मुख्य समाचार
कोशी प्रदेश सरकार पुनर्गठनको अन्तिम तयारी
कोशी प्रदेश सरकार पुनर्गठनको अन्तिम तयारी

: कोशी प्रदेश सरकार पुनर्गठनको अन्तिम तयारी गरिएको छ। सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्रालयको भागबन्डा टुंगो लागेसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्रै नयाँ मन्त्रीहरूलाई शपथ गराउने तयारी थालेका छन्।


मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार यो साता वा बढीमा एक–दुई दिनभित्र औपचारिक रूपमा मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना छ। नेपाली कांग्रेसका सांसद भीम पराजुलीले पनि सरकार पुनर्गठन अन्तिम चरणमा पुगेको पुष्टि गरेका छन्। दलभित्रको छलफल लगभग टुंगिएको र अब नाम सार्वजनिक गर्ने मात्र बाँकी रहेको पराजुलीको भनाइ छ।


प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने र दलहरूबीचको राजनीतिक सन्तुलन कायम गर्ने उद्देश्यले सरकार पुनर्गठन गर्न लागिएको सत्तारूढ दलहरूको दाबी छ। सत्तारूढ एमालेबाट मन्त्री बन्ने आकांक्षीमा ६ जनाको नाम चर्चामा छ। एमाले स्रोतका अनुसार प्रमुख सचेतक विदुर लिङ्थेप, चिन्तन पाठक (तिलचन), निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहतामध्ये ४ जनाले मन्त्री बन्ने अवसर पाउनेछन्। यी नाममध्ये कसलाई कुन मन्त्रालय जिम्मा दिने भन्ने विषयमा अन्तिम छलफल चलिरहेको जनाइएको छ।



नेपाली कांग्रेसको तर्फबाट भने ४ जनाको नाम मन्त्रीका लागि लगभग निश्चित भइसकेको छ। कांग्रेसभित्रको शक्ति सन्तुलनअनुसार डा. शेखर कोइराला समूहबाट मानबहादुर लिम्बू, कृष्णप्रसाद सिटौला समूहबाट भीम पराजुली तथा संस्थापन पक्षबाट इसराइल मन्सुरी र प्रदीप सुनुवार मन्त्री बन्ने पक्का जस्तै भएको स्रोतको भनाइ छ।

हालको मन्त्रिपरिषद् संरचना अनुसार एमालेबाट रामबहादुर रानामगर (राम राना) आर्थिक मामिला तथा योजना मन्त्री, पाँचकर्ण राई सामाजिक विकास मन्त्री, रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री र एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री छन्। त्यस्तै कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री छन्।

सरकार पुनर्गठनपछि केही मन्त्रालयको जिम्मेवारी हेरफेर हुने र केही नयाँ अनुहार सरकारमा प्रवेश गर्ने निश्चित छ। प्रदेश सरकारभित्र देखिएको असन्तुलन, दलभित्रका असन्तुष्टि र आगामी राजनीतिक समीकरणलाई ध्यानमा राखेर सरकार पुनर्गठन गर्न लागिएको सत्तारूढ पक्षको बुझाइ छ। पुनर्गठनपछि कोशी प्रदेश सरकारले नयाँ स्वरूप प्राप्त गर्ने छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् । मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरुले स्वागत गरे । पछिल्ला दिनमा तराई मधेशका ...
— धरानका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी प्रतिनिधिसभा चुनाव सुनसरी क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् । बुधबार सामाजिक सञ्जालबाट मेयर साम्पाङले आफू सुनसरी १ बाटै उठ्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताए । उनले ...
— पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १८ निवासी भेषराज लुइँटेलले कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै बुधबार रिट दर्ता गरेका हुन् । रिट बिहीबारका लागि पेसी सूचीमा तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी ...
— धनकुटामा दुई फरक स्थानमा महिला र पुरुषको शव फेला परेको छ । सहिदभूमि गाउँपालिका–७ मा महिला र महालक्ष्मी नगरपालिका–१ मा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शवको पहिचान भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा स्रोतका अनुसार शव फेला पर्नेमा सहिदभूमि–७ गैरीगाउँकी ४४ वर्षीया पूर्णिमा मगर र महालक्ष्मी नगरपालिका–१ का ४३ वर्षीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम