मुख्य समाचार
संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ
संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ

: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए।

परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा गरिएको हो।' दूतावासमा श्रम काउन्सिलरको काम गर्ने क्रममा पौडेलले जिम्मेवारी पूरा नगरेको र लापरबाही गरेको भन्दै आन्तरिक छानबिन गरिएको थियो। केही कैफियत देखिएपछि उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा फिर्ता गरिएको हो।


कन्सुलर सेवा विभागकी महानिर्देशक दुरपदा सापकोटाका अनुसार पौडेलले कन्सुलर सेवासँग सम्बन्धित काममा लापरबाही गरेको देखिएको थियो। युएईस्थित नेपाली दूतावासले पौडेलमाथि छानबिन गर्न नियोग उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो। समितिले कन्सुलर सेवासँग सम्बन्धित कार्यमा लापरबाही र त्रुटि देखिएको प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको थियो। सोही प्रतिवेदनका आधारमा परराष्ट्र मन्त्रालयले उनको जिम्मेवारी खोसेको हो। उनलाई शनिबार नै नेपाल फिर्ता बोलाइएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बेलायतको रश्मूर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले एकैदिन गोर्खाली सैनिकहरूको वीरताको स्मरण गर्दै देउसी–भैलो खेलेर तिहार मनाएका छन् । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) को आयोजनामा यस वर्ष पहिलोपटक उनीहरूले कुकुर तिहारसमेत मनाएका छन् । रश्मूर क्षेत्रको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा नोभेम्बर ७ मा रिमेम्बरेन्स डे (स्मृति दिवस) को औपचारिक कार्यक्रम आयोजना गरी वीर गोर्खालीको योगदान, ...
। अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । सीएनएनका अनुसार भट्टले आफ्नी पत्नीको हत्या गरेको अभियोग अस्वीकार गर्दै आएकामा जुरीले उनको दाबी अस्वीकार ...
। भूतपूर्व ब्रिटिश गोर्खाहरू आफ्नो समान अधिकार सुनिश्चित गर्न एकपटक पुनः तातेका छन् । भूतपूर्व गोर्खाहरूले अन्तिम दबाब स्वरूप नेपाल र बेलायत सरकारसँग छलफल जारी राख्दै आफ्ना माग पूरा नभए फेरि सशक्त आन्दोलनको चेतावनी दिएका छन् । काठमाडौंमा परराष्ट्रमन्त्री शिशिर खनाललाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा यता लन्डनस्थित दूतावासमा समेत छलफल भएको छ । नेपाल सरकारले भूतपूर्व गोर्खा मुद्दाको समाधानका ...
। नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्। उनको अदम्य साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्‌को प्रश्नोत्तर समयमामा प्रशंसासमेत गरेका छन्। अस्ट्रेलियाको पुलिस फेडेरेसनले बुधबार क्यानबेरामा आयोजित एक समारोहमा भारतीलाई उक्त सम्मान प्रदान गरेको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) प्रहरीअन्तर्गत ‘बर्रउड पुलिस ...
। न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती भोग्न बाध्य भएका छन्। त्यहाँ नेपाली दूतावास नहुँदा र राहदानी छपाइमा देखिएको भनिएको प्राविधिक समस्या लम्बिँदा नेपालीहरू ठूलो आर्थिक भार र प्रशासनिक झन्झटमा परेका हुन्। आधारभूत कन्सुलर सेवा लिन अस्ट्रेलिया वा नेपालसम्मै पुग्नुपर्ने अवस्था आएपछि न्युजिल्यान्डस्थित नेपाली समुदायका अगुवाहरूले नेपाल ...