मुख्य समाचार
झापाको सदरमुकाम भद्रपुरमा ९ वर्षपछि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने
झापाको सदरमुकाम भद्रपुरमा ९ वर्षपछि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने

: झापाको सदरमुकाम भद्रपुरमा ९ वर्षपछि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ। झापा जिल्लाका आम उद्योगी–व्यवसायीहरूको साझा संस्था झापा उद्योग वाणिज्य संघ भद्रपुरको आयोजना तथा भद्रपुर नगरपालिकाको संरक्षणमा आगामी माघ ७ गतेदेखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशाला (फुटबल मैदानबाहेक) क्षेत्रमा महोत्सव हुन लागेको हो।

२०७३ फागुन १२ गते पहिलो पटक भद्रपुरमा महोत्सव भएको थियो। ‘समृद्धिको आधार, आर्थिक विकास: कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा यहाँका स्थानीय घरेलु उत्पादनलाई विशेष प्राथमिकता दिने संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले जानकारी दिए।


भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले पश्चात् देशको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा एक किसिमको निराशापन छाएकोले त्यसलाई थोरै भएपनि उजागर गर्ने र व्यवसायीहरूको मनोबल उच्च बनाउन यो महोत्सव गर्न लागेको कार्यवाहक अध्यक्ष राईले बताए।



साथै जिल्लाका उद्योग–व्यवसायलाई थप गति प्रदान गर्ने एवम् यहाँका पर्यटकीय क्षेत्रहरूलाई थप प्रवर्द्धन गर्ने उद्देश्य रहेको उनको भनाइ छ। ‘घाटा नाफा भन्दा पनि यहाँका व्यापार–व्यवसायलाई चलायमान बनाउन महोत्सवको मुख्य लक्ष्य रहेको छ,’ उनले भने।

घरेलु, कृषि, पर्यटन, अन्तर्राष्ट्रिय वस्तु तथा सेवाहरूको प्रवर्द्धनका लागि एक सय भन्दा बढी स्टल रहनेछ। एक करोड २० लाख अनुमानित खर्च लाग्ने महोत्सवबाट कम्तीमा १० करोड रुपैयाँ बराबरको कारोबार तथा एक लाख बढी अवलोकनकर्ता आउने लक्ष्य राखिएको छ।

व्यापारसँगसँगै महोत्सव नेपाल सरकारले प्रतिबन्ध लगाए बाहेकका मनोरञ्जनका खेल, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति रहने संघका महासचिव सुमन्त मैनालीले जानकारी दिए। महोत्सव सफल बनाउन विभिन्न ९ वटा उपसमिति गठन गरिएको छ।

आदित्य पराजुली संयोजक रहने गरी आर्थिक संकलन तथा व्यवस्थापन समिति, खड्गबहादुर लिम्बू संयोजक रहने गरी मञ्च व्यवस्थापन समिति, पवनकुमार श्रेष्ठको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, माधव विद्रोहीको संयोजकत्वमा प्रचारप्रसार समिति, रोहित काफ्लेको संयोजकत्वमा उपहार तथा प्रकाशन समिति, अम्बिका पोखरेलको संयोजकत्वमा सुरक्षा तथा स्वयम् सेवक समिति, अनिता कार्कीको संयोजकत्वमा स्वागत तथा सत्कार समिति, राजेन्द्रकुमार घिमिरेको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको उनले बताए।

भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीले यो महोत्सवलाई भद्रपुर नगरपालिकाले अपनत्व लिने बताइन्। पत्रकार सम्मेलनमा महोत्सव आर्थिक संकलन तथा व्यवस्थापन समिति संयोजक आदित्य पराजुली, उद्योगी दीपेश ढकाल, भद्रपुर ८ का वडाध्यक्ष मनोज सुब्बा लगायतले फुटबल जस्तै महोत्सव भव्य सभ्य बनाउन आफूहरू लागि परेको र यसलाई सफल बनाउन आम जिल्लावासी समक्ष आग्रह पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा करिब ६७ करोड रुपैयाँको धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकमबराबरको धान खरिद गर्ने भएको हो। धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार टन धान खरिद गर्ने योजना बनाएको ...
: सरकराले चालु आर्थिक वर्ष २०८३/८४ मा करिब ६७ करोड रुपैयाँको धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम सर्मथन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकम बराबारको धान खरिद गर्ने भएको हो। धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने ...
: दसैं–तिहारका लागि चीनबाट ल्याउन लागिएका लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय सामग्री र सजावटका सामान उत्तरी नाकामै अड्किएका छन्। सामान बजारमा आउने बेला प्रमुख मार्ग अवरुद्ध हुँदा एकातिर व्यापारीको लगानी फँस्ने सम्भावना छ भने अर्कोतिर चाडपर्वको बजार महँगिएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले भन्सार कार्यालय, सडक तथा अन्य संरचनामा क्षति पुर्‍याएपछि रसुवागढी नाका बन्द भएको ...
— यस वर्ष दसैं, तिहार र छठको अवसरमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको छ । अघिल्ला दुई वर्ष सुकिला (प्रयोगमा रहेका) नोट मात्र वितरण गरेको राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै सटही सुविधा दिएको हो । राष्ट्र बैंकले नयाँ नोट साट्न विगतमा जस्तो सूचना जारी गर्ने चलन यसपालि हटाएको छ । इच्छुक सर्वसाधारणले राष्ट्र ...
। चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड (कम्पनी) को ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन् । यससँगै काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन् । यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ...