मुख्य समाचार
पाटन उच्च अदालतले नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यकारिणि समितिको निर्वाचन यथास्थितिमा नगर्न/नगराउन अन्तरिम आदेश दिएपछि निर्वाचन अन्योल
पाटन उच्च अदालतले नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यकारिणि समितिको निर्वाचन यथास्थितिमा नगर्न/नगराउन अन्तरिम आदेश दिएपछि निर्वाचन अन्योल

: पाटन उच्च अदालतले नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यकारिणि समितिको निर्वाचन यथास्थितिमा नगर्न/नगराउन अन्तरिम आदेश दिएपछि निर्वाचन अन्योल भएको छ ।

निर्वाचन समितिले रितपूर्वक वारेसनामा नभएको कारण देखाउँदै वरिष्ठ उपाध्यक्षका प्रत्याशी डा. अजयकुमार मि श्रलगायतको मनोनयन दर्ता गर्न अस्वीकार गरेको थियो । आफ्नो उम्मेदवारी दर्ता नभएपछि डा. मि श्रलगायतले पुस ९ गते चिकित्सक संघ, केन्द्रीय निर्वाचन समितिलाई विपक्षी बनाई उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए ।


न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलासले डा. मि श्रलगायतलाई उम्मेदवारलाई निर्वाचन सहभागिताको कार्यमा रोक नलगाउन उपयुक्त नहुँदा हाललाई यथास्थितिमा निर्वाचन नगर्नू÷नगराउन भनी आइतबार अन्तरिम आदेश जारी गरेको हो । रिट निवेदक डा. मि श्रको तर्फबाट वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्य, अधिवक्ता गोकुल भण्डारीलगायतले बहस गरेका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा. प्रणयरत्न शाक्यले अन्तरिम आदेश प्राप्त भएको र छलफलमै रहेको बताए । ‘निर्वाचन कहिले हुन्छ ? भन्ने सन्दर्भमा तत्कालका लागि अनिश्चित नै भन्दा हुन्छ,’ डा. शाक्यले भने, ‘अब कानुन व्यवसायी, चिकित्सक संघका पदाधिकारीलगायतसँग छलफल अघि बढाउँछौं ।’

माघको २ र ३ गते हुने भनिएको निर्वाचनमा प्रचारप्रसारकालागि डा. मंगल रावल र डा. बद्री रिजाल नेतृत्वको दुई टोली जिल्ला दौडाहामा व्यस्त छ । डा. रावल नेतृत्वको टिमले सोमबार अपिल जारी गर्दै चिकित्सक संघको वर्तमान कार्यसमिति तथा त्यसद्वारा गठन गरिएको निर्वाचन समितिले देखाएको अपरिपक्वता, नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० को गलत व्याख्या तथा कार्यान्वयनमा देखिएको उदासीनताले संघलाई अनावश्यक संकटतर्फ धकेलेकोमा चिन्ता व्यक्त गरेको छ ।

चाँडोभन्दा चाँडो नयाँ नेतृत्व चयन गरी ‘हाम्रो एनएमए, सबैको एनएमए’ बनाउने आम चिकित्सकहरूको भावनालाई सम्मान गर्न अपिल गर्दै तोकिएको समयमै निर्वाचन गर्ने वातावरण बनाउन सबै पक्षलाई आग्रह गरेको छ ।

निर्वाचन समितिको निष्पक्षतामा प्रश्न
उम्मेदवारको मनोनयन रद्द गर्ने क्रममा भएका निर्णय अदालतले उल्ट्याउनुमा निर्वाचन समितिको निर्णय प्रक्रिया र आधार नै कमजोर देखिएको छ । मनोनयन पत्रमा रित नपुगेको अवस्थामा निर्वाचन अधिकृतले सच्याउन लगाई मनोनयन पत्र दर्ता गर्नुपर्नेमा नगरेका कारण उम्मेदवारहरू अदालत पुगेका हुन्। अदालतको अन्तरिम आदेशका कारण डाक्टरहरूको साझा संस्था चिकित्सक संघको निर्वाचन मिति अन्योल बनेको हो ।

समितिले संघका उपाध्यक्ष (बागमती प्रदेश संयोजक)का प्रत्याशी डा. अरुण शाहीको मनोनयन रद्द गरेको थियो । समितिको निर्णयविरुद्ध डा. शाही पनि उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए । न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले डा. शाहीको उम्मेदवार यथावत्् राख्न आदेश दिएको हो । न्यायालयमार्फत निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने आफ्नो अधिकार स्थापित भएको उनले खुसी व्यक्त गरे ।

‘रोगविरुद्ध लड्दै आएको व्यक्तिलाई समयले अन्यायविरुद्ध पनि लड््न सिकायो । यो घटनाले सम्पूर्ण चिकित्सकहरूको हक–हितमा पैरवी गर्न र डटेर उभिन सक्ने थप ऊर्जा प्राप्त भएको छ,’ प्रचार–प्रसारमा विराटनगर पुगेका डा. शाहीले टेलिफोनमा भने, ‘निर्वाचन समितिको निर्णयमा भएको कानुनी कमजोरीले गर्दा मतदान गर्न पाउने लोकतान्त्रिक अभ्यासमा ढीलाई हुनुहुँदैन । मतदान गर्न पाउने हक अधिकारको सम्मान भएमा मात्र लोकतन्त्रको जित हुने छ ।’ संघको निर्वाचनमा १६ हजार ९९ जना मतदाता रहेका छन् ।

उच्च अदालत पाटनले एक पछि अर्को गर्दै उल्ट््याएपछि निर्वाचन समिति अन्योलमा रहेको छ । समितिले पुस ९ गते उम्मेवारको अन्तिम नामावली प्रकाशित गरेको थियो । प्रमुख निर्वाचन आयुक्त डा. शाक्यले अन्नपूर्णसँग भने, ‘अब कहिले निर्वाचन मिति घोषणा गर्ने भन्ने सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेर मात्र निर्णय गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । ...
। १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक ...
। ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान्जीको दाँत सफा गर्ने, एक्स–रे गर्ने, नङ काट्नेलगायत स्वास्थ्य परीक्षण गरिएको केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेले बताइन्। उनका अनुसार सन् १९७० को दशकदेखि २००० को दशकको सुरुसम्म अमेरिकी अनुसन्धानकर्ताले लाइबेरियामा हेपाटाइटिस बी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम