मुख्य समाचार
भेनेजुएलाका निवर्तमान राष्ट्रपति निकोलस मदुरोलाई म्यानहटन संघीय अदालतमा उपस्थित गराइने
भेनेजुएलाका निवर्तमान राष्ट्रपति निकोलस मदुरोलाई म्यानहटन संघीय अदालतमा उपस्थित गराइने

— अमेरिकी सेनाको कारबाहीमा नियन्त्रणमा लिइएका भेनेजुएलाका निवर्तमान राष्ट्रपति निकोलस मदुरोलाई सोमबार म्यानहटन संघीय अदालतमा उपस्थित गराइने भएको छ । उनलाई 'नार्को-टेरोरिजम' (लागुऔषध आतंकवाद) सम्बन्धी गम्भीर अभियोगमा सुनुवाइका लागि अदालत लैजान लागिएको हो ।

अमेरिकी सैन्य टोलीले गत सप्ताहान्तमा भेनेजुएलाको राजधानी काराकासबाट ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई एउटा ‘सरप्राइज रेड’ मार्फत नियन्त्रणमा लिएको थियो । हाल उनीहरू दुवैलाई ब्रुकलिनस्थित जेलमा राखिएको छ ।

अमेरिकी जिल्ला न्यायाधीश एल्विन के. हेलरस्टाइनको इजलासमा सोमबार दिउँसो १२ बजे (नेपाली समय अनुसार राति करिब १०:४५ बजे) उनीहरूको सुनुवाइ तय गरिएको छ । मदुरोले आफ्नो पक्षमा वकिल नियुक्त गरे नगरेको वा अदालतमा कसरी प्रस्तुत हुने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।

मदुरोविरुद्ध के छ अभियोग ?

सन् २०२० मै अमेरिकाले मदुरोविरुद्ध लागुऔषध तस्करीको अभियोग दर्ता गरेको थियो । शनिबार सार्वजनिक गरिएको नयाँ अभियोग पत्रमा मदुरोले भेनेजुएलाको सत्तामा रहँदा मेक्सिकोको सिनालोआ र जेटास जस्ता कुख्यात कार्टेलहरूसँग मिलेर अमेरिकामा हजारौँ टन कोकिन भित्र्याएको उल्लेख छ ।

त्यस्तै मदुरोले आफ्नै नेतृत्वमा 'स्टेट स्पोन्सर्ड' (राज्य संरक्षित) लागुऔषध तस्करी सञ्जाल चलाएको र त्यसबाट प्राप्त रकम आफ्नो र परिवारको हितमा प्रयोग गरेको आरोप छ ।

विदेशमन्त्री रहँदा उनले लागुऔषध तस्करहरूलाई कूटनीतिक राहदानी बिक्री गरेको र तस्करीको पैसा ओसारपसार गर्न कूटनीतिक च्यानल प्रयोग गरेको अभियोग पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...