मुख्य समाचार
विशेष महाधिवेशन निष्क्रिय भएको परिपत्र कांग्रेसले मातहतका निकायलाई पठायो
विशेष महाधिवेशन निष्क्रिय भएको परिपत्र कांग्रेसले मातहतका निकायलाई पठायो

: नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको जानकारीसहितको परिपत्र मातहतका निकायलाई पठाएको छ। नियमित अधिवेशन वैशाखमा हुने जानकारीसहित पार्टीले तल्ला कमिटीहरूलाई पत्राचार गर्दै विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि स्वत: समाप्त भइसकेको जानकारी गराएको हो।


पार्टीले आगामी महाधिवेशनलाई समेत मध्यनजर गर्दै सदस्यता सम्बन्धी सम्पूर्ण प्रक्रिया निर्धारित कार्यतालिकाभित्र टुंग्याउन जोड दिएको छ। यसअघिका निर्वाचन तथा संगठनात्मक गतिविधिमा संलग्न क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक गरी केन्द्रमा पठाउन पनि परिपत्रमार्फत् निर्देशन दिइएको छ।


यसैगरी कांग्रेसले संगठन सुदृढीकरणका लागि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको प्रक्रिया तत्काल अघि बढाउन मातहतका सबै तहका समितिलाई निर्देशन दिएको छ। जारी परिपत्रअनुसार जिल्ला, प्रदेश, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका तथा वडा कार्यसमितिलाई पार्टी विधान र निर्देशिकाअनुसार आवश्यक कार्य अगाडि बढाउन भनिएको हो।



विधानविपरीत,अपारदर्शी वा विवादित ढंगले सदस्यता वितरण नगर्न सचेत गराउँदै पार्टीको अनुशासन,एकता र संगठनात्मक मर्यादा कायम राख्न सबै तहका नेतृत्वलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।

कांग्रेसले विधि,विधान र लोकतान्त्रिक अभ्यासअनुसार पार्टीलाई क्रियाशील,समावेशी र बलियो बनाउने उद्देश्यका साथ सदस्यता प्रक्रिया अघि बढाइएको जनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुन समेत भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् । मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरुले स्वागत गरे । पछिल्ला दिनमा तराई मधेशका ...
— धरानका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी प्रतिनिधिसभा चुनाव सुनसरी क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् । बुधबार सामाजिक सञ्जालबाट मेयर साम्पाङले आफू सुनसरी १ बाटै उठ्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताए । उनले ...
— पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १८ निवासी भेषराज लुइँटेलले कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै बुधबार रिट दर्ता गरेका हुन् । रिट बिहीबारका लागि पेसी सूचीमा तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी ...
— धनकुटामा दुई फरक स्थानमा महिला र पुरुषको शव फेला परेको छ । सहिदभूमि गाउँपालिका–७ मा महिला र महालक्ष्मी नगरपालिका–१ मा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शवको पहिचान भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा स्रोतका अनुसार शव फेला पर्नेमा सहिदभूमि–७ गैरीगाउँकी ४४ वर्षीया पूर्णिमा मगर र महालक्ष्मी नगरपालिका–१ का ४३ वर्षीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम