मुख्य समाचार
मोटरसाइकलमा राखेर गाँजा ल्याउँदै गरेका दुई जनालाई चितवन प्रहरीले पक्राउ
मोटरसाइकलमा राखेर गाँजा ल्याउँदै गरेका दुई जनालाई चितवन प्रहरीले पक्राउ

— मोटरसाइकलमा राखेर गाँजा ल्याउँदै गरेका दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ।

भण्डरा-मलेखु सडकको पहाडी क्षेत्र राप्ती नगरपालिका-११ कोराक डुम्रेखाँडीबाट गएराति १ बजेतिर डुम्रेखाँडीका ३३ वर्षीय वीरबहादुर तमाङ र३१ वर्षीय हीरालाल तमाङलाई पक्राउ गरेको चितवन प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए।

मोटरसाइकलमा अगाडि आएर बाटोमा कुनै समस्या भए नभएको चियो गर्ने दुई जनालाई सोधखोज गर्दा उनीहरू भागेको र पछाडि रहेका गाँजा बोकेका दुई मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। दुई वटा मोटरसाइकलमा राखेको १२४ केजी गाँजा बरामद गरेको पक्राउ गर्न खटिएका प्रहरी निरीक्षक रूपेश विष्टले बताए।

डिएसपीखनालले चितवन प्रहरीले मंसिर १ देखि लागुआ‍ैषधविरूद्ध 'अप्रेशन डेल्टा' सञ्चालन गरेको जानकारी दिए। जस अन्तरगत पुस २० गतेसम्म ३१ किलो गाँजा, नौ ग्राम चरेस, २०२ ग्राम खेरोहिरोइन, ५ हजार १२८ क्याप्सुल ट्रामाडोल, १३१ एम्पुल डाइजेपाम र फेनारगन र नुर्फिन १३१ एम्पुल बरामदगरेको डिएसपी खनालले बताए। यी घटनाहरूमा ३ महिलासहित ८१ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले एकै पटक प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा ओलीले यस्तो बताएका हुन्। अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वबीच छलफल भइरहेको बताए। उनले अध्यक्ष ओलीले बाह्य रूपमा निर्वाचनको माहोल बनेको ...
: नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा केही समयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार हिजोको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको छ। आजको बैठकले उम्मेदवारको नामावली ...
— सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजारभन्दा बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेन-जी प्रदर्शनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको ...
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पूर्ण रूपमा पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीसहित सरकारको नयाँ संरचना तयार गरेका छन्। यसअघि रहेका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिअनुसार नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम