मुख्य समाचार
यूके पठाइदिन्छु भन्दै पैसा असुलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ
यूके पठाइदिन्छु भन्दै पैसा असुलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ

— वैदेशिक रोजगारीमा आकर्षक तलबको लोभ देखाइ ठग्ने पक्राउ परेका छन् । यूके पठाइदिन्छु भन्दै पैसा असुलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ परेको हो ।

पक्राउ पर्नेहरूमा दाङ राप्ती गाउँपालिका-१ बस्ने प्यूठान, प्यूठान नगरपालिका-९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका ४० वर्षीय आइते तामाङ र काठमाडौं महानगरपालिका-१५ बस्ने ३४ वर्षीय विजय गुरूङ रहेका छन् ।

इन्द्र र आइतेले यूके पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट १३ लाख रूपैयाँ र विजयले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी गरेका थिए ।

त्यसैका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इन्द्र र आइतेलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट बिहीबार तथा बिजयलाई काठमाडौं महानगरपालिका-१४ बाट आइतबार पक्राउ गरेको हो ।


इन्द्र र आइतेलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा विजयलाई वैदशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा केही समयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार हिजोको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको छ। आजको बैठकले उम्मेदवारको नामावली ...
— सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजारभन्दा बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेन-जी प्रदर्शनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको ...
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पूर्ण रूपमा पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीसहित सरकारको नयाँ संरचना तयार गरेका छन्। यसअघि रहेका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिअनुसार नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा ...
: स्रोत नखुलेको करिब ४ लाख रूपैयाँसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१० का ३६ वर्षीय उमेश साह पक्राउ परेका हुन्। साह प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकलमा भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै थिए। शंकास्पद देखेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यस क्रममा स्रोत नखुलेको रकम साथबाट बरामद ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम