दिन लाग्ने भएकाले नागरिकको सहजताका लागि पालिका मुकाम ठाडामा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने बताए ।

‘अघिल्लो सरकारले हामीलाई आश्वासन दिएको थियो,’ उनले भने, ‘वर्तमान सरकारले ९ स्थानमा निर्णय गर्दा अर्घाखाँचीको शितगंगा छुटेको छ । त्यसका लागि सरकारलाई ध्यानाकर्षण गराउन नगरको टोली, सर्वदलीय, सर्वपक्षीयसहित गृहमन्त्रीलाई भेट्न पुगेका हौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा केही समयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार हिजोको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको छ। आजको बैठकले उम्मेदवारको नामावली ...
— सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजारभन्दा बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेन-जी प्रदर्शनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको ...
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पूर्ण रूपमा पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीसहित सरकारको नयाँ संरचना तयार गरेका छन्। यसअघि रहेका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिअनुसार नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा ...
: स्रोत नखुलेको करिब ४ लाख रूपैयाँसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१० का ३६ वर्षीय उमेश साह पक्राउ परेका हुन्। साह प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकलमा भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै थिए। शंकास्पद देखेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यस क्रममा स्रोत नखुलेको रकम साथबाट बरामद ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम