: पूर्वमन्त्री तथा पर्सा-१ का निवर्तमान सांसद प्रदीप यादवले वीरगन्जमा धार्मिक र सामाजिक सद्भावलाई अझ बलियो बनाउन अपिल गरेका छन्।
धनुषामा मस्जिद तोडफोडको विषयलाई लिएर वीरगन्ज ३ दिनदेखि अशान्त बनेपछि त्यसैलाई मध्यनजर गर्दै पूर्वमन्त्री यादवले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत वीरगन्जमा धार्मिक र सामाजिक सद्भाव बिग्रिन नदिन सबैमा अपिल गरेका हुन्।
वीरगन्ज सधैंदेखि हिन्दू–मुस्लिम आपसी भाइचारा, सहअस्तित्व, प्रेम र सद्भावको सुन्दर सहरका रूपमा उदाहरण रहँदै आएको भन्दै यादवले धर्म, जात वा समुदायभन्दा माथि उठेर सबैले एकअर्काको सम्मान गर्न, संयमता अपनाउन र आपसी सद्भावलाई अझ बलियो बनाउन अपिल गरेका छन्।