मुख्य समाचार
रवि लामिछानेले निर्वाचनलाई असर पार्ने कुनै पनि काम नगर्न प्रमुख दललाई चेतावनी
रवि लामिछानेले निर्वाचनलाई असर पार्ने कुनै पनि काम नगर्न प्रमुख दललाई चेतावनी

: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनलाई असर पार्ने कुनै पनि काम नगर्न प्रमुख दललाई चेतावनी दिएका छन्। सोमबार काठमाडौंमा नागरिक उन्मुक्ति पार्टीका नेताहरूलगायत थरुहट थारुवान अभियन्ताहरूलाई रास्वपामा प्रवेश गराउँदै लामिछानेले मुलुकले धेरै कठिनाइ भोगिसकेकाले निर्वाचनमार्फत सहज निकास दिनुपर्ने बताए।

उनले निर्वाचनलाई असर पार्ने कुनै पनि काम नगर्न प्रमुख दललाई चेतावनी दिए। केही दलहरू जेनजी आन्दोलनपछिको परिवर्तनलाई स्वीकार गर्न नचाहेको उल्लेख गर्दै आफ्नो असक्षमतालाई स्वीकार गर्न उनले सुझाव दिए।

लामिछानेले नयाँ पुस्ताहरू देशलाई नयाँ उचाइमा पुर्‍याउन सक्षम रहेको र पुराना नेताले आफ्नो बारेमा धेरै चिन्ता नगर्न आग्रह गरे। आफ्नो दलका नेता राजनीतिक रूपमा परिपक्क हुँदै गएको भन्दै गिरेको मनोबल र अर्थतन्त्रलाई उकासेर छाड्ने स्पष्ट पारे।



उनले पार्टीमा आएका नेताहरूलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा रास्वपा, नाउपा र थरुहट थारुवान अभियन्ताबीच ९ बुँदे सहमति गरिएको थियो। सहमति पत्रमा रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल, नाउपाका तर्फबाट दामोदर पण्डित र थरुहट थारुवान अभियन्ताका रूपमा लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् । मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरुले स्वागत गरे । पछिल्ला दिनमा तराई मधेशका ...
— धरानका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी प्रतिनिधिसभा चुनाव सुनसरी क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् । बुधबार सामाजिक सञ्जालबाट मेयर साम्पाङले आफू सुनसरी १ बाटै उठ्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताए । उनले ...
— पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १८ निवासी भेषराज लुइँटेलले कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै बुधबार रिट दर्ता गरेका हुन् । रिट बिहीबारका लागि पेसी सूचीमा तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी ...
— धनकुटामा दुई फरक स्थानमा महिला र पुरुषको शव फेला परेको छ । सहिदभूमि गाउँपालिका–७ मा महिला र महालक्ष्मी नगरपालिका–१ मा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शवको पहिचान भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा स्रोतका अनुसार शव फेला पर्नेमा सहिदभूमि–७ गैरीगाउँकी ४४ वर्षीया पूर्णिमा मगर र महालक्ष्मी नगरपालिका–१ का ४३ वर्षीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम