मुख्य समाचार
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी अदालतमा आफूलाई अपहरण गरेर ल्याइएको दाबी
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी अदालतमा आफूलाई अपहरण गरेर ल्याइएको दाबी

: भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी अदालतमा आफूलाई अपहरण गरेर ल्याइएको दाबी गरेका छन्। उनले आफू अझै पनि भेनेजुएलाको वैध राष्ट्रपति भएको र सबै आरोपहरू निराधार रहेको बताएका छन्।


न्यूयोर्क सहरस्थित संघीय अदालतमा सोमबार उपस्थित हुँदा न्यायाधीश एल्भिन हेलरस्टाइनले पहिचान पुष्टि गर्न आग्रह गरेपछि मादुरोले स्पेनी भाषामा भने, हो, म निकोलस मादुरो हुँ। म भेनेजुएला गणराज्यको राष्ट्रपति हुँ। मलाई जनवरी ३ देखि अपहरण गरेर यहाँ ल्याइएको हो। मलाई काराकासस्थित मेरो घरबाट जबरजस्ती लगिएको थियो।'


न्यायाधीशले भने उनको दोष वा निर्दोषबारे निर्णय गर्न समय र प्रक्रिया तोकिने स्पष्ट पार्दै बयान छोट्याएका थिए।

करिब ४० मिनेट चलेको सुनुवाइका क्रममा मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसले आफूहरूमाथि लगाइएका लागूऔषध र हतियारसम्बन्धी सबै आरोप अस्वीकार गरे। 'म निर्दोष छु। म सभ्य व्यक्ति हुँ,' मादुरोले अदालतमा भने। फ्लोरेसले पनि आफू 'पूर्ण रूपमा निर्दोष'रहेको बताइन्।

६३ वर्षीय मादुरो र उनकी श्रीमतीलाई अमेरिकी सेनाले शनिबार भेनेजुएलामा गरिएको अचानक सैन्य कारबाहीका क्रममा पक्राउ गरेको थियो। उक्त कारबाही रातारात सञ्चालन गरिएको र विभिन्न सैन्य अड्डाहरूमा आक्रमण भएको बताइएको छ। पक्राउपछि दुवैलाई न्यूयोर्कस्थित जेलमा राखिएको छ।

सुनुवाइका क्रममा मादुरो र फ्लोरेस नीलो र सुन्तला रंगको जेल पोशाकमा देखिएका थिए। उनीहरूले स्पेनी अनुवाद सुन्न हेडफोन प्रयोग गरेका थिए। मादुरोले अदालतमा पहेंलो कानुनी प्याडमा नोटहरू लिइरहेको देखिन्थ्यो।

सुनुवाइको अन्त्यतिर दर्शकदीर्घाबाट एक व्यक्तिले मादुरोविरुद्ध नाराबाजी गरेपछि मादुरोले जवाफ दिँदै आफू 'अपहरणमा परेको राष्ट्रपति र युद्धबन्दी' भएको बताएका थिए। त्यसपछि सुरक्षाकर्मीहरूले ती व्यक्तिलाई अदालतबाट बाहिर निकालेका थिए।

अमेरिकी सैन्य आक्रमणका क्रममा काराकासस्थित मादुरोको पारिवारिक घरमा समेत क्षति पुगेको जनाइएको छ। मादुरोकी श्रीमती फ्लोरेसको आँखाको वरिपरि चोटपटक देखिएको छ। जुन गिरफ्तारीका क्रममा लागेको उनका वकिलहरूले बताएका छन्। वकिलहरूले अदालतसँग उचित स्वास्थ्य सुविधा उपलब्ध गराउन माग गरेका छन्।

अमेरिकाले मादुरोमाथि लागूऔषध–आतंकवादको षड्यन्त्र, कोकेन आयात गर्ने षड्यन्त्र तथा मेसिनगन र विनाशकारी हतियार राख्ने आरोप लगाएको छ। यस मुद्दामा मादुरोकी श्रीमती,छोरा र अन्य व्यक्तिहरूलाई समेत प्रतिवादी बनाइएको छ। अदालतले मुद्दाको अर्को सुनुवाइ मार्च १७ मा तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...