मुख्य समाचार
निर्वाचनका लागि एमाले कालीकोटलाई उम्मेदवार सिफारिस गर्न सकस
निर्वाचनका लागि एमाले कालीकोटलाई उम्मेदवार सिफारिस गर्न सकस

— फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले कालीकोटलाई उम्मेदवार सिफारिस गर्न सकस परेको छ।

एकल सिफारिस हुने महत्त्वाकांक्षा र आकांक्षीहरुबीच सहमति नजुट्दा उम्मेदवार सिफारिसमा ढिलाइ भएको हो।

पार्टीका केन्द्रीय सदस्य, केही प्रदेश सदस्य तथा जिल्ला कमिटीका केही पदाधिकारीहरू तीन दिनदेखि काठमाडौंको एक होटलमा छलफल गरिरहेका छन्। बैठक सोमबार पनि जारी छ। आकांक्षी धेरै भएकोले छलफलमा समय लागेको एमाले कालीकोटका सचिव पुष्पराज आचार्यले बताए।

उपयुक्त उम्मेदवार छनोट गर्न व्यापक छलफल गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उनले बताए। ‘अन्य पार्टीका उम्मेदवार सिफारिस भइसकेकाले पार्टीलाई विजयी बनाउन आएका विभिन्न नाम मध्ये उपयुक्त छान्न समय लागेको हो,’ उनले भने।

पार्टीका केन्द्रीय सदस्य तथा पूर्वजिल्ला इन्चार्ज नगिन्द्र शाहीले आफूलाई मात्र एकल सिफारिस गर्न गरेको अनुरोध अन्य आकांक्षीले नमानेकाले ढिलाइ भएको बैठकमा सहभागी एक नेताले सुनाए। ‘नगिन्द्रजीले आफ्नो एकल सिफारिस पठाउने चाहाना राख्दा अरुले नमानेर बैठक लम्बियो,’ ती नेताले भने।


पार्टीले २४ गतेसम्म उम्मेदवार सिफारिस गर्ने समय दिएकोले हतार नभएको एमाले कालीकोटका अध्यक्ष तुलाराज मल्लले बताए । उनले उम्मेदवार सिफारिसमा कुनै विवाद नभएको दाबी गरे।

काठमाडौ‌मा एमाले कालीकोटको बैठक बसेर उम्मेदवार छनोटको छलफल चलाउँदा केन्द्रीय सदस्य नगिन्द्र शाही, केन्द्रीय सदस्य मीनबहादुर शाही र अर्की केन्द्रीय सदस्य इन्दिरा सञ्ज्याल तीनै जनाले दाबी गरेका छन् भने अन्य नेताहरू काशीचन्द्र बराल, वकिल बम, रमेश शाही, तपेन्द्र शाहीलगायत पनि आकांक्षी छन्।



कालीकोटमै रहेका पूर्व प्रदेश सांसद कुर्मराज शाहीले आफू पनि इच्छुक रहेको बताए । ‘जिल्लामा छलफल गर्नुपर्नेमा काठमाडौमै बैठक बसेको भन्ने सुनियो । मेरो पनि दाबी छ,’ उनले भने ।

०७९ को निर्वाचनमा एमाले उम्मेदवार नगिन्द्र शाही माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादी गठबन्धनका महेन्द्रबहादुर शाहीसँग ७ हजार ९ मतले पराजित भएका थिए।

कालीकोटबाट चुनाव लड्न नेपाली कम्युनिस्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल, कांग्रेसबाट युवा नेता भूपेन्द्रजंग शाही र राष्ट्रिय स्वतन्त्र पाटीबाट प्रकाश न्यौपाने सिफारिस भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा केही समयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार हिजोको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको छ। आजको बैठकले उम्मेदवारको नामावली ...
— सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजारभन्दा बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेन-जी प्रदर्शनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको ...
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पूर्ण रूपमा पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीसहित सरकारको नयाँ संरचना तयार गरेका छन्। यसअघि रहेका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिअनुसार नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा ...
: स्रोत नखुलेको करिब ४ लाख रूपैयाँसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१० का ३६ वर्षीय उमेश साह पक्राउ परेका हुन्। साह प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकलमा भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै थिए। शंकास्पद देखेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यस क्रममा स्रोत नखुलेको रकम साथबाट बरामद ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम