मुख्य समाचार
दुई फरक समुदाय बीचको तनावका कारण अशान्त बनेको वीरगन्जमा धार्मिक र सामाजिक सद्भाव कायमका लागि ५ बुँदे सहमति
दुई फरक समुदाय बीचको तनावका कारण अशान्त बनेको वीरगन्जमा धार्मिक र सामाजिक सद्भाव कायमका लागि ५ बुँदे सहमति

: दुई फरक समुदाय बीचको तनावका कारण अशान्त बनेको वीरगन्जमा धार्मिक र सामाजिक सद्भाव कायमका लागि ५ बुँदे सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार सुरक्षा निकायका प्रमुखहरूको रोहबरमा बसेको हिन्दू र मुस्लिम समुदायका अगुवाहरू सम्मिलित सर्वपक्षीय बैठकमा सामाजिक सद्भाव कायम गर्ने लगायतका ५ बुँदे सहमति गरिएको हो। उक्त सहमति पत्रमा हिन्दू र मुस्लिम धर्मका अगुवा, जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरूले पनि हस्ताक्षर गरेका छन्।


५ बुँदे सहमति भएसँगै वीरगन्जमा सोमबारदेखि लगाइएको कर्फ्यु मंगलबार अपरान्ह ३:३० बजेदेखि हटाइएको छ। गत आइतबारदेखि अशान्त बनेको वीरगन्जमा कर्फ्यु हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। बजारहरू खुलेका छन् भने सडकमा आवागमन पनि सुचारु बनेको छ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा भएको ५ बुँदे सहमतिमा अन्य मुलुक वा नेपालकै अन्य जिल्लामा हुने धार्मिक वा सामाजिक घटना/दुर्घटनाको विषयलाई लिएर वीरगन्जमा प्रदर्शन वा आन्दोलन नगर्ने, गर्नै परेको खण्डमा सम्बन्धित पक्षले जिल्ला प्रशासन कार्यालयबाट अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारीसम्म ज्ञापनपत्र पेस गर्न जोड दिने, त्यसपछि मात्रै आन्दोलनको कार्यक्रम गर्ने उल्लेख छ।

यस्तै भविष्यमा हुन सक्ने धार्मिक र सामाजिक सद्भावविरुद्धका गतिविधिहरूलाई नियन्त्रण गर्न हिन्दू र मुस्लिम अगुवा लगायत सम्मिलित सद्भाव समिति गठन गरिएको छ। उक्त सद्भाव समितिमा हिन्दू समुदायका तर्फबाट रन्जित साह र रन्जन सिंह, मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि (शेरु) र मौलाना असगर मदनी, राजनीतिक दलका एक-एक जना प्रतिनिधि, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष , नागरिक सामाजका एक जना प्रतिनिधिलाई रहेका छन्।

उक्त सद्भाव समितिले भविष्यमा हुन सक्ने धार्मिक र सामाजिक सद्भावविरुद्धका गतिविधिहरूलाई नियन्त्रण गर्ने तथा आवश्यक कानुनी कारबाहीका लागि कानुनी निकायमा सिफारिस गर्ने सहमति गरिएको छ।

यसैगरी सर्वपक्षीय बैठकमा सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषण गर्नुपूर्व धार्मिक, सांस्कृतिक रसामाजिक सद्भावमा खलल नपुग्ने गरी सामाचार सम्प्रेषण गर्न अनुरोध गर्ने, धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह/ आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने,सबै पक्षले आ–आफ्नो समूहको तर्फबाट भएका कमजोरीको मनन गर्दै आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव कायम राख्न अपिल गर्ने सहमति पनि गरिएको छ।

वीरगज्जमा साथै विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आ–आफ्नो स्थानबाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रमहरू नगर्ने ५ बुँदे सहमतिपत्रमा उल्लेख रहेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। सर्वपक्षीय बैठकमा ५ बुँदे सहमति भएपछि वीरगन्जमा सोमबार देखि लगाइएको कर्फ्यु आदेश मंगलबार अपरान्ह ३:३० बजेदेखि हटाइएको पनि प्रजिअ दाहालले जानकारी दिए।

गत शनिबार धनुषमा मस्जिदमा तोडफोड गरिएको घटनाको विषयलाई लिएर वीरगन्जमा गत आइतबारदेखि दुई फरक समुदायको प्रदर्शन कारण अवस्था तनावग्रस्त बनेपछि सोमबार दिउँसो १ बजेदेखि वीरगन्जमा निषेधाज्ञा र त्यसपछि कर्फ्यु लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् । मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरुले स्वागत गरे । पछिल्ला दिनमा तराई मधेशका ...
— धरानका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी प्रतिनिधिसभा चुनाव सुनसरी क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् । बुधबार सामाजिक सञ्जालबाट मेयर साम्पाङले आफू सुनसरी १ बाटै उठ्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताए । उनले ...
— पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १८ निवासी भेषराज लुइँटेलले कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै बुधबार रिट दर्ता गरेका हुन् । रिट बिहीबारका लागि पेसी सूचीमा तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी ...
— धनकुटामा दुई फरक स्थानमा महिला र पुरुषको शव फेला परेको छ । सहिदभूमि गाउँपालिका–७ मा महिला र महालक्ष्मी नगरपालिका–१ मा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शवको पहिचान भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा स्रोतका अनुसार शव फेला पर्नेमा सहिदभूमि–७ गैरीगाउँकी ४४ वर्षीया पूर्णिमा मगर र महालक्ष्मी नगरपालिका–१ का ४३ वर्षीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम